Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
  • #जिता_मर्ना
  • #एकता दिवस
  • #पृथ्वी जयन्ती
  • #स्लो_वाईक_प्रतियोगिता
Search Here
विचार
  • Home
  • विचार
  • कहाँ गाऽका र आउँदै छन् राऽआजा !
कहाँ गाऽका र आउँदै छन् राऽआजा !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, फागुन २७, २०८१

टोलभरि हल्ला थियो । राऽआजा आउँदै छन् अरे ! चिया पसलमा गयो त्यही भन्थे । चौतारामा भेला भएकाहरु पनि त्यही कानेखुसी गर्दै थिए । सामाजिक सञ्जालमा कोही कोही कराउँदै थिए । पक्का हो आउँदैन । जसरी पनि ल्याइन्छ ।

कुरो पनि ठिकै हो । जसरी पनि ल्याउनुपर्छ । तर ल्याउनेचाहिँ कसरी ? आउनेचाहिँ कसरी । मट्याङ्ग्रो अलमल्ल ! चौतारामा भेला भएकामध्ये तक्लु दादा भन्दै थिए, ‘लौ है मट्याङ्ग्रो अब राऽआजा ल्याउनुपर्छ ।’
त्यसपछि झनै अलमल्ल । मट्याङ्ग्रो दिमागले काम गरेन कि क्या हो मनमनै भन्दै थियो, ‘मैले कहाँबाट खोजेर ल्याउने होर ?’ राऽआजै राऽआजा भएको ठाउँमा फेरि कुन राऽआजा ल्याउने जिम्मेवारी दिएका हुन् म विचारो कसरी राऽआजा ल्याउन सकौंला र ?

ऊ बेला भएका एउटा राऽआजालाई बानेश्वरको सेता दरबारभित्र बसेर मध्यरातमा टेबल ठटाएरै डाँडामा पुर्याएको सम्झ्यो मट्यांग्राले । उसबेला हाई काट्दै सभामुख महोदय भन्दै थिए, ‘मान्य सदस्यहरु, हिन्दूराष्ट्र र राजतन्त्र अन्त्य गर्दै मुलुकलाई ‘गणतन्त्र’ र धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिबक्सेका छौं’ हुन्छ भन्ने मान्य सदस्यले हुन्छ भन्नुहोला ।’

मान्य सदस्यहरुले कुरा बुझे कि बुझेनन् टेबलमा टरऽरऽरऽ बजाए । अनि महोदयले फेरि भने, ‘सबै मान्ने सदस्यहरुको ठूलो स्वरमा हुन्छ भन्नुभएकाले २४० वर्षसम्म चलेको राजतन्त्रात्मक व्यवस्था अन्त्य गरिबक्सेका छौं ।’मट्याङ्ग्रो झल्याँस्स भयो । २०६२÷६३ मा गज्जबकै जुलुस निस्किएको थियो । जुलुसले ‘निरंकुशताको अन्त्य गर’ भन्दै नारा लगाएको थियो । न त राजतन्त्र खारेज भनेको थियो न त धर्मनिरपेक्षताको कुरा नै उठेको थियो । 

Hardik health

जुलुस अगाडि बढेको बढ्यै सत्तामा हुनेले ठोकेको ठोक्यै । सडकमा जनताको भीड । त्यही भीडमा यता पुलिसको आक्रमण उता जुलुसेको आक्रमण । जुलुस गर्न पठाउने र ठोक्न लगाउनेहरुका ‘साहेव’हरु घरको बैठक कोठामा टेलिभिजन हेर्दै ‘च्वाँस्स’ पार्दै दंग ।बिहान घाम लागेदेखि घाम नअस्ताउसम्म ढुंगा, मुढा, नारा जुलुस कति हो कति । कसको बाउको के जान्थ्यो र ? ढुंगा लागे पनि त्यही जनताको छोरोको टाउको फुट्ने हो, गोली खाए पनि जनताको छोरा नै ढल्ने हो !

झण्डा हल्लाएर हिँड्नेहरु ‘सान’ले आफूलाई राजा सम्झिए । अनि राऽआजालाई एकदम काइदा छ भन्दै उचाले । उता जुलुस लगाउनेहरुले पनि आफ्नो शक्ति देखाए । सहराँ भाकाले नसक्ने भएपछि जंगलमा भाका पनि जंगलमा भएका रुखका हाँगा भाँचेर त्यही लिएर सहराँ देखिए । अत्तोपत्तो भएन । जसले दुःख पाए पाए, जो मरे मरे । हरेक दिन मर्ने र मार्ने क्रम लि नै रह्यो । एउटा नेपालीले अर्को नेपालीलाई मारिनै रहे ।अब नसकिने भो भन्दै सबै दल हाँक्नेहरु बसे । सत्ता हाँक्नेसँग वार्ता छलफल भए । सत्तामा हुनेहरु ठसमस नहुने । आन्दोलनमा होमिएकाहरु ‘मालिक’सँग वार्ता गर्नमै अड्कियो । सबैका सबै गोप्य भए । धर्म गर्नेहरुले ‘आखिर रहेछ ईश्वर एक’ भनेजस्तै दक्षिणतिरका ‘मालिक’ उतै छलफल गर्ने निर्देशन भयो । वार्ता सहमति भए । अनि बल्ल राऽआजालाई बिन्ती बिसाए । अब फिर्ता गरिदिनुपर्यो महाराज ।

राऽआजाले पनि सम्वोधन गर्दिए । ‘जनताको नासो जनतालाई नै सुम्पिदिएका छौं’ । त्यत्ति के भनिदिएका थिए । संसद् ब्युँतियो । ढुंगामुढा अश्रुग्यासले भरिने सडक फेरि उत्साह र उमंगसहित रंगीन संसारमा परिणत भयो । तर कसको कर बलले हो, तालीको तरऽरऽरऽ बाटै ‘गणतन्त्र’ र ‘धर्मनिरपेक्षता’ लागू गरियो ।संविधानसभाको निर्वाचन तोकियो । स्वार्थीहरुले गर्न सकेनन्, पछि सकी नसकी गरे । ढुकुटीबाट अर्बौं सकियो । अम्रिकादेखि युरोपियन युनियनसम्मले हरियो पत्ता देकोऽदियै गरे । विचरा, खान नपाउने देशका ‘लिडर’ भन्दै अहिलेसम्म पनि देकोऽदियै छन् ।

काठमाडौं आका घर फर्किए । जंगलमा भएकाहरु पनि सहराँ आए । सत्तामा पुगे । अनि रंगीन दुनियाँमा रमाउन थाले । कोही सुकुम्वासीको नाममा हुकुम्वासी भए । कोही सुकिला मुकिलाहुँदै चिल्लो सवारीमा हुँइकिने भए । बन्दुक बोकेर आन्दोलन गर्नेहरुको कसैका करङ भाँच्चिए । कसैको खुट्टा काटिए । कोही खाडीतिर भासिए । कसैका बाउ छैनन्, कसैका आमा । कसैको काख रित्तो भो । कसैको घरै खरानी भो । तर कठैबरा भन्ने कोही पनि भएन !

व्यवस्था फेरियो, अवस्था फेरिएन । अन्याय, अत्याचार भ्रष्टाचार उकालो लाग्यो । केही स्वार्थीहरुको जीवनशैली फेरिए । तर जनताले आङमा लगाउने एक सरो कपडा फेरिएन । व्यवस्था फेर्नेहरु अरबतिर भासिए । व्यवस्था फेर्न लगाउनेहरु अर्बपति भए । टोलटोलमा नवराजाहरु देखिए । सयौंका संख्यामा राजा महाराजाहरु जन्मिए । 

हुन्छ, होला, भइहाल्छ नि ! जादूको छडी हो र ? तुरुन्तै परिवर्तन हुन ! सबैले त्यही नै सोचे । वर्ष बिते, वर्षौं बिते । ‘बाह्र वर्षमा त खोलो पनि फर्कन्छ’ भन्थे बूढापाकाले तर फर्केन । परिवर्तन गर्न आएकाहरु नै परिवर्तन भइदिए । व्यवस्था फेरिएसँगै गाउँ झिलिमिली हुनुपथ्र्याे होला । गाउँका खेतबारीमा उब्जिएका खाद्यान्न बेचेर जनता समृद्ध हुनुपर्ने थियो होला । तर दुर्भाग्य, गाउँ रित्तिदै गयो । एकाधबाहेक मान्छे देख्न नै मुस्किल पर्न थाल्यो । खेतबारी बाँझो हुँदै गयो । उत्पादन गरेर बिक्री गरी डलर कमाउने होइन । विदेशबाट डलर कमाएर खानुपर्ने अवस्था आयो । 

‘वाहऽ क्या राम्रो अवस्था फेरिएको’ चौतारीमा तक्लु दादा सबैलाई भन्दै थिए । त्यही भएर, ‘राऽआजा आउँदै छन्’ मट्याङ्ग्रा अलमल्ल पर्यो । राऽआजालाई आजा आजा मात्र भनेर के हुन्थ्यो होला र ? कोही नेता राजा भनेको राजा नै हो, पूर्व र पश्चिम हुन्न भन्ने । कोही नेता सपना नदेख भन्ने ! कोही नेता जुलुसको जनलहरबाट नै अनुमोदन भयो भन्ने । चौतारामा तक्लु दादाको कुरा सुन्दै गरेका हरिदाशले भने, ‘होइन हो तक्लु दादा कहाँ गाऽका र आउँदै छन् राऽआजा । यहीँ भएको मान्छेलाई पनि के को आजा ऽआजा ?’
 


प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप विचार
अरनिको नेपालका गहना
अरनिको नेपालका गहना सोमबार, पुस २८, २०८२
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार बुधबार, पुस २३, २०८२
निजी अस्पताल सञ्चालन र सरकारी नीति 
निजी अस्पताल सञ्चालन र सरकारी नीति  मंगलबार, पुस २२, २०८२
स्लाइन पानी !
स्लाइन पानी ! मंगलबार, पुस २२, २०८२
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति सोमबार, पुस २१, २०८२
राष्ट्रिय एकता र मेलमिलाप नीति सान्दर्भिकता 
राष्ट्रिय एकता र मेलमिलाप नीति सान्दर्भिकता  आइतबार, पुस २०, २०८२
बिपीको मेलमिलापको सान्दर्भिकता
बिपीको मेलमिलापको सान्दर्भिकता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP