Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #बादल’
Search Here
विचार
  • Home
  • विचार
  • आत्महत्या गर्न हिँडेका चरा !
आत्महत्या गर्न हिँडेका चरा !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, माघ २२, २०८१

गाउँको सिरानीमा कमेरोले पोतेको सेताम्मै घर लस्करै छन् दक्षिण मोहोडा भएका । लस्करै पूर्वबाट पश्चिमतर्फ बनेका ती सेताम्यै घरहरु टाढाबाट हेर्दा चिटिक्क देखिन्छ । पहिलेपहिले ती घरहरुमा मानिस पनि बस्थे । ठूलो परिवार हरेक घरमा भेटिन्थे । हजुरबा, हजुरआमा काका, ठूला बा ठूली आमा, फूपू जति छन् । सबै एउटै घरमा हुन्थे । 

साँझ बिहान खाना पकाउनेलाई निकै नै असिनपसिन हुन्थ्यो । किनकि ठूलो परिवार २०–२५ जना नै हुन्थे खाना खाने । लोग्ने मानिसहरु बिहान उठेर खेतबारीमा मौसमअनुसारका काम गर्न जान्थे । बुहारी समूह पत्झर, घाँस दाउराका लागि जंगल जान्थे ।हरेक दिन लस्करै बसेर ठूलादेखि साना उमेरसम्मका व्यक्तिहरु खाना खान बस्दा हरेक दिन भोजजस्तै हुन्थ्यो । सबैले आ–आफ्नो जिम्मेवारीअनुरुप काम गर्थे, खुसी थिए । सुखी थिए ।

मेलापात होस् वा पँधेरोमा पानी ओसारपसार गर्दा मानिसहरुको बेग्लै आनन्द महसुस गर्थे । तर अहिले धेरै परिवर्तन भइसकेको छ त्यो ठूला घरे टोलमा । टाढाबाट हेर्दा लस्करै सेताम्यै आकर्षक देखिने ती घरहरु नजिक पुगेर हेर्दा अवस्था निकै दयनीय छ । पहिलेको जस्तो पिँंढी, फलैँचा वा आँगनमा केटाकेटीहरु खेलेको पनि देखिँदैन । बूढापाका तमाखु तान्दै गफिएको पनि देखिँदैन । भित्तामा पोतिएका कमेरो उप्किँदै छन् । पूर्वपट्टी बाँसघारीको छेउमा रहेको श्याम दाइको घरदेखि पश्चिमतर्फ इन्दू काकीको घरसम्मकै आँगनमा झार उम्रन थालेका छन् । माझघरे भान्दाइ डिलमा उभिएर एक्लै बर्बराइरहेका छन् । भान्दाइको आडैमा आएर श्याम प्रश्न गर्छन् । ‘हैन हो भान्दाइ के हेरेर एक्लै बर्बराइरहेका छौं ?’ 

भान्दाइ झस्कँदै, ‘कस्तो मान्छे कस्तरी झस्काइदियो ।’
‘मैले कहाँ झस्काएको छु र, राम्ररी नै सोधेको छु त ?’
‘एकोहोरो टोलाएर हेर्दै थिए अनि झस्के नि !’ आफैं उत्तर पनि दिन्छन् भान्दाइ ।
‘के भो किन टोलाउनुभएको त ?’

Hardik health

पर देखाउँदै, ‘ऊ पर हेर त ! ती चराहरुको भीड उड्दै उड्दै कहाँ पुगेर आत्महत्या गर्ने हुन् !’
श्याम तीन छक्क पर्छ । ‘ल के कुरा गरेको ? चराहरु पनि कहीँ आत्महत्या गर्छन् त ?’

‘किन गर्दैनन् ? गर्छन् नि । हरेक प्राणीले पीडा बोकेर हिँड्यो भने त्यसले आत्महत्या गर्छ । तर गर्नु हुन्न भन्छु म त ।’ श्याम अझ अचम्म पर्छ र सोध्छ, ‘हैन हो भान्दाइ चराले साँच्चै नै आत्महत्या गर्छ भन्या ? कसले कुरा सुनाउनुभयो ।’‘हो, गर्छन् रे ! एक्लै होइन श्याम सामूहिकरुपमा आत्महत्या गर्छन् रे ।’त्यही बेला टुप्लुक्क आइपुग्छिन् इन्दूकुमारी । पहिलेपहिले सबैले काकी भन्थे । अब त काकी भन्ने मान्छे पनि छैनन् टोलमा । त्यही भएर साना–ठूला सबैकी काकी भएकी छन् इन्दूकुमारी ।

‘लौ बस बस इन्दू बेलैमा आइपुगिछौं, बरु खाजा खाएर आयौं कि नाइँ ?’ भान्दाइले सोधे ?‘यी काकी खाजा नखाई के हिँड्थिन् र, जे गर्छिन् टाइम्मै गर्छिन् नि !’ श्यामले थपे । ‘कि होइन हो काकी ?’हाँस्दै इन्दूकुमारी ‘तिमीले भनेजस्तै हो’ भन्दै श्यामकै पक्षमा बोल्छिन् । ‘के हो आज भान्दाइको मनोभाव ठीक छैनजस्तो छ त ?’‘त्यस्तै देख्नु म पनि । आज भान्दाइको कुरा सुनेर अनौठो लागिराको छ मलाई’ श्यामले उत्तर फर्काउँछ । ‘किन र ?’ भान्दाइले सोध्छन् । ‘किन हुनु र तपाईं चरा आत्महत्या गर्न हिँड्यो भन्नुहुन्छ, अनि अनौठो नमानौं त ?’त्यत्तिकैमा पारिपट्टीको चाँपको जंगल देखाउँदै, ‘साँच्चै ती उडेका चराहरुले आत्महत्या गर्न थाले भने के हुन्छ होला है ।’

इन्दूकुमारीको कुरा सुनेर भान्दाइको मुखबाट फ्याटै निकाल्छन् । ‘यी चराहरु पनि आत्महत्या गर्न हिँडेका हुन् । जसरी हाम्रा बचेराहरु उडेरै विदेशको भूमरीमा फसेर आत्महत्या गरिरहेका छन् । यी चराहरु पनि आत्महत्या गर्न ठाउँ खोजिरहेका छन् ! केही हुँदैन प्रकृतिमा जसरी आयो त्यसरी नै बिलाउने हो ।’ श्यामले जिज्ञासा राख्छन्, ‘होइन हो भान्दाइ, यी उडेका चराहरु साँच्चै आत्महत्या नै गर्न उडेका हुन् त ?’‘हो के हो नपत्याए यसो किताब पढ्नू,’ अझ मैले थाहा पाएअनुसार भारत भन्ने देशको असाम राज्यको उत्तरी काछारा पहाडी क्षेत्रको जतिंगा भन्ने गाउँ चराले आत्महत्या गर्ने गाउँको रुपमा चिनिन्छ रे !’

अब हाम्रा मान्छेका बचेरा उडेर अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान पुगेर आत्महत्या गर्न थालेका छन् । को–को कहाँ पुगेर आत्महत्या गर्छन् भन्ने लेखाजोखा नै हुँदैन ।’ भान्दाइले इन्दूकुमारी र श्यामलाई बताउँछन् । ‘त्यही त कहिले कहाँ कहिले कहाँ नेपालीले आत्महत्या गरे भन्ने समाचार सुन्नमा आउँछ त ? तर होइन हो भान्दाइ, मलाई अभैm विश्वास लागेन हो चराले आत्महत्या गर्छन् भनेर,’ श्यामले अर्को प्रश्न थप्छन् ।

‘अब कुरो के हो भने श्याम हामी रंगीचंगी संसारको खोजीमा भौतारिएका छौं । हिजो यही पाँच घरेको रौनक कस्तो थियो । अव आज हाम्रा भाइ भतिज छोरा नाति कोही पनि छैन । तिमी हामीले मात्रै कुरेर बसेका छौं यो टोल यस्तै गाउँ !’जब हामी रंगीचंगी संसारमा रमाउन खोज्छौं र रमाउनकै लागि तड्पिन थाल्छौं, नसकेपछि आत्महत्या गर्छन् । अब यी चराहरुको पनि त्यस्तै होला । यिनीहरुले जहाँ गएर आत्महत्या गर्छन् नि त्यो जतिंगा भन्ने गाउँ । हो त्यो पनि सुन्दर उपत्यका हो । त्यो ठाउँ नै रंगीविरंगी बगैंचाहरुका लागि प्रसिद्ध छ । अब रंगीचंगीमा रमाउन आउँदा चराहरु एक्लै होइन सामूहिकरुपमा आत्महत्या गर्छन् । अब किन गर्छन् भन्ने कुराचाहिँ मलाई पनि थाहा छैन । तर, चराहरुले आत्महत्या भने गर्छन् भन्ने कुराचाहिँ हो है ।

‘रंगीचंगीमा रमाउँदा कतै चराहरुले आत्महत्या गर्छन्, कतै मान्छेका बचेराहरुले आत्महत्या गर्छन् । कुरा उस्तै हो । सबैको भाग्यमा जे लेखेर आएको छ त्यही हुने हो ।’ भान्दाइले कुरा टुंग्याउन खोजेजस्तो लागेर इन्दूकुमारी ‘आमै नि त ! यस्तो पनि हुँदो रैछ’ भन्दै आफ्नै जिब्रो टोक्छिन्, इन्दूकुमारीको पारा देखेर श्याम खितित्त हाँस्छन् । उता भान्दाइ भने उही आत्महत्या गर्न उडिरहेका चराहरुतिर आँखा डुलाइरहन्छन् । 
 


प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप विचार
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो बुधबार, चैत १८, २०८२
गुँडमा माउ-बाउको बिचल्ली ! 
गुँडमा माउ-बाउको बिचल्ली !  मंगलबार, चैत १७, २०८२
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम
अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने काम मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा आइतबार, चैत १५, २०८२
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल 
सामाजिक विकासमा ध्यान दिनुपर्ने सवाल  बुधबार, चैत ११, २०८२
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ
नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ बुधबार, चैत ११, २०८२
आत्महत्या रोकथाम तथा न्यूनीकरण
आत्महत्या रोकथाम तथा न्यूनीकरण मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP