Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ९, २०८२
Hardik health

भक्तपुर- ११ वर्षे नीतिक आचार्यको पहिलो बालकथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । भक्तपुरको कौशलटारस्थित ग्लोबल पाठशालामा आइतबार आयोजित कार्यक्रममा नेपाल बालसाहित्य समाजका निवर्तमान अध्यक्ष प्रमोद प्रधान, वर्तमान अध्यक्ष विजयराज आचार्य, नेपाल बालवाङ्मय अनुसन्धान केन्द्रका अध्यक्ष अनन्तप्रसाद वाग्ले, हजुरआमा ललिता शर्मालगायतकाले संग्रहको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
भक्तपुरको कौशलटारस्थित ग्लोबल पाठशालाको कक्षा ५ का छात्र नीतिकको पहिलो बालकथासंग्रहमा ७ वटा बालकथाहरु समावेश छन् । जसमा मातृत्वप्रेम, संवेदना, समाज र मानवलाई प्रस्तुत गरिएको छ ।

पत्रकार सुशीला तामाङले सम्पादन गरेको संग्रहमाथि बाल साहित्यकार तथा पत्रकार नेत्र तामाङले टिप्पणी गरेका थिए । कथाकारले शीर्षकथा ‘कङ्गारुको एकता’भन्दा बाहेक सबैमा मानवीय पात्रलाई केन्द्रमा राखेर निकै मन छुने ढंगबाट कथा सिर्जना गरेका छन् । ‘कथामा चाहिने पात्र निर्माण, संवाद, द्वन्द्व र समाधानको पाटोसमेत निकै बलियो रुपमा आएका छन् । पढ्दा निकै मजा आयो,’ तामाङले भने ।

बालसाहित्य समाजका निवर्तमान अध्यक्ष प्रधानले बालकथाकार आचार्यको आगामी लेखन सिर्जनाका लागि शुभकामना व्यक्त गर्दै कथा सिर्जना गर्न त्यति सहज नभएको धारणा राखे । कथा लेख्नलाई  कथाकारले मान्छेको जीवनको अध्ययन गर्नु र मान्छेको जीवनभित्र पस्नुपर्ने बताउँदै पात्रको खोजीमा क्रममा यो क्रम जारी रहने प्रधानले सुनाए ।
आचार्यलाई नेपाल बालसाहित्य समाजका वर्तमान अध्यक्ष आचार्य, नेपाल बालवाङ्मय अनुसन्धान केन्द्रका अध्यक्ष वाग्ले लगायतकाले बधाई दिँदै आगामी लेखन यात्राका लागि शुभकामना व्यक्त गरे । 
उक्त अवसरमा नीतिकको कथा संग्रहमा रहेको मोबाइल लतको नाट्य प्रस्तुतिसमेत गरिएको थियो। कार्यक्रमको अवसरमा मध्यपुर थिमि नगरपालिका वडा ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले नीतिकको लेखन कार्यको प्रशंसा गरेका थिए। 
 


प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर आइतबार, असार २८, २०८३
तेस्रो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने
तेस्रो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने आइतबार, असार २८, २०८३
सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’
सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’ शनिबार, असार २७, २०८३
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक बुधबार, असार २४, २०८३
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक सोमबार, असार २२, २०८३
‘असारे घाँसे जुहारी’ सार्वजनिक
‘असारे घाँसे जुहारी’ सार्वजनिक सोमबार, असार २२, २०८३
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP