काठामाडाैं - लगातार चार दिन सार्वजनिक बिदा परेकाे छ । जेठ १४ गते बिहीबारदेखि १७ गतेसम्म सार्वजनिक बिदा परेको छ ।
गृह मन्त्रालयले आज जारी गरेकाे सुचनामा बिहीबार बकर इदमा पनि बिदा दिने निणर्यसँगै लगातार चार दिन सार्वजनिक बिदा परेकाे हाे ।
सरकारले मुस्लिम धर्मावलम्बीहरुको महान् चाड बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यससँगै लगातार चार दिनसम्म सार्वजनिक बिदा परेको छ ।
सार्वजनिक बिदा जेठ १४ गते बकर इद, १५ गते गणतन्त्र दिवस, १६ गते शनिबार र १७ गते आइतबार परेको छ ।
