Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस
चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ७, २०८२
धर्मेन्द्र झा/रासस

राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७) का दिन आजभन्दा ६५ वर्ष पहिला अर्थात् २०१८ सालमा राष्ट्रिय समाचार समिति (रासस)को स्थापना भएको हो । यसर्थ राष्ट्रिय प्रजातन्त्र दिवस र राससको स्थापना दिवस दुवै खास महत्त्वका छन् । प्रजातन्त्र दिवस र राससको वार्षिकोत्सव नेपालको लोकतान्त्रिक यात्रा र सूचना प्रणालीको विकासलाई एकैसाथ सम्झने अवसरका रूपमा लिन सकिन्छ । प्रजातन्त्रले नागरिकलाई अधिकार दिएको छभने राससजस्ता विश्वसनीय सञ्चारमाध्यमले ती अधिकारको प्रयोगलाई सार्थक बनाएका छन् ।

राष्ट्रिय संवाद समिति र सगरमाथा संवाद समितिलाई गाभेर स्थापना भएको राससले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विविध सेवामार्फत समाचारसँग सम्बन्धित सामग्री आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको छ । स्थापनाकालदेखि आजपर्यन्त राससले समयको पदचापलाई पछ्याउँदै आवश्यकतानुसार विविध प्रकारका सेवा उपलब्ध गराएर जनताको सुसूचित हुन पाउने हकको प्रत्याभूतिका सन्दर्भमा तल्लीन रहँदै आएको सबैका सामु स्पष्ट छ ।  

साढे छ दशक लामो यात्राको थालनी गर्दा राससले स्वदेश तथा विदेशका निष्पक्ष, तथ्यपरक र विश्वसनीय समाचार सङ्कलन र सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउने ध्येय राखेको थियो । नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय समाचार एवम् तस्बिर हुँदै यसले पछिल्ला समयमा विचार सेवाका साथै श्रव्य र श्रव्यदृश्य समाचार सामग्री आफ्ना ग्राहक अर्थात् पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनलगायत आमसञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको छ ।

प्रारम्भमा उपयोगमा ल्याएको टाइपराइटर, लिथो, फ्याक्स र टेलिप्रिन्टरबाट सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनसँगै वर्तमानमा राससले आफूलाई परिमार्जन गर्दै कम्प्युटर, इन्टरनेट, एफटिपी हुँदै हाल आफ्नो सेवा ‘न्यूजलाइन’मार्फत निरन्तर प्रवाह गर्दै आएको छ ।  वास्तवमा सञ्चार र आमसञ्चारमाध्यमको विकासक्रम तत्कालीन समयको मागअनुसार परिमार्जित र परिस्कृत हुँदै गएको छ । आमसञ्चारमाध्यमका उपभोक्ता पाठक, श्रोता र दर्शकको चाहनाअनुसार विषयवस्तु, माध्यम र सम्प्रेषणको तौरतरिकामा पनि परिवर्तन र परिष्कृत हुँदै गएको यथार्थ हामीबाट छिपेको छैन । परेवा हुँदै इन्टरनेटसम्म (पिजन टू इन्टनेट) को यो यात्राको विकासक्रमले यही कुराको पुष्टि गरेको छ । 

Hardik health

समयको गतिअनुसार सेवाको विविधीकरण र विस्तारमा जोड दिँदै आएको राससले प्रविधिको प्रयोगसँगै सेवालाई २४ सै घण्टा विस्तार गरेर नेपाली पत्रकारितामा ‘डेडलाइन’को परम्परागत मान्यतामा परिवर्तन गर्ने प्रयत्न गरेको छ । राससले नेपाली पत्रकारितामा अब डेडलाइन हुँदैन भन्ने मान्यता स्थापित गर्न सफलता प्राप्त गरेको छ भन्न पाउनु हाम्रा लागि सन्तोषको विषय हो । यसै सन्दर्भमा राससले मातृभाषामा समाचार प्रवाह गरेर समाचार सेवाको विविधीकरण र राष्ट्रिय भाषाको संवर्द्धनमा योगदान दिएको छ ।

पछिल्लो समयमा समावशी अवधारणालाई कार्यान्वयन गरी राससलाई वास्तविक अर्थमा राष्ट्रिय स्वरुप प्रदान गर्ने प्रयासका सन्दर्भमा अवधि, नेपाल भाषा र मैथिली भाषाका समाचार बुलेटिन प्रकाशन गरिरहेको रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै अन्य भाषामा समेत यस्ता बुलेटिन प्रकाशनको प्रयत्नमा जुटेको छ ।   आफूलाई २१औँ शताब्दी अनुकूलको अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी समाचार एजेन्सीका रूपमा विकसित गर्न रासस सेवा विविधीकरण र भौतिक पूर्वाधार विकासका साथै नवप्रवर्तन प्रवर्द्र्धनका दिशामा लागिपरेको छ । मिडिया सङ्ग्रहालयको स्थापना, स्टुडियो एवम् आधुनिक समाचार कक्षको विकास एवम् विस्तार, रासस शैली पुस्तकलगायत विविध पुस्तक प्रकाशन, २०१८ सालदेखिका राससका समाचार बुलेटिन सहज रूपमा हेर्न, पढ्न र अध्ययन गर्न सजिलो हुने गरी खुला बुलेटिन कक्ष स्थापना, बर्सेनि फोटो प्रदर्शनी राससको बहुआयामिक पक्षको सुदृढीकरणका केही झलक हुन् । 

राससले देशमा समग्र पत्रकारिताको प्रवर्द्धनमा बल पुर्‍याउने उद्देश्यले भरतपुरमा रासस अत्याधुनिक तालिम केन्द्रको स्थापनाका दिशामा पनि सक्रिय रहँदै आएको छ । निर्माणको अन्तिम चरणमा रहेको यो केन्द्रको उपस्थितिमा भविष्यमा पत्रकारिताको प्राज्ञिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । यतिमात्र होइन, रासस प्रदेश सरकारहरूको सहकार्य र समन्वयमा प्रदेशमा रहेका आफ्ना भौतिक संरचनाको विकास गरी प्रादेशिकस्तरमा समेत पत्रकारिता विकास तथा अनुसन्धान केन्द्रको स्थापनाका दिशामा सक्रिय रहँदै आएको जानकारी गराउन पाउनु हाम्रा लागि निश्चय पनि गौरवको विषय हो । यस्तै, राससले पछिल्लो समयमा विभिन्न स्थानमा रहेका आफ्ना भौतिक संरचनालगायत सम्पत्तिको संरक्षण र व्यवस्थापन गरेर अधिकतम् लाभ प्राप्तिको रणनीति तय गरेको छ । 

आफ्नो ६५औँ वार्षिकोत्सवको सन्दर्भ तथा १५औँ विश्व रेडियो दिवसका अवसरमा राससले यही फागुन १ गते शुक्रबारदेखि आफ्नो नवीनतम् सेवा ‘पोडकास्ट’ तर्फको पाइला चालेको छ । सूचना प्रविधि, इन्टरनेट र डिजिटल युगको उपलब्धिका रूपमा रहेको आधुनिक समयमा कुनै पनि सञ्चारमाध्यम ‘पोडकाष्ट’जस्ता नयाँ माध्यमको प्रभावबाट मुक्त हुन नसक्ने यथार्थलाई ध्यानमा राखेर राससले यस्तो प्रयास गरेको हो । परीक्षणका रूपमा ‘रासस संवाद’ पोडकाष्टको शुभारम्भ राससद्वारा समाचार सेवालाई युगानुकूल बनाउने र समयको माग सम्बोधन गर्ने महत्त्वपूर्ण यात्रारम्भ हो । सँगसँगै रासस सेवा विविधीकरणतर्फको यो एउटा थप र महत्त्वपूर्ण कदम पनि हो । 

यससँगै अन्तरराष्ट्रिय समाचार समितिहरूसँगको सहकार्यबाट अनुभवको लाभ लिएर राससलाई युगानुकूल, प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै अघि बढ्नुपर्ने आजको खाँचो र हाम्रो साझा धर्म र दायित्व हो । राससको अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा केही पहल र प्रयास भएका छन् । अन्तरराष्ट्रिय मञ्चहरूमा राससको उपस्थिति देखिन थालेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वासँगको सम्झौता थप परिमार्जन भएको छ भने कतार न्यूज (क्युएनए) सँग नयाँ सम्झौता गरिएको छ । यद्यपि, समग्रमा यी सबै प्रयासहरू हुन्, पर्याप्त होइनन् । यहाँका पत्रकार र कर्मचारीको मनोबल बढाउन र वृत्तिविकासका लागि भएका प्रयास तथा गरिएका कामले नै राससका उपलब्धिलाई अझ बलियो, सङ्गठित र सुदृढ बनाउने हाम्रो विश्वास छ । यसतर्फ भएका कामलाई आगामी दिनमा अझ ठोस, वैज्ञानिक र व्यवस्थित बनाउनेतर्फ व्यवस्थापनले भविष्यमा अझै ध्यान दिने नै छ । 

वास्तवमा २०१८ फागुन ७ देखि राससको समाचार सेवाको यात्रा केवल यात्रा मात्र नभएर सत्यतथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण गरेर मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र समग्र रूपान्तरणको माध्यम हुनु पनि हो । समयको मागअनुरुपको गुणस्तरीय सेवा थप्दै यसलाई समयानुकूल बनाउनु र सूचना प्रविधिसँगै तीव्र रूपमा थपिएका नयाँ नयाँ माध्यम र आम सञ्चारमाध्यमको बीचमा आफूलाई गर्विलो सेवाप्रदायक समाचार समितिका रूपमा उभ्याउनु आजको आवश्यकता हो । रासस हाल मिथ्या सूचनाको बाढी रोक्नुपर्ने दबाबमा छ । यसप्रति पनि रासस सचेत रहँदै आएको छ । यद्यपि, रासससामु थुप्रै चुनौती छन्, समस्याहरू छन् र अप्ठयारा पनि छन् । परन्तु संस्थासँग योग्य, क्षमतावान, अनुभवी, लगनशील र समर्पित जनशक्ति पनि छन्, जसको सत्प्रयासका कारण जस्तोसुकै चुनौतीको सामाना गर्न पनि रासस सक्षम हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गरेर अगाडि बढ्ने हाम्रो प्रणले निश्चय पनि सकारात्मक दिशा प्राप्त हुनेछ । 

आमसञ्चारमाध्यमको मागअनुरुप विविध समाचार सेवा थप्दै आजको बदलिदो परिवेशमा अपरिहार्य बन्दै गएको समाचार समितिको औचित्य पुष्टि गर्न सीमित स्रोतसाधनका बाबजुद क्रियाशील हुन जरुरी छ भन्ने मलाई लाग्दछ । ६५ वर्षको यो यात्रा आगामी दिनमा राससलाई सबल र अन्तरराष्ट्रियस्तरको सुदृढ समाचार समिति बन्ने लक्ष्यसहितको सत्प्रयास हो भन्न सकिन्छ ।  प्रजातन्त्र दिवस तथा राससको वार्षिकोत्सवको यस घडीमा लोकतन्त्रलाई सुदृढ बनाउन सूचना प्रणालीलाई बलियो बनाउनु, जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्नु र सत्यमा आधारित सार्वजनिक संवादलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकतालाई पूरा गर्न सबैले साझा प्रण गर्नुपर्ने हुन्छ ।

(लेखक राससका कार्यकारी अध्यक्ष हुन् )


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP