Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचनको माहोल बन्नु स्वागतयोग्य
निर्वाचनको माहोल बन्नु स्वागतयोग्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १०, २०८२

मंगलबार नेकपा एमालेले निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन एमालेले दल दर्ता गरेसँगै माहोल तातिएको छ । एमालेले यसअघि अन्तरिम सरकारले निर्वाचन गर्नै नसक्ने ठोकुवा गर्दै आएको थियो । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा प्रहरी चौकीबाट लुटिएका हतियार र कारागारबाट भागेका कैदी देखाउँदै एमालेले निर्वाचन हुनै नसक्ने दाबी गरेको थियो । 

तर जब नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्‍यो एमालेलाई एकाएक निर्वाचनमा भाग लिनुपर्ने दबाब प¥यो । लोकतान्त्रिक प्रणाली स्वीकारेको एमालेले बाहिर बसेर सरकारलाई जुन धम्कीपूर्ण भाषामा चेतावनी दिइरहेको थियो त्यो शोभनीय थिएन । तर अब निर्वाचनमा भाग लिनका लागि आयोगमै दल दर्ता गरिसकेको हुनाले मुलुक निर्वाचनमय बनेको छ । एमालेको यो निर्णय स्वागतयोग्य छ । जेन–जी विद्रोहपछि ताजा जनादेश लिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन नै प्रमुख बाटो भएको बताउँदै आएका छन् । सुशासनका लागि नव युवाहरुले विद्रोह गरेका थिए । यो विद्रोहले दलमा, जनतामा र मतदातामा एकैपटक अभूतपूर्व चेत खुलेको छ ।

निर्वाचनमा भाग लिनका लागि खासै रुची नदेखाउने युवा पुस्ता यसपटक मतदाता नामावली दर्ता प्रक्रियामा उत्साहपूर्ण तरिकाले सहभागी भएका छन् । प्रविधिको प्रयोग गर्दै राष्ट्रिय परिचयपत्रमा लिएको बायोमेट्रिकबाटै मतदाता नामावलीमा नाम दर्ता हुनु यसपटकको लागि खुसीको कुरा रह्यो । निर्वाचनका लागि अर्को खुसीको कुरा हो अन्तरिम सरकारकै तदारुकता । शुरुमा पुनर्निर्माणदेखि विभिन्न मुद्दामा अलमलिएको यो सरकार आफै निर्वाचन गराउन लागिपरेको छ । सरकारकै मन्त्रीले पनि दल खोलेर निर्वाचनको वातावरण बनाएको हुनाले एककिसिमको माहोल बनेको हो ।

Sonam Lhosar
Hardik health

यो बीचमा अझै पनि निर्वाचन हुँदैन भन्ने हल्ला नचलेका हैनन् । तर यस्ता खालका शंकाउपशंका भइरहन्छन् । सरकारलाई झक्झक्याउन पनि यसखाले खबरदारी आवश्यक छ । त्यसैले कांग्रेस एमाले जो सरकारमा थिए, अहिले सडकमा आइपुगेका छन् । उनीहरु नै निर्वाचनमा जान तयार भएकाले निर्वाचनका वातावरण बनेको छ । अब जेन–जीदेखि फागुन २१ मा सहभागी हुन तयार बनेका नयाँ दल पनि उत्साहित देखिएका छन् । पक्कै पनि निर्वाचन आयोगले बनाएको कार्यतालिकाअनुसार निर्वाचनको कार्यक्रमहरु अघि बढ्दै जानेछ र आशा गरौं तोकिएकै समयमा निर्वाचन सम्पन्न हुनेछ । 
 


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP