Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • युवा निर्णायक भएको निर्वाचन
युवा निर्णायक भएको निर्वाचन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ११, २०८२
शीतलप्रसाद महतो

 

पछिल्लो समय मुलुकमा देखिएका युवा केन्द्रित आन्दोलनहरू, स्वतःस्फूर्त प्रदर्शन र सामाजिक सञ्जालमा उठेका बहसहरूले एक नयाँ राजनीतिक ऊर्जा सिर्जना गरेका छन् । तर यो ऊर्जा संस्थागत राजनीतिमा रूपान्तरण हुन सकेको छैन । राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्रको अभाव पनि हो । युवा नेताहरू दलभित्रै निर्णायक तहमा पुग्न नसक्दा, सक्षम युवा राजनीतिको बाहिर धकेलिएका छन् । यसले युवामा ‘दलभित्र छिरेर परिवर्तन सम्भव छैन’ भन्ने सोच बलियो बनाएको छ । त्यसैले आसन्न निर्वाचनमा राजनीतिक दलहरूको सबैभन्दा ठूलो परीक्षा युवालाई विश्वस्त पार्नु हो । 

कुनै पनि मुलुकको युवाशक्ति त्यहाँको दिगो आर्थिक विकास र समृद्धिका लागि मेरुदण्ड मानिन्छ । युवा भन्नेबित्तिकै विद्यमान चुनौतीलाई सहजै बहन गर्न सक्ने आँट, जोस, जाँगर, साहस, क्षमता, धैर्यता, सिर्जनशीलता र उच्च आत्मविश्वासका साथ जिम्मेवार भएर मुलुक निर्माणका लागि योगदान दिइरहेको जनशक्तिको छवि आउँछ । जल्दोबल्दो ऊर्जा, सौर्य र शक्तिको प्रतीकका रुपमा रहेका युवा शक्तिसँग समाज र मुलुकको रूपान्तरण गर्न सक्ने क्षमता हुन्छ । तर नेपालका युवा शक्ति राजनीतिक अस्थिरता, रोजगारीका क्षेत्रहरुको सीमितता तथा गुणस्तरीय, सीपमूलक र आत्मनिर्भरमुखी शिक्षाका कमिका कारण अति पीडित छन् । फलस्वरुप समसामयिक राजनीति गहिरो पुनर्संरचनाको चरणमा प्रवेश गरिरहेको संकेत पछिल्ला महिनाहरूमा स्पष्ट देखिन्छ ।

सडक आन्दोलन, सामाजिक सञ्जालमा व्यापक बहस र राज्यप्रतिको खुला असन्तुष्टिले वर्तमान राजनीतिक संरचनामाथि गम्भीर प्रश्न उठेका छन् । विगत चार दशकदेखिको चरम दुःख र यो मुलुकको दिशाहीनतालाई चिर्न जेन-जीले गरेको विद्रोहलाई अहिले चुनावमार्फत सम्बोधन गर्न खोजिँदै छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा युवापुस्ताको भूमिका राजनीतिक बहसको केन्द्रमा छ ।

Hardik health

मुलुकको राजनीतिक दलका लागि सबैभन्दा ठूलो चुनौती नै युवालाई विश्वस्त पार्नु हो । विगतका निर्वाचनमा युवाको सहभागिता अपेक्षाकृत कम रहेको तथ्य स्मरणीय छ । ‘सबै दल उस्तै’ भन्ने निराशाजन्य सोचका कारण धेरै युवा मतदाता निर्वाचन प्रक्रियाबाट टाढा रहेका थिए । तर गत भदौ २३ र २४ को जेन-जी आन्दोलनले देखाएको चेतना र सक्रियताले अहिले यो धारणामा परिवर्तन हुँदै गएको देखिन्छ । यो आन्दोलनले युवाले अब मौन बस्ने होइन, निर्णय प्रक्रियामा हस्तक्षेप गर्ने संकेत दिएका छन् । फलस्वरुप पछिल्लो समय राजनीतिको गति र प्रक्रियामा युवा वर्ग निर्णायक भएका देखिएका छन् । युवाले के चाहन्छन् भन्ने चर्चाविना कुनै पनि बहसले पूर्णता नपाउने स्थिति उत्पन्न भएको छ ।

राजनीतिमा युवाको संलग्नता बढ्नुपर्छ भन्ने आवाज बलियो बन्दै गएको कारण यसअघि दलीय राजनीतिबाट टाढा रहेको ठूलो समूह राजनीतिको केन्द्रमा आइपुगेका छन् । त्यसको प्रभाव दलहरूले दिएको उम्मेदवारीमासमेत परेको छ । उनीहरूले युवा उम्मेदवारलाई प्राथमिकता दिएको पनि देखिन्छ । तर पनि, युवा उमेर समूहको जनसंख्या र उम्मेदवारबीच सन्तुलन कायम हुन सकेको छैन ।

नेपाल सरकारले १६ देखि ४० वर्ष र संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्षको जनशक्तिलाई युवा मानेको छ । २०६८ सालको जनगणनाअनुसार नेपालमा कूल जनसंख्याको ४०.३५ प्रतिशत रहेको युवाको हिस्सा २०७८ सालमा बढेर ४२.५६ प्रतिशत पुगेको हो । राष्ट्रिय निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कूल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ कायम भएको छ । मतदाताको संख्यामा पनि युवाकै बाहुल्यता देखिन्छ । कूल मतदातामध्ये १८ देखि ४० वर्ष उमेर समूहका मतदाता ५२ प्रतिशत छन् । यद्यपि, युवा १६ वर्षदेखि मानिए पनि संविधानले १८ वर्ष पुगेकालाई मात्र मतदान अधिकार दिएको छ । परिवर्तन र विकासका संवाहक, उन्नतिको आधारशिला तथा मुलुकको दिगो विकास र समृद्धिका प्रमुख स्रोत र साधनसमेत रहेका युवा मतदाताको प्रभावलाई अस्वीकार गर्न सकिँदैन ।

यस वर्षको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार ४०६ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये १८ देखि ४० वर्ष उमेर समूहका उम्मेदवार ३१ प्रतिशतमात्र रहेका छन् । त्यस्तै निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ३६ देखि ५० वर्षको वर्चस्व देखिन्छ । कूल उम्मेदवारमध्ये ४६.२१ प्रतिशत यो उमेर समूहका छन् । त्यस्तै २५ देखि ३५ वर्ष समूहका १६.७३ प्रतिशत, ५१ देखि ६५ वर्ष उमेर समूहका ३१.२९ प्रतिशत र ६५ वर्षभन्दा माथिका ५.७७ प्रतिशत उम्मेदवार छन् ।

जेन-जी आन्दोलनपछि विशेषगरी २५ देखि ३५ वर्ष उमेर समूहका युवा उम्मेदवारको संख्या बढ्ने अपेक्षा गरिएको थियो । तर, त्यस्तो देखिएन । यसबाट प्रमुख राजनीतिक दलहरूमा राजनीतिक स्थान बनाइसकेका नेताहरूले नै उम्मेदवार बन्नका लागि अवसर पाएको देखिन्छ । दलहरूले नयाँ पुस्तालाई उम्मेदवार बनाउन र नयाँ पुस्ता स्वयंले पनि आफैं उम्मेदवार बन्नका लागि पहल नलिएको पनि देखिन्छ ।

समग्रमा, २५ देखि ५० वर्ष उमेर समूहका उम्मेदवारको संख्या करिब ६३ प्रतिशत रहेको छ । यो तथ्यांकलाई उत्साहजनक मानिए पनि तल्लो उमेर समूहको उम्मेदवारी भने खासै हुन सकेको छैन । जेन-जी आन्दोलनको मुख्य मागमध्ये राजनीतिमा पुस्तान्तरण पनि एक थियो । त्यसैले दलहरूले कुन-कुन उमेर समूहका उम्मेदवार उठाए भन्ने सबैको चासोको विषय हो । तर उम्मेदवारको सूची हेर्दा भने पाका उमेरकै उम्मेदवारको बाहुल्य भएको देखिन्छ । विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जस्ता मुख्य दलहरूले टिकट वितरण गर्दा पाका उमेरका उम्मेदवारलाई नै प्राथमिकता दिएको निर्वाचन आयोगको तथ्यांकले पुष्टि हुन्छ ।

कांग्रेस, एमाले र नेकपामा ४० वर्षमुनिका उम्मेदवारको उपस्थिति अत्यन्त न्यून रहेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ४० वर्षमुनिका सात जनालाई मात्रै चुनावी मैदानमा उम्मेदवार बनाएको छ । कांग्रेसबाट उम्मेदवार बनेकामध्ये सबैभन्दा कान्छो ३२ वर्षीय योगेश गौचन थकाली छन् । उनले मुस्ताङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । त्यस्तै, काठमाडौं-४ बाट ३३ वर्षीय सचिन तिमल्सेनाले उम्मेदवारी दिएका छन् । कांग्रेसका १६५ उम्मेदवारमध्ये झण्डै एकतिहाइ अर्थात् ५५ जना उम्मेदवार ६० वर्षभन्दा बढी उमेर समूहका छन् । कांग्रेसबाट सबैभन्दा पाका उम्मेदवार ७७ वर्षीय टेकप्रसाद गुरुङ छन् । उनले चितवन-३ बाट उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार कांग्रेसमा ४० देखि ५० वर्ष उमेर समूहका उम्मेदवार ३२ जना रहेका छन् भने ५० देखि ६० वर्ष उमेर समूहका ७१ जना उम्मेदवार रहेका छन् । यसैगरी नेकपा एमालेको अवस्था पनि करिब त्यस्तै रहेको देखिन्छ । एमालेका १६४ उम्मेदवारमध्ये करिब ३३ प्रतिशत अर्थात् ५४ जना ६० वर्षभन्दा माथि उमेर समूहका छन् । एमालेका उम्मेदवारमध्ये सबैभन्दा जेठो उमेरका उम्मेदवार ७८ वर्षीय जालिम मियाँ मन्सुरीले पर्सा-४ बाट उम्मेदवारी दिएका छन् । एमालेमा २७ वर्षीय अमनिशकुमार यादव सबैभन्दा कान्छो उम्मेदवार छन् । उनी सर्लाही-४ बाट उम्मेदवारी दिएका छन् । एमालेको उम्मेदवारी सूचीमा ४० वर्षमुनिका १२ जनामात्रै छन् । त्यस्तै ४० देखि ५० वर्ष उमेर समूहका उम्मेदवार ३२ जना र ५० देखि ६० वर्ष उमेर समूहका उम्मेदवार ६६ जना रहेका छन् ।

यस्तै, नेकपाका १६४ उम्मेदवारमध्ये ४० वर्षमुनिका १३ जनामात्र छन् । सो पार्टीका सबैभन्दा कान्छो उम्मेदवार २७ वर्षीय अजय कुशवाहा बारा-४ बाट उम्मेदवारी दिएका छन् । बाँकी उम्मेदवार ४० वर्षभन्दा माथि उमेर समूहका छन् । नेकपामा ३९ जना उम्मेदवार ६० वर्ष नाघेका छन् । तीमध्ये सर्लाही-२ बाट ८८ वर्षीय महिन्द्रराय यादव सबैभन्दा पाका उम्मेदवार छन् ।
त्यस्तै जसपा नेपालका ९४ उम्मेदवारमध्ये ११ जना ४० वर्षमुनिका छन् भने ४० देखि ५० वर्ष उमेर समूहका ३९ जना र ५० देखि ६० वर्ष उमेर समूहका २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसपामा १७ जना उम्मेदवार ६० वर्षभन्दा माथि उमेर समूहका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका नयाँ राजनीतिक दलले युवालाई उल्लेख्य स्थान दिएको छ । रास्वपाका १६३ उम्मेदवारमध्ये झण्डै ४० प्रतिशत अर्थात् ६५ जना उम्मेदवार ४० वर्षमुनिका छन् । तीमध्ये १२ जना उम्मेदवार ३० वर्षभन्दा मुनिका छन् भने ५३ जना ३० देखि ४० वर्ष उमेर समूहका छन् । निर्वाचन आयोगका अनुसार रास्वपाका ५० जना उम्मेदवार ४० देखि ५० वर्ष उमेर समूहका छन् छन् । त्यस्तै ४६ जना उम्मेदवार ५० देखि ६० वर्ष उमेर समूहका छन् । रास्वपामा ६० वर्षमाथि तीन जनामात्रै उम्मेदवार छन् ।

यस्तै उज्यालो नेपाल पार्टीका कूल १०५ उम्मेदवारमध्ये ४० जना ४० वर्षभन्दा कम उमेर समूहका छन् । निर्वाचन आयोगका अनुसार उज्यालो नेपालमा २९ जना उम्मेदवार ४० देखि ५० वर्ष उमेर समूहका छन् भने ५० देखि ६० वर्ष उमेर समूहका २७ जना उम्मेदवार छन् । यो पार्टीका नौ जना उम्मेदवारमात्रै ६० वर्षमाथिका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका कूल १०९ उम्मेदवारमध्ये ३५ जना ४० वर्षभन्दा कम उमेरका छन् । सो पार्टीबाट सबैभन्दा कान्छो उम्मेदवार २६ वर्षीय पंकजकुमार ठाकुरले सिरहा-४ बाट उम्मेदवारी दिएका छन् । सो पार्टीमा छ जनामात्रै ६० वर्षमाथिका उम्मेदवार छन् । बर्दिया-२ बाट उम्मेदवारी दिएका ७४ वर्षीय मानबहादुर वैराग सो पार्टीका सबैभन्दा ज्येष्ठ उम्मेदवार छन् ।

वास्तवमा युवाको सक्रियता लोकतन्त्रका लागि सकारात्मक संकेत हो । निर्वाचनलाई केबल सत्ता हस्तान्तरणको प्रक्रियामात्र नभई युवाको बदलिँदो राजनीतिक चेतना पनि हो । विगतमा राजनीतिक उदासीनताको आरोप खेप्दै आएको युवा वर्ग आज नीति, नेतृत्व र प्रणालीमाथि प्रश्न उठाउन अग्रपंक्तिमा देखिन थालेका छन् । यही परिवर्तन आसन्न प्रतिनिधिसभा निर्वाचनको सबैभन्दा निर्णायक तत्व बन्ने संकेत गरेको हो ।

आसन्न निर्वाचनको अर्को महŒवपूर्ण पक्ष डिजिटल राजनीति पनि हो । नेपालमा इन्टरनेट पहुँच ७० प्रतिशतभन्दा बढी पुगेको छ भने सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये बहुसंख्यक युवा नै छन् । टिकटक, फेसबुक, युट्युब र एक्स (ट्विटर) अब केवल मनोरञ्जनका माध्यम होइनन्, राजनीतिक विमर्शका मुख्य प्लेटफर्म पनि बनेका छन् । यसले परम्परागत चुनावी अभियानको स्वरूप नै परिवर्तन गरिदिएको छ । ठूला सभा, पोस्टर र नाराभन्दा छोटा भिडियो, तथ्यको जाँच, विगतको अभिलेख र सार्वजनिक बहस प्रभावकारी बन्दै गएका छन् ।

जेन-जी मतदाताले उम्मेदवारको इतिहास, व्यवहार र विश्वसनीयतालाई ‘डिजिटल’ माध्यमबाट सजिलै मूल्यांकन गरिरहेका छन् । यसले चुनावी राजनीतिमा पारदर्शिता बढाएको छ, तर दलहरूका लागि चुनौती पनि थपेको छ । अहिले नेतृत्वमा उदाउन खोज्नेले युवा पुस्ताको सपनालाई आर्थिक दृष्टिकोणबाट सम्बोधन गर्न सक्नुपर्छ । त्यो भनेको यो मुलुकमा उत्पादन बढाउनुपर्छ । ठूलठूला उद्योगको स्थापनाका लागि सरकार र राजनीतिक नेतृत्वले उत्प्रेरणात्मक, निश्चर्यतात्मक र अभिभावकीय भूमिका खेलिनुपर्नेमा त्यसो हुन सकेको छैन । युवा शक्ति नै राष्ट्रको आधारस्तम्भ भएकाले यो शक्तिलाई सही दिशामा सदुपयोग गरेमामात्र युवा पलायन रोकी मुलुकलाई समृद्धितर्फ डो¥याउन सकिन्छ । यसका साथै समृद्धिमैत्री आधुनिक प्रविधिसँग आत्मसात् गर्ने नौलो सीप तथा दक्षतामा रमाउन चाहने युवालाई आर्थिक विकासको मेरुदण्डका रुपमा समाहित गर्नुपर्ने आजको आवश्यकता छ ।

हुन त प्रत्येक सरकारले मुलुकको आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणको अभिभारा युवाको काँधमा सुम्पिएको भनिए पनि उनीहरूको समस्याप्रति चासो दिएको छैन । युवाहरू अनेकथरी समस्याको चक्रव्यूहमा फसेका देखिन्छन् । श्रम स्वीकृति लिने नेपालीको संख्या वार्षिक सात÷आठ लाखको हाराहारीमा रहेको तथ्यांक छ । तीमध्ये ठूलो हिस्सा १८-३५ वर्ष उमेर समूहका युवा हुन् । सरकारी सेवामा सीमित पहुँच हुँदा तथा निजी क्षेत्रमा स्थायित्व र तलबको ‘ग्यारेण्टी’ नहुँदा पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन । बेरोजगार भएपछि अधिकांशले विदेशतर्फको बाटोमा लम्किन्छन् । प्रत्येक दिन दुई हजार युवा वैदेशिक रोजगारीका लागि बाहिरिन्छन् भने कतिपय युवा उच्च शिक्षका लागि विदेश गई उतै पलायन भइरहेका छन् । युवामैत्री लगानीको अभाव र लैंिगक, क्षेत्रीय, जातीय असमानताका कारण युवाहरू पलायन हुन बाध्य भएका छन् ।

यसरी रोजगारीका लागि विदेसिन बाध्य हुनु भनेको आर्थिक पलायनका लागिमात्र होइन, राजनीतिक अविश्वासको मौन जनमत पनि हो । चुनावका बेला ‘देशमै अवसर सिर्जना’ भन्ने नारा दोहोरिए पनि व्यवहारमा युवाले त्यसको प्रत्याभूति गर्न पाएका छैनन् । विदेशमा रहेका लाखौं युवाले मतदान गर्न पाउने व्यवस्था नहुनु पनि लोकतान्त्रिक प्रतिनिधित्वको गम्भीर कमजोरी पनि हो । यदि उनीहरूको मत समावेश हुन सकेको भए, निर्वाचन परिणाम र राजनीतिक सन्तुलनमा ठूलो प्रभाव पर्न सक्थ्यो होला ।

युवाको विकासका लागि बनाइएको नीति प्रभावकारी रूपले कार्यान्वयन गरी युवाका समस्या सम्बोधन र अवस्थामा सुधार ल्याउनेतर्फ राज्यको ध्यान नपुग्दा पिछडिएको वर्ग र क्षेत्रका युवाको राज्यका केन्द्रीय निकायमा प्रतिनिधित्वसमेत न्यून छ । श्रमबाट मात्रै समृद्धि आउने हुँदा मुलुकको उन्नतिका लागि श्रम गर्न सक्ने सबैभन्दा बढी क्षमता र सम्भावना भएका युवाको उचित परिचालन हुनुपर्छ । तर त्यो हुन सकेको छैन । सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासका माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्न युवाको भूमिका र उनीहरूमा अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउने लक्ष्यका साथ यो नीति कार्यान्वयनमा ल्याइएको हो । यसरी जेन-जी पुस्ताको असन्तुष्टि भावनात्मकभन्दा पनि संरचनागत देखिन्छ । बेरोजगारी यसको प्रमुख कारण हो ।

पछिल्लो समय मुलुकमा देखिएका युवा केन्द्रित आन्दोलनहरू, स्वतःस्फूर्त प्रदर्शन र सामाजिक सञ्जालमा उठेका बहसहरूले एक नयाँ राजनीतिक ऊर्जा सिर्जना गरेका छन् । तर यो ऊर्जा संस्थागत राजनीतिमा रूपान्तरण हुन सकेको छैन । राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्रको अभाव पनि हो । युवा नेताहरू दलभित्रै निर्णायक तहमा पुग्न नसक्दा, सक्षम युवा राजनीतिको बाहिर धकेलिएका छन् । यसले युवामा ‘दलभित्र छिरेर परिवर्तन सम्भव छैन’ भन्ने सोच बलियो बनाएको छ । त्यसैले आसन्न निर्वाचनमा राजनीतिक दलहरूको सबैभन्दा ठूलो परीक्षा युवालाई विश्वस्त पार्नु हो । घोषणापत्रमा रोजगारी, सुशासन, डिजिटल अर्थतन्त्र र शिक्षा सुधार समावेश गर्नुमात्र पर्याप्त हुँदैन । युवाले अब ‘के गर्ने’ भन्दा ‘कसरी र कहिले’ भन्ने प्रश्न सोधिरहेका छन् । पछिल्ला निर्वाचनमा देखिएको स्वतन्त्र र वैकल्पिक उम्मेदवारप्रतिको आकर्षण पनि यही असन्तुष्टिको परिणाम हो ।

यसपटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा फरक हुन सक्ने संकेत देखिन थालेका छन् । युवा मतदाता जात, क्षेत्र वा पार्टी पहिचानभन्दा नीति, चरित्र र कार्यसम्पादनका आधारमा मतदान गर्न इच्छुक देखिन्छन् । यसलाई ‘समस्या केन्द्रित मतदान’को प्रारम्भिक चरणका रूपमा बुझ्न सकिन्छ । यदि यो प्रवृत्ति संस्थागत भयो भने यसले नेपालको समावेशी लोकतन्त्रलाई सबल, सुदृढ र जनताको विश्वास आर्जनमा महत्‍वपूर्ण योग्दान पुर्‍याउन सक्छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नेपालका लागि केवल अर्को चुनाव होइन, पुस्तागत राजनीतिक संक्रमणको निर्णायक मोड हो । जेन-जीले उठाएको प्रश्न, प्रस्तुत गरेको विकल्प र देखाएको सक्रियताले आगामी राजनीतिक दिशा तय गर्ने छ । युवालाई केवल मतदाता होइन, नीति साझेदारका रूपमा स्वीकार गर्न सकेमात्र निर्वाचन लोकतन्त्र सुदृढीकरणको माध्यम बन्न सक्छ । 
 


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP