Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १४, २०८३

काठमाडौं-  आदिवासी जनजाति चलचित्र महास‌ंघ (फिन्फी) को आयोजनामा “छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३” आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने भएको छ। विहीबार अनामनगरमा रहेकाे सिलाैटाे रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी उक्त महोत्सवकाे बारेमा जानकारी गराएकाे हाे । 

महोत्सवले आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, इतिहास, मिथक, लोकज्ञान तथा सामुदायिक स्मृतिलाई दृश्य-श्रव्य माध्यममार्फत उजागर गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।  महासंघका अनुसार महोत्सव केवल चलचित्र प्रदर्शनमा सीमित नभई सांस्कृतिक न्याय, आत्म-प्रतिनिधित्व, भाषिक पुनर्जागरण तथा आदिवासी ज्ञान-परम्पराको संरक्षणसँग जोडिएको सांस्कृतिक अभियानका रुपमा लिएकाे छ।

आयोजकका अनुसार नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी चलचित्र निर्माण भइसकेका छन्। पछिल्लो समय निर्माण भइरहेका आदिवासी चलचित्रहरूले मातृभाषा, भूमि-सम्बन्ध, पूर्वजगत, सांस्कृतिक चेतना तथा सामुदायिक अस्तित्वलाई केन्द्रमा राख्दै पृथक सिनेम्याटिक सौन्दर्य-दर्शनको विकास गरिरहेका छन्।

Ncell
Hardik health

महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई-जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ। कथानक चलचित्रतर्फ दिनेश लिङ्देन निर्देशित “रीत”, अमृतमान महर्जन निर्देशित “स्वयंगु”, जनक गुरुङ निर्देशित “डोल्स्यो रामरानी”, निमा लामा तामाङ निर्देशित “ह्याङ तामाङ” तथा अशोक आले मगर निर्देशित “दिलसरा” प्रदर्शन गरिने आयोजकले जनाएको छ।

त्यस्तै लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित “तङसिङ”, हुतबहादुर तामाङ निर्देशित “दुखला ग्यम”, बिपना तामाङ भुजेल निर्देशित “निको पहिचान” तथा विशाल रोक्का मगर निर्देशित “लाहुरेनी” समावेश छन्। वृत्तचित्रतर्फ अनिल मगर निर्देशित “आग्रे”, होमकुमारी माझी निर्देशित “लदि पुजा” तथा अरविन्द विश्वास निर्देशित एआई-जेनेरेटेड वृत्तचित्र “बिराटनगरके प्राचिन राजवंशी” प्रदर्शन गरिनेछ।

महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, निर्देशक, स्क्रिप्ट, अभिनेता, अभिनेत्री, छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। महासंघले महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको एक सशक्त उदीयमान केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै आयोजकले सञ्चारमाध्यम तथा दर्शकलाई महोत्सवको प्रचार-प्रसार र सहभागिताका लागि आग्रह गरेको छ।


प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  १४:४१
#आदिवासी_जनजाति_चलचित्र_महोत्सव #महोत्सव_२०८३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
शुक्रबार हलमा फिल्मको तात्ती, ‘पेन्सन पट्टा’लाई सर्वाधिक शो
शुक्रबार हलमा फिल्मको तात्ती, ‘पेन्सन पट्टा’लाई सर्वाधिक शो बिहीबार, भदौ २५, २०८३
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु बिहीबार, भदौ २५, २०८३
केएमसीका ३ हजार विद्यार्थीले हेरे ‘एक चिहान’
केएमसीका ३ हजार विद्यार्थीले हेरे ‘एक चिहान’ बिहीबार, भदौ २५, २०८३
सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै
सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै बिहीबार, भदौ २५, २०८३
चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसमा रक्तदान र राहत संकलन
चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसमा रक्तदान र राहत संकलन बुधबार, भदौ २४, २०८३
रसुवा बाढीपीडितलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने
रसुवा बाढीपीडितलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने बुधबार, भदौ २४, २०८३
फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा
फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा मंगलबार, भदौ २३, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP