Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
विचार
  • Home
  • विचार
  • बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ९, २०८२
मनोहर कार्की

सामाजिक संस्थाले कार्यक्रमका साथ र राजनीतिक दलले बालअधिकार र बाल हितका सवालमा आफ्ना दलका नीति तथा कार्यक्रमिक जनपरिचालनमा कुनै न कुनै रुपमा कार्यक्रम उल्लेख गरेका छन् । बालकल्याण र बालअधिकारको कार्यान्वयनका दिशामा प्रतिबद्धता पनि आएकै छन् । संकल्प, प्रतिबद्धता वा घोषणपत्रमा उल्लिखित सोच, नीति र कार्यक्रमलाई ठोस मानेमा दृढताका साथ काम गराइको बानीमा रुपान्तरण गर्नु छ । 


बालअधिकारका मूल्य मान्यताका विश्वव्यापी प्रचलनको कुन हदसम्म बालबालिकाले उपयोग गर्न सके र राज्य सञ्चालकले वालबालिकाको नैसर्गिक अधिकारको संरक्षण र प्रवर्द्धनको दिशामा के कति काम भए समीक्षाको विषय रहला । नेपालको संविधानको मौलिक हकका रुपमा बालअधिकारलाई आधारभूत अधिकारका रुपमा उल्लेख गरिएको छ । बालअधिकारका सवाल यससम्बन्धी ऐन, नियमावलीलगायतमा बग्रेल्ती व्यवस्था भएका छन् । तर पनि बालअधिकार र बालबालिकाका हितका सम्वद्र्धनमा धेरै कार्य अपुग छन् । बालअधिकारका सन्दर्भमा बालअधिकारका आयामिक पाटालाई साझा सरोकारको सवाल र मुद्दाका रुपमा लिएर सम्बोधन हुन सकेको खण्डमा हाम्रा विगतका प्रयासले सार्थकता पाउन सक्लान् ।

बालअधिकारका सवालमा सधैं वहस पैरवी र यसको संरक्षण प्रवद्र्धनका दिशामा विभिन्न कोण प्रतिकोणबाट आवाज मुखरित भएका छन् । केही समय अघिको जेन–जी आन्दोलन पनि उमेर समूहका हिसाबले नवयुवाहरुको उल्लेख्य सहभागिता रह्यो । विमति, विरोध तथा केही हदसम्म शासक र शासनशैलीको विरोधका आवाजहरु मुखरित भएका थिए । तिनै नवयुवा र बालबालिकाका हक अधिकारको संरक्षणमा राज्यपक्ष उदार हुनुपर्नेमा दुईमत नरहला । सुशासन र भ्रष्टाचारप्रतिको शून्य सहनशीलतालाई सरकारले पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादनको पक्षलाई सम्बोधन गर्नुपर्दछ ।

सन् १९४८ मा संयुक्त राष्ट्रसंघको प्रयासमा बालअधिकारसम्बन्धी १० बुंदे घोषणपत्र तयार गरी विश्वव्यापीरुपमा प्रचारप्रसार गरियो । बालअधिकारको ड्राफ्ट तयारी र लामो समयान्तरको संस्थागत प्रयासपश्चात् सन् १९८९ को नोभेम्बर २० तारेखका दिन विधिवत्रुपमा संयुक्त राष्ट्रसंघले राष्ट्रसंघीय महासभाबाट बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गर्‍यो । पछिल्लो वर्ष सन् १९९० सेप्टेम्बरदेखि बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयनमा आयो । साथै, नेपालले पनि यस महासन्धिमा पक्षकार राष्ट्रको हैसियतले हस्ताक्षर गरेपश्चात् नेपालमा पनि विधिवत्रुपमा कार्यान्वयनमा आयो । सन् १९२३ मा बेलायती बालअधिकारका अग्रज अभियन्ता इंग्लिस्टन जेबको पहलमा विश्वमा बालअधिकारको आवाजले सार्वजनिक सरोकारको मुद्दाका रुपमा विश्वमञ्चको ध्यान आकर्षित गर्‍यो । तत्पश्चात् बालधिकारको बहसलाई विश्वका विभिन्न मुलुक तथा संस्थागतरुपमा उठानका प्रयासले निरन्तरता पायो ।

Hardik health

बालअधिकारको कार्यान्वयनको प्रत्याभूतिका लागि हाम्रा विद्यमान कानुन तथा ऐन नियमलाई समयसापेक्ष कार्यान्वयन गर्ने, बालबालिकाका हितलाई प्रत्याभूति दिलाउने दिशामा उपयोग गरिनु पर्दछ । मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणपत्र–१९४८ को धारा २६ मा शिक्षा पाउने अधिकार सबैलाई छ भन्ने उल्लेख भएअनुसार हाम्रो सरकारको नैतिक र कानुनी दायित्वभित्र यसको अक्षरशः पालना र प्रतिबद्धताका साथ लागू गर्न नेपाल सरकार दृढताका साथ उभिनुपर्दछ । नागरिक र राजनीतिक अधिकारसम्बन्धी अभिसन्धि १९६६ मा ‘प्रत्येक व्यक्तिले शिक्षा आर्जन गर्न पाउनुपर्छ’ भन्ने उल्लेख छ । नेपाल सरकारले सन् १९९१ मे १४ मा यस अभिसन्धिमा विधिवत् हस्ताक्षर गरेपश्चात् कार्यान्वयन तहमा ल्याउनु नेपाल सरकारको वैधानिक दायित्वभित्र पर्ने विषय हो ।

सामाजिक संस्थाले कार्यक्रमका साथ र राजनीतिक दलले बालअधिकार र बाल हितका सवालमा आफ्ना दलका नीति तथा कार्यक्रमिक जनपरिचालनमा कुनै न कुनै रुपमा कार्यक्रम उल्लेख गरेका छन् । बालकल्याण र बालअधिकारको कार्यान्वयनका दिशामा प्रतिबद्धता पनि आएकै छन् । संकल्प, प्रतिबद्धता वा घोषणपत्रमा उल्लिखित सोच, नीति र कार्यक्रमलाई ठोस मानेमा दृढताका साथ काम गराइको बानीमा रुपान्तरण गर्नु छ । अन्तर्राष्ट्रिय बालअधिकार दिवसको सन्दर्भमा बालअअिकारको न्यूनतम् मापदण्डलाई गाउँबस्ती तथा दूरदराजका बालबालिकाको घरआँगन करेसासम्म विचरण गर्ने वातावरण बनाउनुपर्दछ । न्यायपूर्ण, समावेशी, सहभागितामूलक र समन्यायिक प्रणाली लोकतन्त्रको मियो हो ।

बालबालिकाको नैसर्गिक अधिकारको प्रत्याभूति तथा बालअधिकारको कार्यान्वयनको दिशामा सरकारी तथा सरोकारवाला निकायहरुको जुन मानेमा सदाशयता र तत्परता देखाउनुपर्ने थियो त्यसको गुञ्जायसको गहनतालाई मनन गरिएको पाइँदैन । बालअधिकारको हनन्मा कुनै न कुनै रुपमा हाम्रो परम्परा तथा कार्यशैली जिम्मेवार रहेको छ । बालश्रमिकका रुपमा सयौंं बालबालिकाहरु जोखिमपूर्ण र निकृष्ट कार्य गर्न बाध्य छन् । घरेलु श्रमिकका रुपमा आश्रित बालबालिकाको संख्या पनि हाम्रो समाजमा बग्रेल्ती छ ।

उद्योग तथा कलकारखानामा सयौंका संख्यामा कलिला बालबालिकाहरु निकृष्ट र निकै जोखिमपूर्ण कार्य गर्न बाध्य पारिएको अवस्थामा यस्ता बालबालिकाहरुको उद्धार तथा शिक्षादीक्षा र उचित जीवनयापनको वातावरण बनाउने दिशामा सहरबजारमा केन्द्रित बग्रेल्ती गैरसरकारी संस्थाहरुको ध्यान कहिले पुग्ने हो कुन्नि ? बाल उपयोगी कार्यक्रम अनि विकास र अवसरको खोजी र उचित मार्गदर्शनको प्रतीक्षा छ । हामीले बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा एक पक्षकार राष्ट्रका हैसियतले अनुमोदन गरेपश्चात् त्यसको दायित्वबोधको अपनत्व लिएका छौं । नेपालको संविधान २०७२ मा बालअधिकारलाई समेटिएका मौलिक हकका प्रावधान रहेका छन् । जसको अक्षरशः पालनाका दिशामा व्यावहारिक दायित्वबोधका साथ सरकारले जुन रुपमा चासो लिएको छ त्यसमा अझ प्रभावकारिता ल्याउने दिशामा धेरै काम हुन सकिरहेको छैन । संविधानको भाग ३ को धारा ३९ का उपधारा १ देखि ९ सम्ममा बाल हकका बहुआयामिक पाटालाई समावेश गरिए पनि सरोकारवाला निकायले हक कार्यान्वयनमा प्रतिबद्धताका साथ काम गर्नुपर्दछ । बालअधिकारको उल्लंघनमा दण्ड सजायको पेचिलो कार्यान्वयन बाल हकको प्रत्याभूतिको सोपान रहला ।

पछिल्ला घटनाक्रमको सतही विश्लेषण गरिएको खण्डमा नेपालका विभिन्न क्षेत्रमा बालबालिकाको अपहरण, दुव्र्यवहारका घटनाहरु बढदो क्रममा छ । यस्ता अमानवीय तथा कुत्सित कार्यको निन्दा र भत्र्सना समाजलाई सचेत गराउने पाटो रहला । तर यस्ता जघन्य अपराधलाई निर्मूल गर्ने दिशामा अपराध मनोविज्ञान तथा सामाजिक संरचनका विविध पाटामा गम्भीर खोजी तथा अनुसन्धानले महत्‍व राख्छ । आपराधिक घटनाले हाम्रो समाज आजित र त्रसित छ । आमजनताले राज्यको दरिलो उपस्थिति र न्यायको खोजी गरिरहेको छ । बालबालिकाहरु हराउने क्रम निरन्तर रहनु सामाजिक विडम्बना हो, जसको समाधानमा सामाजिक दायित्वबोध अपरिहार्य छ । 

तुलनात्मकरुपमा सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका बालबालिकाहरु हराउने गरेको तथ्यांकले पुष्टि गरेको छ । बालबालिका खोजतलास तथा उद्धारका लागि बालबालिका खोजतलास समन्वय केन्द्र, बाल संरक्षण समितिलगायतका निकायले निरन्तर प्रयास गरी आए पनि आशातीत सफलता पाउन नसकिएको यथार्थता छर्लंग छ । साथै, बाल श्रमिकका रुपमा बालबालिकाहरुलाई विभिन्न क्षेत्रमा प्रयोग अर्को चुनौती रहेको छ । कारखाना तथा औद्योगिकलगायतका क्षेत्रमा निकृष्ट तथा अति जोखिमपूर्ण काममा अझै पनि सयौं बालबालिकाहरु प्रयोग भइरहेको सन्दर्भमा बालश्रम निषेधसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती थपिएको छ ।

बालबालिकाका हित र विकासका सवालमा मौलिक हक तथा निर्देशक सिद्धान्तमासमेत संवैधानिक प्रतिबद्धता भएको पाइन्छ । प्रत्येक बालबालिकालाई पालनपोषण, आधारभूत स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने हक संविधानले सुनिश्चित गरेको छ । त्यस्तै प्रत्येक बालबालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै पनि किसिमको शोषणविरुद्धको हक हुने व्यवस्था छ । शोषणजन्य कार्य कानुनद्वारा दण्डनीय रहने र त्यस्तो व्यवहार गरिएको व्यक्तिलाई कानुनले निर्धारण गरेबमोजिम क्षतिपूर्ति दिनुपर्ने हुन्छ । यसैगरी संविधानमा स्पष्टरुपमा असहाय, अनाथ, सुस्त मनस्थिति, द्वन्द्वपीडित, विस्थापित एवंं जोखिममा परेका सडक बालबालिकलाई सुनिश्चित भविष्यका लागि राज्यबाट विशेष सुविधा पाउने हक हुने छ भन्ने व्यवस्था छ । कार्यान्वयन पक्षलाई अझ दरिलो र परिणाममुखी समयसापेक्ष बनाइनुपर्छ ।

प्रत्येक्ष र परोक्षरुपमा बालबालिकाको हक अधिकारको उल्लंघनका घटना सामान्यतः हाम्रै सामाजिक परिवेशका क्षेत्रमा बढी पाइएका छन् । बालअधिकारको संरक्षण, बालमैत्री शासन र शैक्षिक वातावरण निर्माणमा सरोकारवाला निकाय गम्भीर हुनुपर्दछ । बालअधिकार सार्वजनिक प्रतिबद्धता र कार्यान्वयनको वातावरणसहित बालअधिकार सुनिश्चित होस् ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवा निर्णायक भएको निर्वाचन
युवा निर्णायक भएको निर्वाचन सोमबार, फागुन ११, २०८२
कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म 
कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म  शुक्रबार, फागुन ८, २०८२
लोकतन्त्रका आधार नै युवा पुस्ता
लोकतन्त्रका आधार नै युवा पुस्ता बिहीबार, फागुन ७, २०८२
चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस
चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस बिहीबार, फागुन ७, २०८२
बौद्धिक सम्पत्तिको अधिकार कार्यान्वयनको अवस्था
बौद्धिक सम्पत्तिको अधिकार कार्यान्वयनको अवस्था मंगलबार, फागुन ५, २०८२
परेड खेल्दै हरित सेना !
परेड खेल्दै हरित सेना ! मंगलबार, फागुन ५, २०८२
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल  आइतबार, फागुन ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP