Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
१५ लाख प्रयोगकर्ताबाट अर्बौं ठगिएको आशंका ‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, कात्तिक २६, २०८२
  • अधिक कमाइ हुने भन्दै गैरकानुनी ‘एसएमसी अर्निङ एप’मा तीनदेखि दुई करोड १० लाख रुपैयाँसम्मको प्याकेजमा लगानी गर्न लगाएर कर नतिरेको बहानामा एप नै निष्क्रिय
  •  केही लगानीकर्तालाई एक करोड लगानी गरेमात्रै यसअघिको लगानी र कमिसन निकासायोग्य बनाउन मिल्ने एपबाट जानकारी
  • केवानदेखि केनाइनसम्मको थरीथरी प्याकेज
  • सहरदेखि गाउँसम्मै एसएमसी एपका लगानीकर्ताहरू पीडित
  • प्रहरीमा उजुरी दिन डराए पीडित

काठमाडौं– साउनको अन्तिमतिर पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतीनका छवि काफ्ले ‘एसएमसी अर्निङ एप’मा जोडिए । उनले एपको केथ्री प्याकेजमा ३३ हजार ८०० रुपैयाँ लगानी गरे ।

 दैनिक १५ पटक भिडियो हेर्नुपर्ने र त्यसो गरेबापत दैनिक एक हजार १४० रुपैयाँको दरले गर्दा वार्षिक चार लाख १६ हजार १०० रुपैयाँ आम्दानी हुने प्रलोभन देखाइएको थियो । छिटो पैसा कमाउने लोभमा उनले त्यसै गरे । कमाइ हुँदै गयो । अचानक मंगलबार बिहान भने नौ हजार ४६४ रुपैयाँ कर तिर्नुपर्ने सन्देश आयो । एप निष्क्रिय भयो ।

उनका अनुसार करबारे यसअघि एसएमसीकी अन्ना भन्नेसँग एपका विभिन्न प्याकेजमा लगानी गरेकाहरूले ह्वाट्सएपमा कुरा गरेका थिए । त्यहाँ आफूहरू स्थायी लेखा नम्बर (पान)मा कर तिर्न तयार रहेको तर त्यसो नभए नतिर्ने भनेर बहिष्कारको पक्षमा उभिएको बताए । केही एप प्रयोगकर्ताहरूले भने करबापतको रकम सोमबार साँझ बुझाए । उनीहरूले बुझाएको कर मंगलबार बिहान वालेटमै फिर्ता भयो । वालेटबाट सबै पैसा निकाल्न एसएमसीले दियो ।

तर, काफ्लेले पाएनन् । उनी भन्छन्, ‘मेरो पाँच लाख रुपैयाँभन्दा बढी देखाउँछ तर एक करोड रुपैयाँ पुग्दामात्रै निकाल्न मिल्ने भनेर देखायो । एक लाख १० हजार रुपैयाँको के–फोर प्याकेजमा लगानी गर्नेलाई ८५ हजार ४०० रुपैयाँ जम्मा गर्नू भन्यो । जम्मा गर्नुपर्ने खाताको नाम सविता तामाङ, कुमारी बैंक भन्ने आउँछ । नतिरे अकाउन्ट नै फ्रिज हुन्छ भन्यो ।’

Hardik health

काफ्ले गाउँकै पञ्चमुखी बजारमा हार्डवेयर पसलका सञ्चालक हुन् । सजिलै पैसा कमाइ हुने प्रलोभनले उनी एसएमसी एपमा जोडिए, जसले उनलाई डुबाइदियो ।मंगलबार बिहान काठमाडौंको कागेश्वरी नगर अस्पतालमा सुरक्षा गार्ड रहेकी नाम खुलाउन नचाहने महिलाको होस् उड्यो । आत्तिदै उनले भनिन्, ‘ल ! के भन्छ यहाँ ? डुबेँ म अब... छोरो पनि डुब्यो ।’

अघिसम्म नाम टिपोट गर्दै बिरामीहरूलाई लहरै बसाउँदै गरेकी उनी मोबाइलमा एसएमसीले पठाएको सन्देशले तनावमा परिन् । कारण, एसएमसीमा उनले २५ हजार रुपैयाँ गुमाइन् । छोराले १० हजार रुपैयाँ । अनि, एमएमसी एप चल्दै चलेन ।एप नचल्ने हुनुअघि आएको एसएमसीको सन्देशअनुसार उनले कर तिरिनन् । कर तिर्नुपर्ने अवधि १२ नोभेम्बर (आज मध्याह्न) सम्म हो । तर, एक दिनअघि नै कर तिर्न सन्देश जारी गरेको एप ठप्प भयो । उनलाई नौ हजार ४६४ रुपैयाँ कर तिर्नुपर्ने भनिएको थियो । नतिरे एसएमसी एपको कार्य खाता (टास्क अकाउन्ट) फ्रिज गर्ने चेतावनी थियो । यस्तो चेतावनीपूर्ण सन्देशपछि उनको र छोराको खाता चलेन ।

ती सुरक्षा गार्डलाई एसएमसी एपमा जोडिदिने सोही एपसँग आबद्ध भनिएका दुई जना थिए । उनले दुवैको नाम बिर्सिइन् । तर, उनीहरूले त्यसबेला भनेको सम्झिइन्, ‘यो पैसा राम्रो कमाइ गर्न सकिने एप हो । कमाउन सजिलो पनि छ । तपाईंले प्याकेजमा  काम गर्न मिल्छ । गर्नुहोस्, टास्क गर्नुहोस् । अर्को महिना दोब्बर हुन्छ । मन लागेको बेला निकाल्न सक्नुहुन्छ । हेर्नुहोस्, यसरी निकाल्न मिल्छ ।’

ती सुरक्षा गार्ड उनीहरूको विश्वास र प्रलोभनमा परिन् । केटु प्याकेजमा लगानी गरिन् । यसअन्तर्गत लगानी गर्नुपर्ने नौ हजार ९०० रुपैयाँ हो । यो प्याकेजमा दैनिक कमाइ ३३० रुपैयाँ हुने भन्ने छ । त्यति कमाउन १० पटक एसएमसीको प्रचारात्मक भिडियो हेर्नुपर्ने बताइन्थ्यो । हरेक भिडियो सेयर गर्दा ३३ रुपैयाँ कमाइ हुने उल्लेख थियो । नभन्दै कमाइ भयो । त्यसरी उनको अढाइ महिनामा २५ हजार रुपैयाँ भएको थियो, जुन डुब्यो ।

तोलाका तोला सुन बेच्दै कतिपयले एपमा जोडिएर महँगा प्याकेजमा लगानी गरेको बताइन्छ । उनीहरू मंगलबार ठगिए । ठगिनेहरू देश र विदेशमासमेत रहेको खुलेको छ । आइतबार ह्वाट्सएपमा खोलिएको ‘सिएमसी ए २१८ ग्रुप’मा छलफल हुँदा १५ लाख मानिस एपको विभिन्न प्याकेजमा लगानीकर्ता रहेको विवरण अन्नाले सुनाएकी थिइन् । उनी उक्त ग्रुपकी एडमिन हुन् । 

अन्नाकै भनाइलाई आधार मान्ने हो भने १५ लाख लगानीकर्ताले केवान प्याकेजमामात्रै लगानी गर्दा चार अर्ब ५० करोड रुपैयाँ हुन्छ । तर, एपमा जोडिएका धेरैले छोटो समयमा बसेरै टन्न पैसा कमाउने लोभमा परेर ठूलो रकमको प्याकेजमा लगानी गरेका थिए । त्यसो हुँदा एसएमसी एपबाट ठगिएको रकम अझ बढी हुने अनुमान गरिएको छ ।

देशको सहरी क्षेत्रदेखि गाउँ–गाउँसम्म यो एपबाट ठगिनेहरू रहेको पाइएको छ । तर, ठगिनेहरूले प्रहरीमा एप सञ्चालकविरुद्ध ठगीसम्बन्धी कसुरमा उजुरी दिन आँट गरेका छैनन् । उजुरी दिँदा आफैं गैरकानुनी कारोबारमा संलग्न भएको भन्दै प्रहरीको फन्दामा परिने डर उनीहरूमा देखिएको छ । एक जना पीडितले प्रभावसँग भने, ‘एसएमसीले त ठग्यो ठग्यो, त्यसमा म पनि दोषी छु नि । कम्तीमा कमाइ हुने लोभले जुन प्लाटफर्ममा लगानी गरेँ, त्यो गलत थियो । अनि, प्रहरीमा उजुरी दिए मलाई पनि अप्ठेरो पर्दैन ?’

ठगी प्रयोजनका लागि बनाएको यो एप गत साउनको तेस्रो सातादेखि सञ्चालनमा आएको देखिन्छ । टिकटक, युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालका सबै माध्यममा त्यसबेलादेखि नै मोबाइल भएकाहरूले दैनिक दुई–तीन हजार रुपैयाँसम्म कमाउन सकिने भनेर आक्रमक प्रचार गरेको पाइएको छ । सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताहरूले एपमा जोडिन इच्छुक रहेको भन्दै कमेन्ट बक्समा ‘एस’ लेखेका थिए । एपमा जोडिएपछि मेन वालेट र त्यहाँ रिचार्ज गर्नेबारे ग्राफिक्समार्फत प्रस्ट्याइएको थियो । प्याकेजअनुसार टास्क पूरा गरेपछि प्राप्त कमिसन र लगानी निकाल्न मिल्नेबारे जानकारी उल्लेख थियो । 

एसएमसी नेपाल नामक टिकटक अकाउन्टमा राखिएको एक भिडियोमा केवानमा १००, केटुमा ३३०, केथ्रीमा एक हजार १४०, के–फोरमा तीन हजार ८०० र के–फाइभमा १० हजार ८०० रुपैयाँ दैनिक आम्दानी हुने भनिएको छ । सोही अकाउन्टमा राखिएको सुजल श्रेष्ठको भिडियोमा मानिसहरूलाई आकर्षण गर्नेगरी भनिएको छ, ‘नेपालका लागि एउटा अर्निङ एप आइसकेको छ । यो प्लेटफर्ममा हजुरले थोरै इन्भेस्ट गरेर हाइ इन्कम गर्न सक्नुहुने छ ।’

एसएमसी एपमा के–फोर प्याकेजमा लगानी गर्न एक लाख १० हजार, के–फाइभमा तीन लाख पाँच हजार, केसिक्समा नौ लाख ६० हजार, के–सेभेनमा २६ लाख ८० हजार, के–एटमा ८५ लाख र के–नाइनमा दुई करोड १० लाख रुपैयाँ पर्ने भनिएको छ । तर, उल्लिखित प्याकेजहरूमा लगानीकर्ताहरूले लगानी बढाउँदै लाँदा मंगलबारदेखि भने निकासा गर्न नमिल्ने बनाएको भन्दै उनीहरू निराश बनेका हुन् । यस्तोमा ह्वाट्सएप ग्रुपमा अन्नाले सूचना जारी गर्दै कर भुक्तानीका लागि दबाब दिएकी छन् ।

‘भोलि (बिहीबार) बिहान ९ बजेदेखि च्यानलमा प्रवेश गरेर कर तिर्नुहोस् । भोलि कर तिर्नको अन्तिम म्यान हो । कर भुक्तानीको अन्तिम समय राति ९ बजेसम्म हुने छ,’ उनले सूचनामा भनेकी छन्, ‘सदस्यहरूले समयमै कर भुक्तानी प्रक्रिया पूरा गर्न कृपया ध्यान दिनुहोस्, ताकि तपाईंको खाता प्रयोगमा कुनै समस्या नहोस् ।’

ह्वाट्सएप ग्रुपमा अन्नाले प्रयोग गरेको मोबाइल नम्बर ९७०१७१५९७८ हो । यो नम्बरमा उनले आगमन कल निषेध गरेको पाइएको छ, जसले गर्दा उनीसँग मोबाइलमा कुराकानी असम्भव भयो ।पीडितहरूका अनुसार सिएमसीको अकाउन्टबाट गत भदौ र असोजसम्म लगानी र कमिसनबापतको रकम निकासा गर्न सहज थियो । कात्तिकको सुरुतिरदेखि सोमबारमात्रै निकासा गर्ने भनियो । अरुबेला ‘लिमिट’ लाग्ने बनायो । मंगलबार बिहान भने एक सूचना जारी गर्दै कर तिर्न ताकेता ग¥यो । कर नतिरेपछि एप नै निष्क्रिय बनाएपछि लाखौं लगानीकर्ता डुबानमा परे ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १०:५७
#एसएमसी_एप
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह शुक्रबार, मंसिर २६, २०८२
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ
मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ शुक्रबार, मंसिर २६, २०८२
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध शुक्रबार, मंसिर २६, २०८२
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा  ६७ लाखको क्षति
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा  ६७ लाखको क्षति शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै
मन्त्रिपरिषद् विस्तार हुँदै शुक्रबार, मंसिर २६, २०८२
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड शुक्रबार, मंसिर २६, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP