Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १२, २०८२

देशमा रोजगारी छैन । राजनीतिक अस्थिरताका कारण भोलि के हुने हो भन्ने चिन्तामा प्रौढदेखि युवाहरु देखिन्छन् । राजनीतिक नेतृत्वमा बसेकाहरुले देशको स्थिति सम्हाल्न सकेका छैनन् । जुनसुकै सरकार आए पनि रोजगारीको वातावरण सिर्जना नहुँदा नागरिक वाक्कदिक्क भइसकेका छन् ।

यस्तो अवस्थामा रोजगारी खोज्न विदेश नै जानु बाध्यता बनिसकेको छ । जुनसुकै सरकारको नेतृत्व अब रेमिट्यान्सको धाक लगाउन सिपालु भइसकेका छन् । तर त्यही रेमिट्यान्स पठाउन विदेश जानेहरुबाट अनेक शीर्षकमा लुट्न सरकार आफै पल्केको देखिन्छ । यसको पछिल्लो उदाहरण हो पासपोर्टको छपाई । सरकारले विभिन्न कारण देखाउँदै पासपोर्ट छपाईंमा ढिला गरेर वैदेशिक रोजगारमा जानेहरुबाट दोब्बर रकम असुलिसकेको छ ।

यही मौकामा सरकारले स्वास्थ्य परीक्षणको दायरा बढाएको छ । २० विभिन्न रोगको परीक्षण गर्दा पुग्नेमा सरकारले अब ३४ रोगको परीक्षण गर्नुपर्ने प्रावधान अघि सा¥यो । जसका लागि ९ हजार ५०० रुपैयाँ जोहो गर्नुपर्ने अवस्था सिर्जना भयो । यो अचाक्ली रकम ऋण लिएर धन कमाउने आशमा जाने युवाले कसरी तिर्ने ? परिवारको सपना, आफ्नो सपना र देश बनाउने उद्देश्यसहित रमाउने सपना बन्धकी राखेर परदेश हिँडेको नागरिकलाई सरकारले धराप थापेर यसरी लुट मच्चाउनु नाजायज विषय हो ।

Sonam Lhosar
Hardik health

विदेशमा कमाउने जाने युवालाई आर्थिक बोझ कम कसरी गराउने भन्ने विषयमा अब सरकारले तुरुन्तै सोच्नुपर्छ । सरकारले विदेश जाने युवाहरुलाई स्वास्थ्य जाँच अब निःशुल्क गर्नुपर्छ । जसरी स्वदेशमा रहेका नागरिकलाई स्वास्थ्य क्षेत्रमा विभिन्न निःशुल्क स्वास्थ्य सेवा दिइन्छ, यस्तो कार्यक्रमहरु विदेशमा पनि सञ्चालन गर्नुपर्छ । ताकि उनीहरु ढुक्कसाथ र स्वस्थ भएर कार्यक्षेत्रमा खट्न सकुन् । 
विदेशमा स्वास्थ्य उपचार महँगो हुँदा श्रमिकहरु निकै मारमा पर्ने गर्छन् । रेमिट्यान्स धक्कु लगाउने सरकारले उनीहरुको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था किन नगर्ने ? वैदेशिक रोजगारीमा जानेहरुको मत माग्ने तयारी गरेको सरकारले उनीहरुलाई न्युनतम यस्ता अधिकार दिनमा कुनै ढिलाई गर्न हुन्न । अहिले विश्व एउटा गाउँ जस्तै भइसकेको छ । तर विदेशिने युवाका लागि यो गफैमा सीमित छ । यदि युवा जो श्रमका लागि विदेशिइरहेका छन्, उनीहरुबाट मतको आश गर्छ भने सरकारले स्वास्थ्य परीक्षण निःशुल्क गरोस् । यहाँमात्र हैन दूतावासहरुमार्फत उनीहरुको स्वास्थ्यमा नियमित फलोअपसमेत गर्नु आजको आवश्यकता हो । 


 


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP