काठमाडौं- राष्ट्रिय अभिमुखीकरण तालिम संघको तेस्रो वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ।
मंगलबार सम्पन्न साधारणसभा तथा निर्वाचनबाट विष्णुबहादुर कार्की नेतृत्वको १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।
कार्यसमितिको निर्वाचनमा सहभागी उम्मेदवारमध्ये कार्की अध्यक्षमा निर्वाचित हुँदा प्रथम उपाध्यक्षमा जयप्रकाश यादव, वरिष्ठ उपाध्यक्षमा मनोजकुमार चौधरी र उपाध्यक्षमा छत्रबहादुर खड्का विजयी भएका छन्।
निर्वाचनबाट महासचिवमा दण्डकुमार आले, सचिवमा सुरेन्द्रकुमार झा र कोषाध्यक्षमा खेमकुमारी मल्ल चयन भएका छन्। संघको सदस्यमा मनोजकुमार महतो, सृजना पाण्डे तिमल्सिना, उमेशकुमार चौधरी, हर्षिता शाह, रुशान पाण्डे र शान्ति भण्डारी निर्वाचित भएका छन्।
संघमा ६० भन्दा बढी अभिमुखीकरण तालिम प्रदायक संस्था आबद्ध रहेका छन्। नयाँ नेतृत्वले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुबीच समन्वय, तालिमको गुणस्तर सुधार तथा श्रमिकलाई आवश्यक सूचना प्रभावकारी रूपमा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा दिने जनाएको छ।

