Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राम्रो काममा साथ दिऔं
राम्रो काममा साथ दिऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ६, २०८१

मुलुकमा सरकारले विभिन्न विषयमा छानबिन गर्न आयोग गठन गर्ने तर ती आयोगले दिएका प्रतिवेदन गुपचुप राख्ने प्रवृत्ति रहँदै आएको छ । सार्वजनिक गरिएको प्रतिवेदनले औंल्याएका सुझावहरु कार्यान्वयनमासमेत सरकारले आनाकानी गर्दै आएको छ । जसकारण छानबिन आयोगको औचित्यतामाथि नै प्रश्न उठ्दै आएको छ ।

यस्तै एउटा प्रतिवेदन थियो छ वर्षअघि सार्वजनिक उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन । उक्त प्रतिवेदनमा शिक्षामा चरम दलीय राजनीतिकरणले सामुदायिक विद्यालयको गुणस्तर खस्केको तथ्य उल्लेख गरिएको छ । शिक्षकलाई पेसागतरूपमा जिम्मेवार बनाउन दलीय आबद्धताबाट टाढा राख्न प्रस्ताव गरिएको छ ।

यसका अतिरिक्त शिक्षक संगठनहरूसमेत खारेजीको प्रस्ताव प्रतिवेदनमा छ । यतिमात्रै गर्दा पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उक्सिने आयोगको दाबी छ । तर, उक्त प्रतिवेदनले गरेको प्रस्ताव र सुझावलाई कार्यान्वयन गर्न अघिल्ला शिक्षामन्त्रीहरू तयार भएनन् । वर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले भने मन्त्री नियुक्त भएकै दिन शिक्षकलाई दलीय आबद्धताबाट अलग पार्ने घोषणा गरेकी थिइन् । सोहीअनुसार राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन नै जारी गरिन् । 

Hardik health

निर्देशन दिएपछि २० जनाले शिक्षक पद नै त्यागे । राजीनामा दिएर उनीहरू राजनीतिमा पूर्णकालीन भएका छन् । स्रोतका अनुसार उनीहरू राजनीतिक दलको स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेशसम्मको समितिमा शक्तिशाली भूमिकामा छन् । राजनीतिमा आबद्ध भएका ४५ शिक्षकविरुद्ध उजुरी प्राप्त भएको, तीमध्ये ४१ जनासँग स्पष्टीकरण सोधिएको र चार जनाले सफाइ पाएको पनि जानकारी दिइएको छ । यसअघि सरकारले नीति तथा कार्यक्रममा पनि शिक्षकलाई दलीय आबद्धताबाट मुक्त गराउने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने घोषणा गरेको थियो । जसले शिक्षामन्त्री श्रेष्ठको घोषणालाई कार्यान्वयन गर्न नीतिगतरुपमै सम्बोधन गर्‍यो ।

जसअनुसार ८२५ जना शिक्षकले राजनीतिक दलसँगको आबद्धता त्यागेका छन् । शिक्षकहरूलाई राजनीतिबाट निरुत्साहित गर्न आफ्नो प्राथमिकता रहेको मन्त्री श्रेष्ठले प्रतिबद्धता दोहोर्‍याइन् । शिक्षामा दलीय राजनीतिकरण हुन नहुने एजेन्डा अन्तिम साससम्म नछाड्ने उनको प्रतिबद्धता छ । शिक्षामन्त्री श्रेष्ठको यो प्रतिबद्धता साँच्चिकै स्वागतयोग्य छ । शिक्षक जस्तो पदमा बसेर राजनीति गर्नु कुनै हिसाबले उचित हुँदैन ।

त्यसैले शिक्षकलाई राजनीतिक दलको आबद्धताबाट अलग गराउन जरुरी थियो । यसका लागि सरकारले छ वर्षअघिको प्रतिवेदन कार्यान्वयन मात्रै गरिदिएको भए हुने थियो । तर, त्यो आँट अघिल्ला मन्त्रीहरुले गरेनन् । कारण आफ्नै पार्टी ाबका शिक्षकहरुलाई जोगाउनु थियो उनीहरुलाई । अहिलेका मन्त्रीले यसलाई तोडेकी छन्, जुन सराहनीय काम भएको छ । यद्यपि, दीर्घकालीनरुपमा शिक्षकहरुलाई राजनीतिबाट अलग गराउन अझै काम गर्न बाँकी छ । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट मन्त्री श्रेष्ठलाई सहयोग गर्न जरुरी छ । राम्रो काममा सबैले साथ दिऔं ।
 


प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP