Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
विचार
  • Home
  • विचार
  • हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १०, २०८३
डा. प्रकाश बुढाथोकी

 

नेपालमा हालसम्म हाण्टा भाइरस पुष्टि नभएकाले जोखिम कम मानिए पनि अन्तर्राष्ट्रिय उडान तथा आवागमन, कमजोर निगरानी तथा परीक्षण प्रणालीका कारण सम्भावित जोखिमलाई पूर्ण रूपमा नकार्न सकिँदैन । नेपालमा दैनिक चार-पाँच दर्जनभन्दा बढी मुसाको टोकाइका बिरामी अस्पताल आउने गरेका तथ्यांक छन् । एसियाली स्ट्रेन विशेषगरी रसिया, जापान तथा कोरियामा देखिने गरेको छ, जहाँ नेपालीहरूको आवातजावत उल्लेख्य छ । तर आवतजावत गर्ने व्यक्तिहरूको न त पर्याप्त स्क्रिनिङ छ न त निगरानी नै ।

नेदरल्याण्ड अर्थात् डच कम्पनीको एमभी होण्डियस नामक जहाज जुन अप्रिल १ मा अर्जेण्टिनाबाट बेलायत, अमेरिका, स्पेनलगायतका २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु यात्रा गरिरहेका थिए ।  उक्त क्रुजशिपमा हण्टा भाइरसको एण्डिस स्टे«न फैलिएपछि दुई डच नागरिकसहित तीन जनाको मृत्यु, पाँच जना प्रयोगशाला प्रमाणित संक्रमित र जहाजमै भएका करिब १५० जतिको सुरक्षित अवतरणको चर्चा फैलियो । जहाजबाट बीचमा झरेका विश्वका विभिन्न कुनामा पुगिसकेका यात्रुको र उनीहरुको सम्पर्कमा आएकालाई ‘कण्ट्याक्ट ट्रेसिङ’ खोजी कार्य आज पनि जारी छ । यात्रुलाई स्वास्थ्य संस्थामा सम्पर्कमा आउन र क्वारेण्टिनमा बस्न विभिन्न सरकारले आह्वान गरिसकेका छन् । विश्व स्वास्थ्य संगठनलेसमेत जोखिमलाई कम तर सचेतनालाई गम्भीररुपमा स्टेज चारमा लिँदै अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीअन्तर्गत निगरानी र नियन्त्रण प्रक्रिया सक्रिय बनाएको छ ।

विश्व स्वास्थ्य संगठनले आधिकारिकरुपमा बेलायत, अमेरिका, क्यानाडा, जर्मनी, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, सिंगापुर र टर्कीलगायत १२ देशलाई सतर्क गराएको छ । जहाजमा अप्रिल ६ देखि लक्षण देखिन थालेको र अप्रिल ११ मा पहिलोपटक एक जनाको मृत्युु भएको थियो । सुरुमा सामान्य श्वासप्रश्वाससम्बन्धी रोग ठानिएको ती व्यक्तिको मृत्युृपछि संक्रमित भएको पुष्टि भएको थियो । जहाज सञ्चालक कम्पनी ओसनवाइड एक्सपिडिसनका अनुसार गत अप्रिल २४ मा सेण्ट हेलेनामा ३० जना यात्रु ओर्लिएका थिए, जसमा डच दम्पती थिए । ती दम्पतीमध्ये श्रीमान्कोे जहाजमै मृत्युु भएको थियो भने पछि श्रीमतीको पनि मृत्युृ भयो । जहाजबाट ओर्लिएपछि जोहोनेसवर्गमा एक संक्रमितको मृत्यु, स्विटजरल्याण्डमा अर्काे पुष्टि भएपछि मात्र हाण्टा भाइरस भएको पुष्टि भएको हो । जहाजमा नभएकी एक महिलामासमेत शंकास्पद लक्षणहरु देखिएको छ र उनको परीक्षण गरिएको छ । क्यानाडामासमेत ब्रिटिस कोलम्बियामा आइसोलेसनमा रहेका क्रुज यात्रुमा संक्रमण पुष्टि भएको छ र उनीसँग सम्पर्क आएकालाई आइसोलेसनमा राखिएको छ ।

Hardik health

अर्को कोभिड त होइन हाण्टा भाइरस ?
हाण्टा भाइरस ब्रुन्याभिरिडी परिवारअन्तर्गत पर्ने २० भन्दा बढी भाइरसहरूको समूह हो, जसको नामकरण दक्षिण कोरियाको हन्तान नदीको नामबाट गरिएको हो, जहाँ सन् १९७८ मा पहिलोपटक यो भाइरस पहिचान गरिएको थियो । अर्थोहाण्टा भाइरस जेनस, हण्टाभिरिडी परिवार तथा बुन्याभाइरालेस अर्डरअन्तर्गत पर्ने हाण्टा भाइरसका विश्वभर स्थानअनुसार २० भन्दा बढी स्पिसिज पहिचान भएका छन् ।

सामान्यतया संक्रमित मुसा तथा अन्य रोडेण्टहरूको पिसाब, दिसा वा ¥यालबाट निस्किएका सूक्ष्म कण वा तिनीहरूले दूषित बनाएको वातावरणसँगको सम्पर्कमा आउँदा श्वासप्रश्वासमार्फत मानिसमा यो भाइरस सर्छ । यसपटक भने मानिसबाट मानिसमा सरेको पाइएकाले यो दुर्लभ तर चिन्ताजनक मानिएको छ । लामो समयसम्म नजिकको सम्पर्क, एउटै बन्द कोठामा बसाइँ तथा संक्रमित व्यक्तिको शारीरिक तरलसँग सम्पर्क हुँदा जोखिम बढ्छ । धेरैजसो भेरियण्ट मानिसमा सजिलै सर्दैनन् । सर्ने भेरियण्ट पनि कोभिड-१९ जस्तै तीव्ररूपमा हावाबाट फैलिने प्रकृतिको होइन ।

सन् २०२३ मा युरोपियन क्षेत्रमा हाण्टा भाइरस संक्रमणबाट एचएफआरएस भएका एक हजार ८८५ केस अर्थात् प्रतिएक लाखमा ०.४ केसमात्र रिपोर्ट भएका थिए । पूर्वी एसियाका चीन र कोरियामा हरेक वर्ष हजारौं केस रिपोर्ट हुने गर्छन् । सन् २०२५ भर अमेरिकी महादेशका आठ देशमा २२९ हाण्टा भाइरसका केस पुष्टि भएकामा ५९ जनाको मृत्यु भएको रिपोर्ट छ । अमेरिकामा हाण्टा भाइरस संक्रमण दुर्लभ मानिन्छ र सन् १९९३ देखि २०२३ सम्म जम्मा ८९० केस पुष्टि भएका छन् । मानिसबाट मानिसमा संक्रमण भएको घटना दक्षिण अमेरिकामामात्र देखिएको छ, जहाँ २०१८-२०१९ मा भएको प्रकोपमा ३४ जना संक्रमित हुँदा ११ जनाको मृत्यु भएको थियो ।

के कस्ता लक्षण हुन्छन् ?
अन्य दीर्घरोग भएका व्यक्ति तथा ज्येष्ठ नागरिक यस संक्रमणका जोखिम समूहमा पर्छन् । उनीहरूमा सजिलै संक्रमण हुने, संक्रमण जटिल अवस्थामा पुग्ने तथा मृत्यु हुने सम्भावना बढी हुन्छ । वातावरणीय तथा इकोलोजिकल कारकहरूले रोडेण्टको संख्यामा असर पार्ने भएकाले संक्रमणको संख्या तथा प्रकोपमासमेत प्रभाव पर्छ ।

हाण्टाको एण्डिस भाइरसको दुर्लभ तर प्राथमिक संक्रमण नजिक र लामो समयसम्मको मानिस-मानिस सम्पर्कबाट हुन सक्छ । दोस्रो संक्रमण स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीमा कम मात्रामा देखिन्छ, जुन संक्रमणको सुरुआती अवस्थामा बढी संक्रामक हुँदा हुने सम्भावना रहन्छ । संक्रमण भएपछि लक्षण देखिन सामान्यतया दुईदेखि चार हप्ता लाग्छ । छिटोमा एक हप्ता र ढिलोमा आठ हप्तासम्म लाग्न सक्छ । यसले संक्रमण सार्ने जोखिम अवधि ४२ दिनसम्म हुने भएकाले थप जोखिम बढाएको छ ।

यसमा सुरुमा एकदेखि चार हप्तासम्म चिसो लाग्ने, ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, चक्कर लाग्ने, अत्यधिक थकान महसुस हुने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, झाडापखाला तथा मांसपेशी दुख्ने लक्षण देखिन्छन् । पछि अचानक श्वासप्रश्वासमा समस्या देखिने, रक्तचापमा परिवर्तन हुने तथा संक्रमण बढ्दै जाँदा फोक्सोमा पानी भरिने, रक्तचाप घट्ने र सास फेर्न अत्यन्त गाह्रो हुने गर्छ ।

हाण्टा भाइरस संक्रमणले निम्त्याउने दुई प्रमुख गम्भीर समस्यामा हाण्टा भाइरस पल्मोनरी सिण्ड्रोम (एचपिएस) र हेमोरेजिक फिभर विथ रिनल सिण्ड्रोम (एचएफआरएस) पर्दछन् । पल्मोनरी सिण्ड्रोममा भाइरसले सीधै फोक्सोमा असर गरी सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, फोक्सोमा तरल पदार्थ जम्ने, रक्तचाप घट्ने, मुटुको धड्कन तीव्र हुने तथा श्वासप्रश्वासमा गम्भीर अवरोध पैदा भई बिरामीको मृत्यु हुन सक्छ । हेमोरेजिक फिभर विथ रिनल सिण्ड्रोममा मुख्यतया मिर्गौलामा असर पर्छ र मिर्गौला फेल हुन सक्छ । भेरियण्टअनुसार लक्षण तथा चिह्न फरक पर्न सक्छ । हाण्टा भाइरसका भेरियण्टमध्ये एण्डिस स्ट्रेनमात्र मानिसबाट मानिसमा सर्ने भेरियण्ट हो । यो चिली र अर्जेण्टिनामा समय-समयमा फैलिने गरेको छ ।

निदानका उपायहरु के हुन सक्छन् ?
शंकास्पद अवस्थाः
संक्रमण फैलिएको स्थानमा बसेको वा भ्रमण गरेको, शंकास्पद वा संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेको तथा एएनडिभी संक्रमणका शंकास्पद लक्षण भएका व्यक्ति ।

सम्भावित अवस्थाः शंकास्पद अवस्थाका लक्षण तथा चिह्न भएका, स्वास्थ्यकर्मीले परीक्षण गरेको, संक्रमित वा सम्भावित केससँग इपिडेमियोलोजिकल सम्बन्ध तथा सम्पर्कमा रहेको तर प्रयोगशाला परीक्षण नभएको व्यक्ति ।

पुष्टि भएको अवस्थाः आरटी-पिसिआर वा सेरोलोजी परीक्षणबाट एएनडिभी संक्रमण पुष्टि भएको व्यक्ति ।

समस्या नदेखिएको अवस्थाः शंकास्पद वा सम्भावित भए पनि आरटी-पिसिआर वा सेरोलोजी परीक्षणमा एएनडिभी नेगेटिभ आएको व्यक्ति अथवा सम्पर्कमा आएको समयदेखि अधिकतम् ओथारो अवधि पार गरिसकेको व्यक्ति ।\

उपचार कसरी हुनसक्छ ?
हाण्टा भाइरस संक्रमणको कुनै विशेष उपचार, औषधि, खोप वा निश्चित एण्टिभाइरल उपचार उपलब्ध छैन । संक्रमितलाई लाक्षणिक तथा सहयोगात्मक उपचारमात्र गरिन्छ । अफवाह तथा सामाजिक सञ्जालका भ्रममा परी अनावश्यक आतंकित हुने वा गराउने काम गर्नु हुँदैन । सरकारले तोकेको आधिकारिक निकायबाट जारी सूचनामामात्र विश्वास गर्नुपर्छ ।

रोडेण्टबाट सर्ने रोगहरू, स्क्रब टाइफसलगायतका रोगहरूको नियन्त्रणका लागि मुसा तथा सम्बन्धित रोगबारे थप खोज तथा अनुसन्धान आवश्यक छ । यसले भविष्यमा हुन सक्ने महामारी तथा रोगको जोखिम व्यवस्थापन गर्न सहयोग पु¥याउँछ । व्यक्तिगत तथा वातावरणीय सरसफाइ नै मुख्य बचावटका उपाय भएकाले मुसा नियन्त्रण, सरसफाइमा सतर्कता, खाद्य सुरक्षा तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्छ । घर तथा वरपरको वातावरण सफा राख्ने, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्ने तथा मुसाको फोहोर सफा गर्दा पिपिई, मास्क तथा पञ्जा प्रयोग गर्नुपर्छ ।

साबुनपानीले नियमित हात धुने, भीडभाडमा नजाने, शंकास्पद वा सम्भावित संक्रमितसँग भौतिक दूरी कायम गर्ने तथा मास्क प्रयोग गर्नु आवश्यक छ । रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना, जोखिम सञ्चार तथा समुदाय सहभागितालाई बढावा दिनुपर्छ । ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

नेपालको तयारी कस्तो छ ?
नेपालमा हालसम्म हाण्टा भाइरस संक्रमण पुष्टि भएको आधिकारिक तथ्यांक छैन । तथापि, अमेरिकाको सिसिडीको एक रिपोर्टअनुसार सन् २०१७ मा नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनी यात्रुमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि हाण्टा भाइरस पुष्टि भएको थियो । उनले नेपालमा बस्दा लजमा मुसा प्रजातिका जनावरसँग सम्पर्क भएको बताएका थिए ।

एण्डिस भाइरसबाट संक्रमित मुसा नेपालमा नपाइने, हाल संक्रमित रहेको जहाजका यात्रु नेपाली नभएको तथा कुनै यात्रु नेपाल नआएको जानकारी भए पनि छिमेकी राष्ट्रका नागरिक जहाजमा रहेको उल्लेख गरिएको छ । नेपालमा हालसम्म हाण्टा भाइरस पुष्टि नभएकाले जोखिम कम मानिए पनि अन्तर्राष्ट्रिय उडान तथा आवागमन, कमजोर निगरानी तथा परीक्षण प्रणालीका कारण सम्भावित जोखिमलाई पूर्ण रूपमा नकार्न सकिँदैन । नेपालमा दैनिक चार-पाँच दर्जनभन्दा बढी मुसाको टोकाइका बिरामी अस्पताल आउने गरेका तथ्यांक छन् । एसियाली स्ट्रेन विशेषगरी रसिया, जापान तथा कोरियामा देखिने गरेको छ, जहाँ नेपालीहरूको आवातजावत उल्लेख्य छ । तर आवतजावत गर्ने व्यक्तिहरूको न त पर्याप्त स्क्रिनिङ छ न त निगरानी नै ।

नेपालमै हाण्टा भाइरस निदान गर्न सक्ने सुविधा हालसम्म उपलब्ध छैन । परीक्षणका लागि किट नेपालमै ल्याउने वा नमूना विदेश पठाएर परीक्षण गर्ने भन्ने विषयमासमेत स्पष्ट निर्णय भइसकेको छैन । त्यसैले सरकार जोखिम नभएको भन्दै प्रचारप्रसारमामात्र सीमित नभई परीक्षण, निगरानी, निदान, उपचार व्यवस्थापन तथा पूर्वतयारी र जनचेतनामूलक कार्यमा सक्रिय हुन आवश्यक छ । 
 


प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप विचार
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
मिलापत्रः पीडितकै लागि नबनोस् पासो
मिलापत्रः पीडितकै लागि नबनोस् पासो बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP