Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • लोकतन्त्रका आधार नै युवा पुस्ता
लोकतन्त्रका आधार नै युवा पुस्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ७, २०८२
विद्यादेवी भण्डारी

 

जनताको सार्वभौमसत्ता, विधिको शासन, मानवअधिकारको संरक्षण, अभिव्यक्ति स्वतन्त्रता तथा समावेशी सहभागिताको सुनिश्चितता प्रजातान्त्रिक लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ हुन् । यी मूल्यमान्यतालाई व्यवहारमा रूपान्तरण गर्न राज्यका सबै अंग, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकबीच सहकार्य र उत्तरदायित्व आवश्यक अपरिहार्य छ । राजनीतिक दलपार्टीहरूहरूले आफूले अवलम्बन गरेका नीति, कार्यक्रम र सिद्धान्तको कार्यान्वयनबारे निरन्तर समीक्षा गर्दै समयानुकूल आफ्ना  पार्टीका नीति, कार्यक्रम तथा र  कार्यशैलीमा सुधार गर्दै लैजानुपर्छ । पार्टीभित्र स्वच्छ प्रतिस्पर्धात्मको निर्वाचनको अभ्यासका साथै, आन्तरिक बैठक छलफल गर्दा राष्ट्रिय एजेण्डालाई प्राथमिकतामा राख्न जरुरी छ । 

सर्वप्रथमतः प्रजातन्त्र दिवसको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदहरूको योगदानलाई सधैं उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ । उनीहरूको त्याग र बलिदानले नै आजको उपलब्धि सम्भव भएको हो । तसर्थ, उनीहरूको योगदानको सम्मान गर्दै लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवहारमा उतार्नु हाम्रो साझा जिम्मेवारी हो । लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमार्फत स्थायित्व, सुशासन र विकास सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो ।

नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्र हाम्रो राष्ट्रिय गौरव र ऐतिहासिक उपलब्धि हो । इतिहासलाई फर्केर हेर्ने हो भने नेपालको राष्ट्रिय एकीकरणको चरणदेखि २००७ सालको क्रान्ति होस् वा २०४६ सालको जनआन्दोलन वा २०६२÷६३ सालको जनआन्दोलन सफल हुनुमा नयाँ पुस्ताको अग्रणी भूमिका रहेको देखिन्छ । युवाहरूकै बलिदानबाट नेपाली जनताले आफूलाई राज्यसत्ताको वास्तविक स्रोतका रूपमा स्थापित गरेका हुन् । युवा ऊर्जाशील रगतको बलमा नै देशको सार्वभौमिकता, स्वाभिमान र तथा जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । जनजीविकामा सुधार आउन सक्छ । देशको आवश्यकतामा उपयोग हुने युवा शक्तिमा कदापि अराजकता र, अधैर्यता हुनु आउन हुँदैन । कसैप्रति द्वेष, घृणा र विध्वंशको भाव नराखी राष्ट्रप्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्दछ । हुँदै सार्वभौमिकता, स्वाभिमान र जनजीविकाप्रति संयम हुन आवश्यक छ । लोकतन्त्रका मुख्य आधारस्तम्भ भनेकै युवापुस्ता हुन् । नेपालको विविधता र राजनीतिक विभाजनबीच राष्ट्रिय एकता कायम राख्न सहमति र सहकार्य अपरिहार्य रहेको छ ।

Hardik health

युवापुस्तालाई विशेषरूपमा सम्बोधन गर्नु आजको आवश्यकता हो । तथापि, त्यसक्रममा ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरू तथा अन्य सबै सीमान्तीकृत समुदायका मुद्दा र सरोकारलाई बिर्सनु कदापि हुँदैन । लोकतान्त्रिक समाजमा सबै वर्ग, उमेर समूह र समुदाय एकअर्कासँग जोडिएर एउटै सामाजिक संरचनाभित्र सहअस्तित्वका साथ बाँचिरहेका हुन्छन् ।

यसकारण, राज्यका नीति, कार्यक्रम र राजनीतिक अभ्यासहरू समावेशी, न्यायपूर्ण र सन्तुलित हुनुपर्छ । कुनै एक वर्गकोमात्र सशक्तीकरणले लोकतन्त्र बलियो हुँदैन, समाजका सबै वर्ग र समुदायको समान सहभागिता, संरक्षण र सम्मान सुनिश्चित गर्न सकेमामात्र लोकतान्त्रिक प्रणाली दिगो र प्रभावकारी बन्न सक्छ । तसर्थ नेपालको विविधता र राजनीतिक विभाजनको अवस्थाबीच राष्ट्रिय एकता कायम राख्न सहमति र सहकार्य अपरिहार्य रहेको छ ।

लोकतन्त्रले नेपाली जनतालाई आफ्नो शासन आफैं गर्ने अधिकार प्रदान गरेको छ । प्रजातन्त्र लोकतन्त्र केवल शासन प्रणालीमात्र नभई जनताको अधिकार र कर्तव्यबीचको सन्तुलन हो । अधिकारको उपभोगसँगै कर्तव्यप्रति सचेत हुँदै सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई बलियो बनाउनु आजको आवश्यकता हो । लोकतान्त्रिक मूल्यमान्यता व्यवहारमा उतार्न सकेमात्र यसको प्रजातन्त्रको सार्थकता प्रमाणित हुन्छ । सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई बलियो बनाउँदै समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्नु आजको आवश्यकता हो । लोकतन्त्रलाई सफल बनाउन नागरिकको सक्रिय सहभागिता र जिम्मेवारीबोध अपरिहार्य रहेको हुन्छ । नागरिक सचेत, सूचित र सक्रिय नभएसम्म लोकतन्त्रको सार्थकता स्थापित हुन सक्दैन । त्यसैले लोकतन्त्रको रक्षा र सुदृढीकरणमा राज्य, राजनीतिक दल र नागरिक सबैको साझा दायित्व हुन्छ ।

जनताको सार्वभौमसत्ता, विधिको शासन, मानवअधिकारको संरक्षण, अभिव्यक्ति स्वतन्त्रता तथा समावेशी सहभागिताको सुनिश्चितता प्रजातान्त्रिक लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ हुन् । यी मूल्यमान्यतालाई व्यवहारमा रूपान्तरण गर्न राज्यका सबै अंग, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकबीच सहकार्य र उत्तरदायित्व आवश्यक अपरिहार्य छ । राजनीतिक दलपार्टीहरूहरूले आफूले अवलम्बन गरेका नीति, कार्यक्रम र सिद्धान्तको कार्यान्वयनबारे निरन्तर समीक्षा गर्दै समयानुकूल आफ्ना  पार्टीका नीति, कार्यक्रम तथा र  कार्यशैलीमा सुधार गर्दै लैजानुपर्छ । पार्टीभित्र स्वच्छ प्रतिस्पर्धात्मको निर्वाचनको अभ्यासका साथै, आन्तरिक बैठक छलफल गर्दा राष्ट्रिय एजेण्डालाई प्राथमिकतामा राख्न जरुरी छ । साथै, आज जलवायु परिवर्तनको प्रभावका कारण हाम्रो स्वास्थ्यदेखि पृथ्वीकै स्वास्थ्यमाथि गम्भीर संकट देखापर्न थालेकाले यस्ता विषयहरूहरूलाई पनि बहसमा बहसमा ल्याउन आवश्यक पर्ने हुन्छ ।

यस व्यवस्थालाई थप सुदृढ बनाउन राज्यका सबै अंग, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य र आपसी विश्वास आवश्यक छ । युवालाई रोजगारीको सुनिश्चितता, राज्यका सेवा प्रवाहलाई पारदर्शी, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सकिएमा लोकतन्त्र प्रजातन्त्रप्रतिको जनविश्वास र आस्था अझ बढेर जाने छ । लोकतन्त्र केवल राजनीतिक व्यवस्थामात्र नभई नागरिकको सहभागिता, पारदर्शिता, उत्तरदायित्व र सामाजिक न्यायको सुनिश्चितता गर्ने जीवनशैली पनि हो । हामीले लोकतन्त्रलाई केवल अधिकारको उपभोगमा सीमित नराखी कर्तव्यबोधसँग जोड्नुपर्छ ।

सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै भ्रष्टाचार नियन्त्रण, पारदर्शिता प्रवद्र्धन तथा जनमुखी सेवा प्रवाहमार्फत नागरिकको जीवनस्तर उकास्नु आजको आवश्यकता हो । लोकतन्त्रको रक्षा र प्रवद्र्धनमा हामी सबै सचेत, जिम्मेवार र प्रतिबद्ध हुन आवश्यक छ ।

अन्त्यमा लोकतन्त्रको रक्षा र प्रवद्र्धनमा हामी सबै सचेत, जिम्मेवार र प्रतिबद्ध हुन आवश्यक छ । लोकतन्त्रको महत्‍वपूर्ण आधार भनेकै आवधिक निर्वाचन पनि हो । मुलुक यतिबेला विषम् परिस्थितिमा आमनिर्वाचनको संघारमा रहेको छ । निर्धारित मितिअगावै एक किसिमले भन्ने हो भने यसलाई मध्यावधि निर्वाचन नै भन्न सकिन्छ । देशले गत भदौ २३ र २४ गते ठूलो दुर्घटना भोग्नुप¥यो । आगामी दिनमा यस्ता घटना कहिल्यै दोहोरिन दिनुहुँदैन । यतिबेला पूर्वराष्ट्रपतिको हैसियतमा मैले आम नागरिकसँगै निर्वाचनमा आफ्नो अभिमत व्यक्त गरिरहँदा क्षणिक सस्तो लोकप्रियताका कुरामा भन्दा जिम्मेवार ढंगबाट गर्न आह्वान गर्न चाहन्छु । भोलि कुनै पनि खालको अनिष्ट देशले भोग्न नपरोस् भन्ने कुरामा ख्याल राख्दै राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सुशासन र जनजीविकामा सुधार ल्याउनसक्ने पार्टीलाई मतदान गर्नुपर्ने अवसर हाम्रासामु आएको छ । 

 


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP