Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ३, २०८२
पदम श्रेष्ठ

 

विश्व सम्पदा सूचीमा सूचीकृत २६४ (५,५३४ रोपनी) हेक्टरको पशुपति क्षेत्रभित्र ४९२ मठमन्दिर बिहार, चैत्य रहेका पुरातत्व विभागको तथ्यांक छ । नौ ग्रह संयोजित गोपाल तथा किरातकालीन बस्ती सम्पदा हो, पशुपतिनाथ क्षेत्र । राजा वृषदेवकालीन सम्वत् १०७ महाराज जयवर्मन उल्लेखित ढुंगेमूर्ति प्राचीन शिलालेख मानिन्छ । १५०० वर्ष अगाडि राजा शिवदेव वर्माले नौ ढोका, नौ डबली, नौ अजिमा पीठ, नौ जातका नेवार, नौ चोक, नौ कुण्ड संयोजन गरी बसाइएको हुँदा नेपाल भाषामा ग्वल भनियो । राजा अंशुवर्माले देवपतनमा दरबार सारे भने ने.सं. ३७४ मा राजा जयदेव, ने.सं. ४४० मा राजा अरिदेव द्वितीय, ने.सं. ९६६ मा राजा जयप्रकाश मल्लले छोरा नरेन्द्रप्रकाश मल्ललाई यहीँ राजा घोषणा गरिएको खुल्दछ ।

हजार शिवलिंगले घेरिएको पशुपतिनाथ क्षेत्र, हिन्दूस्थान भारतका चार अखडा काँशी, जगन्नाथ, केदार, रामेश्वरम र ८४ अड्डाको शिरधाम मानिन्छ । त्यसैले विश्वभरबाट विशेषगरी शिवरात्रीका दिन पशुपतिनाथलगायत काठमाडौं उपत्यकाका शैवस्थल पुजन भ्रमण र दर्शन गर्न ठूलो संख्यामा भक्तजन आउने गर्दछन् । शिवलाई नाथ, बैरागी, सन्यासी, उदासी, अघोरी, नागा, किरात आदि थुप्रै सम्प्रदायका रुपमा पाइन्छन् । शिवरात्रीका दिन राजधानी काठमाडौंमा यी र यस्ता थुप्रै सम्प्रदायहरुको ठूलो संख्यामा पशुपतिनाथको शरणमा भेला हुने गर्दछन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत २६४ (५,५३४ रोपनी) हेक्टरको पशुपति क्षेत्रभित्र ४९२ मठमन्दिर बिहार, चैत्य रहेका पुरातत्व विभागको तथ्यांक छ । नौ ग्रह संयोजित गोपाल तथा किरातकालीन बस्ती सम्पदा हो, पशुपतिनाथ क्षेत्र । राजा वृषदेवकालीन सम्वत् १०७ महाराज जयवर्मन उल्लेखित ढुंगेमूर्ति प्राचीन शिलालेख मानिन्छ । १५०० वर्ष अगाडि राजा शिवदेव वर्माले नौ ढोका, नौ डबली, नौ अजिमा पीठ, नौ जातका नेवार, नौ चोक, नौ कुण्ड संयोजन गरी बसाइएको हुँदा नेपाल भाषामा ग्वल भनियो । राजा अंशुवर्माले देवपतनमा दरबार सारे भने ने.सं. ३७४ मा राजा जयदेव, ने.सं. ४४० मा राजा अरिदेव द्वितीय, ने.सं. ९६६ मा राजा जयप्रकाश मल्लले छोरा नरेन्द्रप्रकाश मल्ललाई यहीँ राजा घोषणा गरिएको खुल्दछ । ने.सं.८३६ मा राजा भाष्कर मल्लको राज्यकालमा काठमाडौं लाय्कू कुमारीको मृत्यु हुँदा देवपतन कुमारीलाई बसन्तपुर गद्दीमा विराजमान गराइएको इतिहास पाइन्छ । त्यसैले पशुपतिनाथलाई मातृशक्तिको पनि संरक्षित क्षेत्र मानिएको छ ।

Hardik health

यहाँ गुह्येश्वरी माताको मन्दिर पनि विराजमान गराइएको छ । त्यसैले पाशुपत भूमिलाई शिवरुपी आकाश र प्रकृतिस्वरुप गुह्येश्वरी अर्थात् प्रकृति र पुरुषको संगमस्थल पनि मानिएको छ । हिस्ट्री अफ नेपाल, क्याब्रिज युनिभर्सिटी पृष्ठ ११३ मा छ- किरात वंशको पतनपछि पाँचौं सोमवंशी राजा भाष्कर वर्माले हाल पशुपति त्रैलोक्यवंशरीबुद्ध विहारको छानामा सुन जलप लगाई सुवर्णपुरी नाम राखे । भाष्कर वर्मापछि राजा पशुप्रेक्ष्यदेवले विहारलाई पशुपतिनाथ नामाकरण गराए । प्रमाण मुखाष्टमीको दिन (कात्तिक शुक्लअष्टमी) नाथलाई बुद्ध मुकुटको छायाँ दर्शन गराइन्छ । बेलायती महारानी एलिजावेथ गाई खानेलाई मन्दिर प्रवेश रोक्न गेटमा ‘हिन्दूमात्र प्रवेश’को बोर्ड लगाए । नत्र पशुपतिनाथ शैव, बौद्ध, जैन, सिखको साझा सम्पदास्थल पनि हो ।

पशुपति देवपतनका नौ कवलमध्ये मृत्युञ्जय कवलका ११९ घर भत्काएर संस्कृतिका संवाहक नेवारहरुको विनाश गर्‍यो । फलस्वरुप यस्ता परम्परागत प्रमाण इतिहासहरु धुमिल बन्दै जान थालेको पाइन्छ । पशुपति क्षेत्रका सर्वाधिक प्राचीन इतिहास बोकेको सम्पदाको नाउँ लिनुपर्दा किरातेश्वर महादेवलाई लिने गरिन्छ । प्राचीन किरातेश्वर गौरीघाटनजिक डाँडामाथि छ ।

गोकर्ण, सुन्दरीजलः पितृ उद्धारको तीर्थस्थल
पशुपतिनाथ बौद्ध महाचैत्यस्थलदेखि पाँच किलोमिटर उत्तर खोँचमा छ, गोकर्ण । साउन सोमबार हुने वोलबम यात्राको गन्तव्यस्थल सुन्दरीजल मार्ग गोकर्ण महादेव, सूर्यमती, चन्द्रमती र बागमतीको संगम हो ।

प्रत्येक वर्ष गुंलागा औंसी (भाद्र कृष्ण) बाबुको मुख हेर्ने दिन पिता नहुने छोराछोरी पितृ तर्पण, श्राद्ध, दान गर्न पुग्छन् यहाँ । बौद्धमार्गीका १२ तीर्थमध्ये गोकर्ण तीर्थ एक रहेको हिमवत् खण्डमा छ । ‘प्राचीन पशुपति हेर्न गोकर्ण जानू’ भन्ने उखान जोडिएको तीर्थमा पितृ श्राद्ध गरी शरीर शुद्धी गरिन्छ ।

लंकापति रावणद्धारा स्थापित मानिने गोकर्णेश्वर मन्दिरमा आख्यानानुसार, किराती भेषमा श्लेषमान्तक वनमा घुम्दा स्वर्गमा महादेव हराएको हल्ला फिजिए छ । एकसिंगे मृगको रूप धारण गरी गोकर्णको जंगलमा चरिरहेको मृगलाई चिनेर ब्रह्मा, विष्णु र इन्द्रले अधीनमा राख्न खोज्दा तीन टुक्रा भएछ, विष्णुले पातलमा, इन्द्रले स्वर्गमा र ब्रह्माले गोकर्णमा स्थापनापछि ब्रह्मेश्वर भनियो ।

सुन्दरीजल र महादेव
काठमाडौंलाई पानी दिने सुन्दरीजल पिकनिकस्थल पनि हो । बौद्ध, जोरपाटी र गोकर्णहुँदै १० किलोमिटरमा पुग्ने सुन्दरीजल बसपार्कबाट जंगबहादुर राणाद्धारा ने.सं. ९५९ ताका निर्मित फलामे पाइपसँगै डाँडामाथि बनाइएको पोखरी र सुन्दरीमाई पुगिन्छ । जहाँ देवीलाई बलि दिई पुजिन्छ । फेदीको खोँचमा महादेव र झरना छेउ छ । जहाँ राष्ट्रिय स्काउट तालिम केन्द्र, बायाँतर्फ ओर्लिए विद्युत् उत्पादन तथा खानेपानी संकलन पोखरीमा पुगिन्छ ।

विश्वकै विशाल साँगा शिव मूर्ति 
१०८ फिट अग्लो बनेपा पुग्नु अगाडिको साँगा शिवको मूर्तिस्थल १०० रोपनी क्षेत्रमा फैलिएको बताइन्छ । जैन व्यक्तित्वद्धारा स्थापित साँगा महादेवस्थल प्रवेश गर्न २०० रुपैयाँ शुल्क लिने र लजलगायतका भव्य व्यवस्थापन रहेको कारण विशालकाय शिवस्थाललाई धार्मिकभन्दा मनोरञ्जनस्थलको रुपमा लिएको पाइन्छ ।

बनेपा चण्डेश्वरी ग्रन्थकुट महादेव
देवीलाई मातृशक्तिका रूपमा लिएजस्तै शिवलाई पितृशक्ति मानिएको पाइन्छ, बनेपाकी आराध्यदेवी चण्डेश्वरीमातास्थलमा । मन्दिर अगाडिको ग्रन्थकुट शिखर शैली मन्दिरले पुरूषत्वको प्रतिनिधित्व गर्दछ । १८औं शताब्दीमा निर्मित शिवलिंगलाई बनेपावासीको शुभ कार्यको थालनीमा प्रथम पूजा गरिन्छ । दुईतल्ले फल्चाले घेरिएको मन्दिरबाहिर लास जलाउने घाट, नदी र चन्दन वन छ । वनमा बूढानीलकण्ठको छ मिटर लम्बाइ र आठ मिटर चौडाइको ढुंगेमूर्ति छ ।

पनौती इन्द्रेश्वर महादेव र अन्य देवस्थल
अष्टमातृकाले घेरिएको पनौतीस्थित त्रिवेणीघाटलाई देवराज इन्द्रको पापमोचन भएको पवित्रस्थल मानिन्छ । किंवदन्तीअनुसार छलगरी देवराज इन्द्रले गौतमी ऋषिकी पत्नी अहिल्याको सतित्व हरण गरिदिएछन् । यसबाट क्रुद्ध गौतमी ऋषिले इन्द्रको जिउभरी योनी नै योनी होस् भनी श्राप दिए । श्रापबाट वीक्षिप्त इन्द्र जिउभरि योनी लिएर यसै त्रिवेणीमा स्नान गर्दा पापमुक्त भए भन्ने छ । गोपालराज वंशावलीमा बनेपाकी युवराज्ञी विरर्मादेवीले ने.सं.४१४ मा त्रिवेणीछेउ भूइँतल्ले इन्द्रेश्वरको मन्दिर निर्मित छ । ने.सं. ५२० को अभिलेख तीन तले इन्द्रेश्वरको उत्तर-पूर्वी कुनामा ऋषिको श्रापबाट शिलारुपी अहिल्या मूर्ति र पनौती संग्रहालय छन् ।

इचंगुको आदेश्वर महादेवस्थान
इचंगुबाट वनसहितको सानो डाँडामा अवस्थित आदेश्वर महादेवस्थान काठमाडौंबाट उत्तर-पश्चिममा अवस्थित छ । भूइँतल्ले मन्दिर, पाटी र पिकनिकस्थलले घेरिएको आदेश्वरस्थानमा ढुंगाको भ¥याङ उक्लिएर पुग्न सकिन्छ । बौद्धहरुका अष्ट वैतराग लोकेश्वरमध्ये एक विक्रमेश्वर मन्दिरभित्र धु्रवदेव, विष्णुगुप्तकालीन लिच्छवी संवत् ३९ र ६४ शिलालेख अस्पष्ट छ । भाद्र कृष्ण तृतीया, तीज, कृष्णाष्टमी र शिवरात्रिमा मेला लाग्दछ यहाँ । मणिकेश्वर, कीलेश्वर, कुम्भेश्वर, गोपालेश्वर, फणिकेश्वर, गन्द्येश्वर र विक्रमेश्वरलाई नेवारहरु वोधिसत्वका रूपमा लिन्छन् 

भक्तपुर दरबार र यक्षेश्वर पशुपतिनाथ
बौद्ध प्रभावलाई न्यून गरी शैव मत विस्तारमा लागेका राजा यक्ष मल्ल दिनहुँ पशुपति दर्शनार्थ पुग्थे । वर्षात्ले राजा पशुपति पुग्न नसकी निदाएछन्, सपनीमा नाथले भनेछन्, ‘अब दुःख सहेर धाइरहनुभन्दा दरबारमा नै पशुपति स्थापना गर्नू । आज्ञा मुताविक ने.सं. ५६० मा झिंगटी छाने दुईतल्ले प्यागोडाशैलीको यक्षश्वर मन्दिर बनाइयो । मन्दिर अगाडि शिखर शैलीको गुह्येश्वरी छ ।

मुलुककै सबैभन्दा ठूलो शिवलिंग- हनुमानघाट
किंवदन्तीअनुसार तव्याखुसी र चंखु खुसीको संगममा घाटमा बुद्ध, गणेश र नेपालकै विशाल दुई शिवलिंग छन् । दुईमध्ये एउटा राजा भूपतिन्द्र मल्लले ने.सं. ८३८ र अर्को रावल डम्बरलिङ जंगमद्धारा स्थापित मानिन्छ ।

महेन्द्रेश्वर महादेव र मूल चोक
देशका सबैले खाएपछिमात्र खाने राजा महेन्द्र मल्लले पिता अमर मल्लको देहान्तपछि बाजे रत्न मल्लको कीर्ति तलेजुलाई ने.सं. ६८३ मा ८१ हात अग्लो तीनतल्ले बनाए । दरबारमा मूलचोक र ने.सं.६८२ मा दुईतल्ले पेगोडाशैलीको महेन्द्रेश्वर स्थापना गराए । दिनहुँ पशुपति जाने राजा एकदिन बाढी तर्न नसकी नदीकिनारमा निदाए छन् । सपनामा नाथको आदेशअनुरूप महेन्द्रेश्वर स्थापित भएको बताइन्छ, जुन हनुमानढोका दरबार क्षेत्रमा स्थापित छ ।

सूर्यविनायक लुंचु महादेव सुवर्णेश्वरी
कथनअनुसार, सत्ययुगमा वासुकी डाँडामाथि शिलारूपी महादेवलाई तामाको पैसा चढाएपछि पुजारीले सुनको दाम पाउने गथ्र्यो रे । कुरा एक कान दुई कान मैदान हुँदै जान थालेपछि पाप मन लिएर पैसा चढाउन जाने र पुजारीलाई डर देखाएर धम्क्याइ सुनको पैसा आफैं लान थालेपछि सुनको पैसा दिन छाडे छन् । तर, नाउँ भने लुंचु अर्थात् सुनको धूलो नै रह्यो ।’ सूर्यविनायक र गुण्डुबीच २०० रोपनीमा फैलिएको दुई वासुकीडाँडा नै लुंचु महादेव हो । सुवर्णेश्वरी लुँचुँ थानको वासुकी डाँडामध्ये गणेशमान सिंह पार्क र दोस्रो डाँडो १०० वटा भ¥याङ चढेर उक्लिएपछि घण्टाकार शैलीको मन्दिरभित्र पाँच फिट अग्लो ढुंगेमूर्ति छ ।

लाजिम्पाट दयाश्वर महादेवस्थल
दुष्ट आत्मा विचरण गरी हिँड्ने ठाउँ लछिपट नै नेपाल भाषामा अपभ्रंस भई लाजिम्पाट भन्न थालिएको हो । यही दुष्ट आत्मालाई दबाउन स्थापित शिवस्थल हो, दयाश्वर महादेव । आधा रोपनीको क्षत्रफलभित्र चर्चिएको देवस्थल लिच्छविकालीन भएता पनि मल्लकालमा संरक्षित मानिन्छ । मन्दिरभित्र भजनगृह, यज्ञस्थल, सप्तर्षी, बुद्धका मूर्ति रहेका छन् भने शिवरात्रि, तीज, साउने सोमबार मेला लाग्दछ ।

टंकेश्वर महादेव
टंकेश्वर महादेव ने.सं. ८१६ मा राजा भूपतिन्द्र मल्लको राज्यकालमा निर्मित मानिन्छ । ढुंगे लिंगो पुजिने टंकेश्वरको नाम किरातकालीन टंकुबाट बनेको हो । भाष्कर मल्ल ने.सं. ८२९÷८३० र जगतजय मल्ल ने.सं. ८५२ का अभिलेखसहितको मन्दिर चुनले पोतेको पिरामिड शैलीको छ । भजनगृह, काजक्रिया र पुजारी पाटीसहित विष्णुमती नदी किनारमा ठडिएको मन्दिरमा शिवरात्री र छठको विशेष पूजा हुने गर्दछ ।

काठमाडौं जोशीदेगल न्हुघः विहार 
ढुंगाको तीनवटा गाग्रो प्रतिष्ठापित ठाउँकोे नाउँ हो न्हुँघः । मैत्रेय बुद्धप्रति समर्पित न्हुँघःबहाल लिच्छविकालीन मानिन्छ । न्हुँघः अगाडि तीन तल्ले प्यागोडा शैलीको जोशीदेगल महादेव मन्दिर ठडिएको छ । ने.सं. ८०८ मा भक्तपुरका राजा भूपतिन्द्र मल्लका शक्तिशाली मन्त्री लक्ष्मीनारायण जोशीले निर्माण गराएको जोशीदेगलकै कारण न्हुँघः विहार लुप्त अवस्थामा छ ।
 
त्रिपुरेश्वर महादेव
राजा रणबहादुर शाहकी रानी त्रिपुरासुन्दरीद्धारा निर्मित त्रिपुरेश्वर मन्दिर तीनतल्ले आकृतिमा ठडिएको छ । १३ रोपनीमा दक्षिणतर्फ कछुवाको ढाडमाथि ढुंगेस्तम्भ छ । कलात्मक फूल र त्यसमाथि स्वर्ण जलपयुक्त त्रिपुरासुन्दरीको सात टाउके नागले ओडाएको प्रतिमा खडा छ ।

ऋषेश्वर महादेव
किंवदन्तीअनुसार आत्रेय, भारद्वाज, विश्वमित्र, जमदग्नी, वशिष्ट, गौतमी र पतिब्रत सप्तर्षीहरू भाद्र शुक्ल पञ्चमीको दिन महिलाहरू तीजको ब्रत बसी पञ्चमीका दिन टेकु ऋषेश्वरसमा समापन पूजा गर्न जाने गर्दछन् ।

बमबिकटेश्वर र हनुमानघाट
ने.सं. ९८२ मा जंगबहादुरका भाइ बमबहादुरले २० रोपनीभित्र बागमती किनारमा स्थापित बमवीर विकटेश्वर भनिन्छ । जहाँ स्व. जनार्दनविक्रम राणाको सपनाअनुसार उनकै वंशज राजविक्रम राणाले राणा संग्रहालय बनाउन थालेका छन् ।

कीर्तिपुर क्वाथ उमामहेश्वर र लाय्कू
कीर्तिपुरको अग्लो मन्दिर ने.सं. ७७४ मा निर्मित मानिन्छ । देश रक्षार्थ स्थापित किल्ला, क्वाथमा मन्दिर भिंmगटीछाने काठ र माटोबाट तीनतल्ले प्यागोडा शैलीमा बनी ठडिएको छ । उपत्यकाको दृश्यावलोकन र शीतल हावा खान पुग्नसकिने देवस्थलमा तीन खण्डको भुवनमाथि माउते चढेको र त्यसमाथि दोस्रो खुड्किलोमा ढुंगाकै भैरव-भैरवी मूर्ति उभ्याउनुले भक्तपुरे कला सिर्जनाको स्मरण गराउँछ । मन्दिरभित्र उमामहेश्वर र पछाडि भगवतीको मूर्ति स्थापित हुनुले यो मन्दिर शाक्त र शैवको संयुक्त तीर्थस्थल हो ।

गोपालेश्वर महादेव
दसैं अगाडि आश्विन कृष्ण नवमीका दिन फर्पिङको हरिशंकर जात्रामा प्रमुखताका साथ पुजिने गोपालेश्वर, नेपालका प्रथम शासक गोपाली वंशजको इष्टदेवता मानिन्छ । देशको शक्ति दक्षिणकाली माहेश्वरी, कुमारी, नीलवाराही, इन्द्रायणी, नारायणी र महालक्ष्मीमध्ये दक्षिणकाली खटलाई मुख्य मानिन्छ तर जात्राको प्रारम्भ र अन्त्य गोपालेश्वरबाटै हुने परम्परा छ । भनिन्छ, गोपालेश्वरको वनभित्र वाणासुरको दरबार र इनारसहित थिए ।

लेले सरस्वती कुण्ड र चम्पकेश्वर महादेव
चार माइलमा फैलिएको लेले र टीकाभैरव उपत्यकाको बजारमा नेवार, टार क्षेत्रमा क्षेत्री ब्राह्मण, अलि डाँडामाथि पहरी र तामाङ जातिको बसोबास पाइन्छन् । लेले चम्पकेश्वर महादेवस्थल सरस्वती कूण्ड, ज्ञानकूण्डसहित दुई नदीको संगममा पिकनिकस्थल रहेको छ । श्रीपञ्चमी र चैत पूर्णिमाका दिन यहाँ मेला लाग्दछ । भनिन्छ, यहाँ १२ वर्षमा घनघोर वर्षा भई बाढीपहिरो आउने गर्दछ । लेलेमा लिच्छवी सम्वत् ५२६ मानदेवकालीन र ने.सं. ५८९ शिलालेख रहेको छ ।

सन्तानेश्वर महादेव र जाकिद्यों वजिद्यों
सन्तानेश्वरसँगैका दुई थुम्काथुम्की ‘जाकिद्यों, वजिद्यों दुई डाँडामा प्राचीनकालमा भोज गर्ने सामान पठाउँथिन् रे धर्ती माताले । लखँ देय् (पानीमाथि)को बस्तीका बासिन्दामा पाप कर्म बढ्दै जाँदा भोजमा लगेको सामान नफर्काएपछि सामान दिन छाडे छ रे । हाल डाँडाछेउ महादेवस्थलमा सन्तान नहुनेका लागि भाकल गर्ने दुईतल्ले मन्दिर छ ।
 


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP