Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • परेड खेल्दै हरित सेना !
परेड खेल्दै हरित सेना !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, फागुन ५, २०८२

रविबार मध्याह्नमा टन्टलापुर घाम चर्किएर टुँडिखेलको भूइँबाट धूलो उड्दै थियो । शिवरात्रीको रौनकमा शिवबुटी खाएर धुँवा उडाउनेहरु पनि उत्ति नै थिए । टुँडिखेलका वरिपरिबाट भूइँमान्छेहरु फलामे बारबाट चियाइरहेका थिए । किनकि, भूइँमान्छेका लागि टुँडिखेल आफ्नो थिएन । टुँडिखेलको बीच मैदानमा धूलो उडाउँदै खैरा आँखा भएका हरितकाले सेना डम्फु ढ्यांग्रो बजाउँदै स्याँऽस्याँ गर्दै थिए । त्यही भएर पनि भूइँमान्छेहरुलाई अचम्म लागेर आफ्नो आँखा त्यही डम्फु बजाउनेहरुतिर चियोचर्चो गरिरहेका थिए ।

भूइँमान्छेहरुलाई फलामे बारबाट हटाउन नीला बर्दीधारीहरु कटवाँस लिएर कहिले यता कहिले उता गरिरहन्थे । नीला बर्दीधारीहरु देख्नासाथ फेरि भूइँमान्छेहरु गुटुङऽटुङ भाग्थे अनि फेरि आएर चियाउँथे । ‘नेपाली मान, अम्रिकन सान’ले हरितकाले सेनाहरु डम्फु र ढ्यांग्रो फुट्लाजस्तै गरी उफ्री-उफ्री ताल दिइरहेका थिए ।

नेपाली भूइँमान्छेहरुलाई केही असहज भएछ कि क्या हो !  मोबाइलबाट तस्बिर खिचिरहेका थिए । फलामको बारबाट टाउको घुसाउँदै भित्र डम्फु र ढ्यांग्रो बजाउँदै उफ्रिरहेको हेर्दै कौशलेन्द्रसँगैको साथीलाई भन्दै थियो, ‘देखिस् अम्रिकन सेनाले टुँडिखेलमा परेड खेल्छ भन्थे नि ! आयो कि आएन ? खेल्यो कि खेलेन ?’

कौशलेन्द्रको कुरा सुनेर हेर्दै नहेरी साथीले जवाफ दियो । ‘परेड खेलेर के भयो त ? परेड खेल्न लगाउनेहरु ऊऽमाथि बसेर ताली ठोकिरहेका छन् !’ ऊ बेला त्यसै भनेको हो र ? ‘सुझ न बुझ टुँडिखेलका कुद’ । अहिले अम्रिकाबाट एमसिसी ल्याएपछि परेड खेलेर मनोरञ्जन गर्नु परेन त ? अस्ति भदौतिर ‘बन्दुक बन्दुक’ खेल खेलेका थिए । अहिले परेड खेले ! के भयो र ? हामी यसैगरी बाहिर बस्ने, ताली ठोक्ने ।

Hardik health

साथीको कुराले कौशलेन्द्रलाई कता-कता भित्रै छोएको जस्तो भएछ क्यार ! रविबारको दिन । त्यसमाथि पनि शिवताण्डव नृत्य गर्दै टुँडिखेलमा परेड खेल्नु भनेको त आकाश गड्गडाउनुजस्तै हो नि । कौशलेन्द्रले आकाश गड्गडाउनु भन्दै गर्दा टुँडिखेलमा परेड खेलेको धूलोले नै होला । आकाशसमेत धुम्म परेको थियो । हुन त आकाशलाई पनि त्यही धुलोको कणले डर लागेको हुनुपर्दछ । स्वर्णिम युग बनाउँछु भन्दै चारडाँडा काटेर आकाशमा बादल मडारिएको थियो ।

साथीले सोध्यो, ‘साँच्चै, अम्रिकन सेनाले टुँडिखेलमा परेड खेलेको दिन चारपाटा मुडेर डाँडा कटाउनु भन्ने बाख्रा कता भ्याऽभ्याऽ गर्दै छ ?’ उसले कौशलेन्द्रलाई सोध्यो । साथीको प्रश्नले कौशलेन्द्र नीलो कालो भयो । नहोस् पनि किन ? ऊ पनि आकाशजस्तै गरी नीलो क्रान्तिमा तर मार्न हिँडिसकेको थियो । अलि पहिलेसम्म फाटेको दूधबाट तर फाल्नुपर्छ भन्ने कौशलेन्द्र अहिले त्यही शिवताण्डवमा घण्टाको रालो समाएर ट्वाङऽ ट्वाङऽ पार्दै वल्लो गाउँ र पल्लो गाउँ गर्दै थियो ।

नीलो क्रान्तिका नाममा भ्रान्ति फैलाउँदै घण्टा बजाउँदै रालो फुस्किएको पत्तै नपाउने कौशलेन्द्र हरितकाले सेनाको परेडमा किन अचम्म पथ्र्यो र ! उनै हरितकालेहरुले बनाएको घण्टाको रालोमा झुण्डिएरै दौडिरहेको थियो । न ताल, न सुर । एकातिर टुँडिखेलमा डम्फु ढ्यांग्रो बज्दै थियो, अर्कोतिर घण्टाको रालो तर्संदै थियो ।

जेन-जी विद्रोहले मुलुकलाई स्वर्णिम युगमा रुपान्तरण गर्नुपर्ने भाका सर्दै थियो ! स्वर्णिम युगका ती भाकाहरु फेरिँदै थिए । अम्रिकन हरितकाले सेना परेडमा रमाइसकेको थियो । उनैले चौरासी पूजालाई बयासीमा सारे भनेर टण्टलापुर घामले थेग्न नसकेपछि रुखको चौतारीमा बसेकाहरुले कुरा काटिरहेका थिए । 

त्यही चौतारामा बसेर विद्धान तक्लु काका भन्दै थिए । ‘त्यो आकाशेलाई डाँडा कटाउनुपर्दछ ।’ तक्लु काकाको कुरा काट्दै किरण भान्दाइ भन्दै थिए- कटाउनु नै पर्दैन आफैं चार डाँडा काटेर तराईको रापमा ताप खोजिरहेका छन् । विचरा आफ्नै चौतारोले पनि शितल दिन नसक्ने भएपछि के गर्नु ?

जन्मे हुर्केको ठाउँ भनेर हुँदो रहेनछ । आफ्नै आँगनमा बसेर छिमेकीलाई घरमा डढेलो लगाउन उक्साएपछि खोल्साको पानीले डढेलो कसरी निभाउन सकिन्थ्यो र ? टुँडिखेलमा परेड भन्दै ताण्डव गर्ने अनि त्यही परेड हेरेर ताली बजाउनेहरु नै हरितकालेका मुख्य नाइके हुन् । फलामको बारमा टाउको चियाएर परेड हेर्नेलाई के थाहा ? उसैको टाउकोमा परेड बजारिन सक्छ भनेर ! फलामको बारमा बसेर चियाउनेहरु उही चौरासीको पूजा बयासीमा गर्ने सुरसार गर्नेकै लयमा रमाइरहेका छन् ।

विचरा गरुन् पनि के ? न बोल्ने ठाउँ छ, न सुनिदिने नै कोही छ ? त्यही भएर पनि होला चौरासीको पूजा बयासीमा गर्नु हुन्न भन्दै उत्तरतिरका पाञ्चायन मन्दिरका पुजारी र दक्षिणतिरका साधकहरु बालुवाटार, कौशलटार र खुमलटारतिर यज्ञ गर्दै छन् ।

साधक पुजारीहरु यज्ञ गर्न होमिन थालेपछि जजमानहरुको के लाग्छ र ? जसै जसै बाहुन उसै उसै स्वाहा ! न प्रसादको तयारी न त पूजा सामग्रीकै । गाई दानका नाममा सिक्का चढाएजस्तै । गाई त भए पो ! नीलो क्रान्ति भन्दै रविको बारमा छिरेर शिवबुटी तान्दै सोमरस खानेहरु गाई काट्नुपर्छ भन्दै हिँडेपछि सिक्का नचढाएर कहाँ खोज्न जानु त विचरा जजमान । त्यसै टुँडिखेलमा परेड खेल्न आको हो र गाईखानेहरु !

शक्तिको उपासनाका लागि मान्छेको मासुसमेत लुछ्न नछाड्नेहरुले परेड देखाउनु त कुन ठूलो कुरा भयो र ? मध्यरातमा सुतिरहेको दम्पतीलाई अपहरण गरेर लैजाने आधुनिक सामन्तहरुले मन्दिर त भत्काउने प्रयास गर्लान् नै । हिमालको माटो खोतल्ने प्रयास पनि गर्ला । पहाडको जडीबुटी उखेल्न सक्छन्, अनि तराईको उर्वरभूमिलाई मरुभूमि बनाउने कूचेष्टा पनि गर्न सक्छन् । 

‘भाइ फुटे, गँवार लुटे’ पुर्खाले त्यसै कहाँ भनेका हुन् र ? पुर्खाले आर्जेको धर्तीलाई पुस्तालाई दिन नसक्नेगरी हरितकालेहरुलाई परेड खेल्न दिनेहरुसँग के गुनासो गर्नु छ र ! इतिहास जलाउनेहरुले के नै नयाँ भाका कोर्न सक्छन् र ? ऋषिमुनिहरुको तपोभूमि उनै भगवान् पशुपतिनाथले रक्षा गरुन् ! जय शम्भो !!
 


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP