काठमाडौं- राजधानीको रात्रि जीवन र संगीतप्रेमीहरूका लागि क्लब नोभामा धमाकेधार हुने भएकाे छ । “बिगेस्ट हिप–हप हुड कल्चर इभेन्ट” नामक वर्षकै सबैभन्दा प्रतिक्षित हिप–हप कार्यक्रम नोभेम्बर १९ मा ठमेलकाे क्लब नोभामा हुने भएको हाे ।
यो कार्यक्रमले नेपाली हिप–हप समुदायमा नयाँ उर्जा थप्नेछ। स्टेजमा हुने लाइभ र्याप, ब्यान्ड, र बीटबक्स प्रदर्शनले क्लब नोभालाई पूर्णरूपमा हिप–हप माहोलमा परिणत गर्ने तयारी गरिएको छ।
यो कार्यक्रम फन्कीकाउ,मल्ल ब्रदरहुड(FUNKYCOW, MALLA BROTHERHOOD) र कुल क्याची इन्टरटेन्मेन्ट(COOL CACHE ENTERTAINMENT)को संयुक्त आयोजनामा हुने भएको छ। आयोजककाअनुसार कार्यक्रमले नेपाली हिप–हप संस्कृतिको वास्तविक ऊर्जा र सडकको मौलिक स्पिरिटलाई मञ्चमा उतार्ने छ।
कार्यक्रममा स्टार कलाकारहरूको विशेष प्रस्तुति रहने जनाइएकाे छ । नेपाली हिप–हप क्षेत्रका चर्चित कलाकारहरू जाम्से (Jamesy), जनम (Janam -Wild+), क्रिजन ( Krizn), अयेग(Ayg),याबी द गाेट (Yabi The Goat), उर्गेन(Urgen),रिबाे(Rebo) का दमदार प्रस्तुति रहनेछन्।
त्यसका साथै, आयोजकहरूले अझै खुलासा नगरेका दुई जना विशेष ‘ब्यांगर’ अथिति कलाकारहरू पनि सहभागी हुने जनाएको छ। उनीहरूको पहिचान कार्यक्रममा नै सरप्राइजका रूपमा सार्वजनिक गरिने आयोजककाे भनाइ छ।
आयोजकले टिकट अत्यन्त सीमित संख्यामा उपलब्ध हुने भएकाले चाँडै किन्न आग्रह गरेको भने प्रवेश गर्न १८ वर्षमाथिका लागि मात्र मान्य हुनेछ। टिकटहरू क्यूआर (QR) कोडमार्फत वा आधिकारिक टिकट पोर्टल इसेवा (Esewa)मा किन्न सकिने जनाएकाे छ।
हिप–हप प्रेमीहरुप्रति नोभेम्बर १९ मा हुने यो कार्यक्रम नेपाली हिप–हप संस्कृतिको सबैभन्दा ठुलो उत्सव बन्ने अपेक्षा गरिएको छ।