Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
  • #नेपाली_कांग्रेस
Search Here
विचार
  • Home
  • विचार
  • असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १९, २०८२
दामोदर खनाल

 

नेपाल प्रशस्त प्राकृतिक साधन, स्रोत भएर पनि विकासमा निकै पछाडि परेको छ । यहाँको वनजंगल, जडीबुटी, हिमशृंखला, जलसम्पदा, लुम्बिनी नै यहाँका अपार सम्पत्ति हुन् । तर प्रजातन्त्रको पुनस्र्थापना भएको पनि झण्डै चार दशक पुग्न लाग्दा पनि राज्यको स्पष्ट नीति नियम नबन्नु, जनप्रतिनिधिमा विकास निर्माणप्रति दृढ संकल्प नहुनुले यहाँको विकास निर्माण कछुवाकै गतिमा छ । कतिपय राष्ट्रिय गौरवका आयोजनासमेत अलपत्र छन् । निर्माण सम्पन्न भएका भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सभा हल, आधुनिक बधशालालगायतका संरचनाहरु प्रयोगमा आउन सकेका छैनन् ।

नेपाल विकासका लागि प्रचुर सम्भावना र आधार भएको मुलुक हो । यहाँको प्राकृतिक सौन्दर्य, वनजंगल, हिमशृंखला, नदीनाला भौगोलिक विविधताले अन्य मुलुकलाई लोभ्याइरहेको छ । यद्यपि, हाम्रा नेतृत्व वर्गले यसको महत्‍व बुझेर अगाडि बढ्न सकेको देखिँदैन ।

बहुदल, गणतन्त्र, लोकतन्त्र आएपछि मात्र विकास सम्भव देखेका हाम्रा दलीय नेतृत्व वर्ग आन्दोलनमा पटक-पटक सफल देखिए तर विकासमा असफल सावित भएका छन् । हरेक आन्दोलनमा एकताबद्ध भएर अगाडि बढेरै विजयी हासिल गरे । तर गणतन्त्र स्थापना भइसकेपछि संविधान कार्यान्वयन र विकास निर्माणका लागि एक जुट भएको अनुभूति नेपाली जनताले गर्न पाएका छैनन् । दुईतिहाइको सरकार पनि हरेक सवालमा कमजोर सावित हुँदै गएको हामीलाई जगजाहेर नै छ । जसका कारण विकास निर्माणमा साँच्चै पछि परेको अनुभव नेपाली जनताले गरेका छन् ।

Hardik health

हरेक पार्टीभित्र आर्थिक लोभ लालच, चरम गुटबन्दी, शक्तिको चलखेल, पदको दुरुपयोग र भागबण्डातिरै उन्मुख भएको पाइन्छ । नेपालको सम्भावना र नेपालीको भावना नेतृत्व वर्गले बुझ्न सकेको देखिँदैन । राज्य चलाउनेहरुको स्पष्ट योजना, दूर दृष्टि, दृढ इच्छाशक्तिको कमीले दक्ष जनशक्ति विदेश पलायन भइरहेका छन् । यसैगरी निरन्तर नेपाली युवा विदेश पलायन भइरहने हो भने भोलि यसले ठूलो समस्या ल्याउन सक्छ । यसप्रति हाम्रा योजनाविद् र सरकार चलाउनेहरुको पटक्कै ध्यान जान सकेको छैन ।

पर्यटनको प्रचुर सम्भावना छ । उत्पादित वस्तुहरुका लागि राम्रो बजारको सम्भावना भएका विशाल छिमेकी मुलुकहरु चीन र भारत रहेका छन् । तर नेपालीले आफ्नो देशमा केही अवसर नपाएर विदेशी मुलुकमा नोकर बन्न पुगेर तिनै मुलुकलाई अगाडि बढाउने काम गरिरहेका छन् । साँच्चै नेपालको विकास गर्ने हो भने विकास निर्माण र रोजगारका लागि स्पष्ट नीति निर्माण गरेर युवा शक्तिलाई विदेसिनबाट रोक्नुपर्दछ । हामीले लुम्बिनीको माटोलाई प्रयोग गरेर एउटा कोसेली (उपहार) मात्र बनाएर बिक्री गर्नेतिर हिम्मत गर्ने हो भने पनि प्रशस्त आम्दानी गर्न सकिन्छ । तर विडम्बना विदेशी बौद्धमार्गीहरुले लुम्बिनीको महत्‍व बुझे पनि हामी नेपालीले नै विश्वप्रख्यात लुम्बिनीको महत्‍व बुझ्न सकेका छैनौं । एउटा लुम्बिनी विकास कोष राजनीतिक सिकार बनिरहँदा लुम्बिनी नै विकासमा पछि परेको छ । हामी भाषणमा विकास, एकता र समृद्धिका ठूला कुरा गर्दछौं तर व्यवहारमा पटक्कै कार्यान्वयन गर्दैनौं ।

यतिखेर नेपाली सबैमा एउटै चिन्ता छ, मुलुकले सही नेतृत्व पाएन । जसका कारण कहीँ कतै सुशासन र राम्रो छ भनेर गर्व गर्ने ठाउँ देखिएन । जबसम्म अति राजनीतिकरणको स्वार्थ त्यागेर हामीले नेपालमै केही गर्नुपर्दछ भन्ने भावनामा गोलबन्द हुँदैनौ तबसम्म मुलुकको विकास हुन सक्दैन । अहिलेको जस्तो संसद् फगत मन्त्री, प्रधानमन्त्री, उत्पादन गर्ने थलो बनिरहन्छ । जनतामा वितृष्णा जागिरहन्छ । यथार्थमा जनतालाई सरकार बन्नु र ढल्नुको कुनै अनुभूति हुन सकेको छैन । नजिकिएको आमनिर्वाचनले पनि मुलुकको ठोस गति दिन सक्दैन । देश विकास र परिवर्तनका लागि संविधान संशोधन गरेर अगाडि बढ्न जरुरी छ । समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदको संख्या घटाउन आवश्यक छ । हाम्रोजस्तो सानो, अर्थतन्त्र जर्जर भएको मुलुकमा सात प्रदेश आवश्यक छैन । हुन त प्रदेशले औचित्य पुष्टि गर्न पनि नसकेको हामीलाई अनुभव भइसकेको छ तर नेतृत्व वर्गले यसबारे बहस नै गर्न सकेका छैनन् ।

नेपालको विकास भाषणमा त धेरै भयो तर हाम्रा नेता जिम्मेवार भएर त्याग देखाउन सकिरहेका देखिँदैन । कुरा सिंगापुर, मलेसिया स्विटजरल्याण्डमा भएको विकासको सपना बाँडेको देखिन्छ । यथार्थमा जनताले अनुभूति गर्ने युवापिढीले खोजेको विश्वपरिवेशको विकासको छनक देखिँदैन । यहाँ त ठेक्कापट्टादेखि हरेक काममा दलीय भागबण्डा र पदको दुरुपयोग गरी आफन्त र आसेपासेलाई मात्र फाइदा हुनेगरी काम गरेकोले चरम भ्रष्टाचार र बेथिति बढेको छ । सुशासन पटक्कै छैन । जसका कारण नै जेन-जी आन्दोलन हुन पुगेको धेरैले महसुस गरेका छन् । कतिपय नेता मन्त्री, सांसद, एनजिओ/आइएनजिओको खेतीपातीमा पनि रमिरहेका छन् । जसका कारण न त प्राप्त उपलब्धि संस्थागत हुन सकेको छ न त संविधान कार्यान्वयन नै ।

सपना सिंगापुरको !
नेपाल प्रशस्त प्राकृतिक साधन, स्रोत भएर पनि विकासमा निकै पछाडि परेको छ । यहाँको वनजंगल, जडीबुटी, हिमशृंखला, जलसम्पदा, लुम्बिनी नै यहाँका अपार सम्पत्ति हुन् । तर प्रजातन्त्रको पुनस्र्थापना भएको पनि झण्डै चार दशक पुग्न लाग्दा पनि राज्यको स्पष्ट नीति नियम नबन्नु, जनप्रतिनिधिमा विकास निर्माणप्रति दृढ संकल्प नहुनुले यहाँको विकास निर्माण कछुवाकै गतिमा छ । विकास निर्माणका कार्य लामो समयदेखि राजधानी काठमाडौंदेखि सातै प्रदेशका ठाउँ-ठाउँमा अलपत्र र अस्तव्यस्त छ । कतिपय राष्ट्रिय गौरवका आयोजनासमेत अलपत्र छन् । निर्माण सम्पन्न भएका भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सभा हल, आधुनिक बधशालालगायतका संरचनाहरु प्रयोगमा आउन सकेका छैनन् ।

तर पनि हाम्रा नेताहरुले बेलाबेलामा नेपाललाई सिंगापुर बनाउने भाषण गरिहन्छन् । केही वर्ष अगाडि एसियाका राष्ट्रहरुको मलेसियाको क्वालालम्पुरमा भएको किवानिज अस्पा ४३औं सम्मेलनमा सहभागी हुने क्रममा मलाई मलेसिया र सिंगापुर घुम्ने अवसर प्राप्त भएको थियो । त्यहाँको विकास निर्माण र सभ्यता देख्दा त्यो उजाड भूमिमा त्यस्तो विकास कसरी सम्भव भएको होला भनेर अचम्म नै लाग्यो । प्रायः त्यहाँ पुग्ने पर्यटकहरुले पनि यस्तै अनुभूति गरेको भान हुन्थ्यो । त्यहाँको सडक सञ्जाल, स्वच्छ वातावरण पर्यटकलाई आकर्षण गर्नका लागि बनाइएका संरचना, अनुशासन र नागरिकहरुको बानी व्यहोरा साँच्चै अनुकरणीय र उदाहरणीय नै छ । अहिले त समयको क्रमसँगै विकासले अझै गति लिएको छ । कसैले होटलमा बस्दा नियम उल्लंघन गर्छ कि भनेर होटलको रुमको रकमभन्दा केही अतिरिक्त रकम धरौटी राख्नुपरेको सिंगापुर बस्दाको अनुभव मलाई छ ।

जुन ठाउँ वास्तवमै नियम, कानुन र सिस्टममा हिँडेका कारणले विकासमा कायापलट भएको अनुभव गर्न सकिन्छ । विकास हाम्रो एजेण्डा भन्ने भनाइ त्यहाँका हरेक नागरिकमा झल्किन्छ । विकासका लागि कहिल्यै झगडा हुँदैन । व्यक्तिगत स्वार्थ, सत्ता राजनीतिबाट त्यहाँका जनता र प्रशासकहरु धेरै टाढा भएको अनुभव गर्न सकिन्छ ।

खासै अन्न, फलफूल उत्पादन नहुने सिंगापुरमा हरेक कुरा बाहिरबाट आयात हुने गर्छ । लगानीका लागि खुलारुपमा विदेशी मुलुकका उद्योगी व्यवसायीलाई अवसर दिनुले नै गएको ३०/४० वर्षयता त्यहाँको विकासमा कायालपलट भएको हो । त्यहाँ निर्माण भएका सिंगापुर मेरिलायन पार्क, मेरिना स्क्वायर महल, सन्तोषा, सिंगापुर फ्लायर, नाइट सफारी गार्डेन, युनिभर्सल स्टुडियो, सामुद्रिक यात्रा जस्तो व्यवस्था साँच्चै पर्यटकका लागि आकर्षणका कुराहरु हुन् ।

मलेसियाको राजधानी क्लालाम्पुरको पहाडी क्षेत्रमा रहेको जेन्टिन हाइल्याण्डमा रहेका संरचना हेर्नका लागिमात्र दैनिक ५०औं हजार पर्यटक पुग्ने गर्दछन् । त्यस्तै विश्वकै ठूलो विष्णु भगवान्को मूर्ति ( बटु केभ) पुत्राजया, ९०० मिटरसम्म उचाई रहेको केएलएलसिसी टावर, केएल टावर, विभिन्न पार्कहरु, सडक संरचना, सपिङ मल साँच्चै अचम्म लाग्दोगरी बनाइएको छ ।

दक्षिण पूर्वी एसियाको सानो देश सिंगापुरमा शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापारमा राम्रो विकास भएको छ । त्यहाँ नियम, कानुनमा कुनै सम्झौता हुँदैन र विकासमा राजनीति पनि छैन भन्छन् त्यहाँका जनता । त्यहाँका आकर्षक संरचनाहरु सामुद्रिक जलयात्रा, टावर, अण्डरग्राउण्ड मार्केट, सपिङ कम्प्लेक्स, ट्रेन यातायातले पनि पर्यटकहरुलाई निकै आकर्षित गरेका पाइन्छन् । मलेसिया र सिंगापुर घुमेर हेर्दा नेपालमा यस्तो विकास सहजै पुरानै कार्यशैलीले कल्पना गर्न सकिन्न ।

पहिले उजाड मरुभूमि भनेर चिनिने, पूर्वाधारका कुनै संरचना नभएको भूमि सिंगापुर साँच्चै शून्यबाट सुरु भई हाल आएर विश्वभर नै उदाहरणीय पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात बन्न पुगेको छ । नेपालको सन्दर्भमा हेर्दा हामीसँग सिंगापुरको जस्तै विकास गर्न अपार सम्भावनाहरु छन् । हामीसँग रहेका हिमालय, हरिया वनपाखा, झरना, खोलानाला, विविध सांस्कृतिक विशेषतायुक्त जातजाति आदि पर्यटन विकासको बलिया आधार हुन् । मात्र हाम्रा नीति निर्माणकर्ता नेतृत्वसँग इच्छाशक्तिको कमी र हरेक क्षेत्रमा राजनीतिको गलत अभ्यासले जरा गाड्नु नै नराम्रा पक्ष हुन् । नेताले देखेको सिंगापुररुपी नेपाल साँच्चै असम्भव भने होइन तर नेताहरुको कार्यशैली र आफूलाई मात्र फाइदा हुने काममा झुकाव देख्दा हामीलाई उनीहरुका भाषण मजाकजस्तो लाग्नु स्वाभाविक नै हो ।

देश संघीयतामा गएसँगै हरेक स्थानीय, प्रदेश र संघीय सरकार आफ्नो क्षेत्र अनुकूलका नीति नियम बनाउन अधिकार प्राप्त गरे पनि लामो समय त्यसै खेर फालेका छन् । सानो कामका लागि पनि संघीय सरकारमै धाउनुपर्ने अवस्था विद्यमान छ । यहाँका प्रशासक, राजनीतिक दलका नेता, सरकार चलाउनेहरुमा वास्तविक त्याग र प्रतिबद्धता देखिएन । त्यसैले नेताहरुले मुलुकलाई सिंगापुर, स्विटजरल्याण्ड बनाउने भाषण विगतका निर्वाचनमा गर्दै आए पनि कम्तीमा यो निर्वाचनमा त्यस्ता भाषण नगर्नु नै उत्तम हुने छ ।
 


प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
‘स्वर्णिम’ अर्थमन्त्रीको प्रतीक्षा
‘स्वर्णिम’ अर्थमन्त्रीको प्रतीक्षा बिहीबार, चैत ५, २०८२
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग बुधबार, चैत ४, २०८२
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व सोमबार, चैत २, २०८२
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय आइतबार, चैत १, २०८२
बोध प्राप्तिको माध्यम ध्यान साधना 
बोध प्राप्तिको माध्यम ध्यान साधना  शुक्रबार, फागुन २९, २०८२
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव बिहीबार, फागुन २८, २०८२
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP