Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एमाले चुनावमा होमिन तयार बन
एमाले चुनावमा होमिन तयार बन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ७, २०८२

यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि  आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । झन्डै पाँच लाख त राष्ट्रिय परिचयपत्रमार्फतमात्रै मतदाता नामावलीमा जोडिए । निर्वाचन आयोगका अनुसार राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएका हुन् । यी मतदाता खासमा बयोमेट्रिक्स गर्न आयोग वा आयोगले तोकेको स्थानसम्म जाने जोशजाँगरमा थिएनन् । किनभने लामो लाइन, पट्यारलाग्दो सरकारी प्रक्रियाले जोकोही आजित थिए ।

यसपटक जेन–जी विद्रोह भयो । सरकारमा आएका मन्त्रीहरुले पनि जेन–जी समूहलाई निर्वाचनमा जान उत्साहित ग¥यो । यसअघि निर्वाचनमा गएर पनि देशमा केही परिवर्तन नदेखेकाहरुले मतदाता नामावली दर्ताकै बेला उत्साहजनक काम गरिदिए । जुन अघिल्ला सरकारका नेतृत्वकर्ताले न त सोचेका थिए न त गरेकै थिए । यसले गर्दा युवाहरु चुनावमा जान उत्साहित रहेको प्रमाणित यसैबाट हुन्छ ।

जेन–जी विद्रोहपछि कामबाट चिनिएका नेताहरु पनि राजनीतिक दल दर्ता गर्न पुगेका छन् । आयोगले निर्वाचनको तयारी तीव्र रुपमा गरिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीले चुनाव गराएर सरकार छाड्ने बताइरहेकी छन् । यस्तो अवस्थामा शीर्ष दल नेपाली कांग्रेसले पनि चुनावमा भाग लिने निर्णय गरिसकेको छ । लोकतन्त्रको मियो मानिने कांग्रेस शनिबारसम्म यस विषयमा मौन थियो । एमालेले सडकमा रडाको मच्चाइरहेको बेला धेरैजसोले कांग्रेसको निर्णय पर्खिरहेको थियो ।

Sonam Lhosar
Hardik health

प्रतिनिधि सभा विघटनपछि अहिले कार्कीको नेतृत्वमा सरकार बनेको छ । यो सरकारको मुख्य काम चुनाव सम्पन्न गराउनु हो । देशलाई संवैधानिक ट्र्याकमा लैजाने मुख्य बाटो चुनाव हो । यसैले सबै दलले अब चुनावी बाटो नै रोज्नु आजको आवश्यकता हो । एमाले अहिले कुनै पनि हालतमा निर्वाचन हुँदैन भनेर सडकमा रोदन गरिरहेको छ । सत्ताको शक्तिमा रहेको बेला जेन–जी विद्रोहले सडकमा पुर्‍याएको रोष हुन सक्छ ।

तर देश र जनताका लागि अब निर्वाचन नै एकमात्र विकल्प हो । सरकारको तयारी, जेन–जीको उत्साह, कांग्रेसको निर्णयले अब निर्वाचनको वातावरण तय भइसकेको छ । केही कैदी कारागारबाट फरार रहेको र केही हतियार बाहिर रहेको देखाउँदै चुनावको विरोध गर्नुभन्दा अब चुनावी प्रतिस्पर्धामा होमिएर जनतामाझ जाँचिनु एमालेका लागि हितकर छ । लोकतन्त्रको संरक्षणका लागि चुनावी ग्राउन्ड तयार भइसकेको अवस्थामा भाग्नु उचित हैन ।  


प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP