Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १५, २०८२
  • पैसा र समय खर्च भएको श्रमिकको गुनासो
  • समाधान ननिकाले युएई रोजगारी बन्द गर्ने व्यवसायीको चेतावनी 

श्रमिकमाथि थोपरिएको यो अनावश्यक आर्थिक भार, अपमानजनक र अव्यावहारिक व्यवस्था तुरुन्त हटाउन नेपाल सरकारले गम्भीर कूटनीतिक पहल गर्नुपर्छ । अन्यथा, श्रमिकको हित र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न युएई रोजगारी बन्द गर्नेतर्फ नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अघि बढ्नुपर्ने हुन सक्छ ।
महेशकुमार बस्नेत
महासचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) जाने तयारी गरिरहेकी उदयपुरकी प्रियंका सिंहले गत पुस २८ गते छायाँ सेन्टरबाट पुलिस रिपोर्ट प्रमाणीकरण गरिन् । उनले यसका लागि काउन्सेलरमा ५०० र छायाँ सेन्टरमा १४ हजार ३०० रुपैयाँ बुझाइन् । आर्थिक अवस्था कमजोर भएकाहरुलाई यो नियमले मारमा पारेको उनको भनाइ छ । यसले पैसा र समय दुवै खर्च भएको सिंहले बताइन् ।

‘प्रामाणीकरणका लागि करिब १५ हजार लाग्यो । हामीजस्तो मध्यम वर्गीय परिवारबाट आएकाहरुलाई गाह्रो हुन्छ नि ! समस्या भएरै विदेश पैसा कमाउन जान लागेको हो तर यहाँ एक्स्ट्रा पैसा तिर्न परिरहेको छ । यो बन्द होस् भन्ने लागेको छ,’ उनले भनिन्, ‘पुलिस रिपोर्टका लागि अनि मोफाका लागिसमेत गरेर १५ दिनजति लाग्यो । पहिला १५-२० दिनमा त विदेश नै पुगिसक्थे । अहिले एप्लाई गर्न पनि सुरु गरेको छैन ।’

त्यस्तै रौतहटका सुवोध राय यादव पनि युएई जाने तयारीमा छन् । पुलिस रिपोर्ट प्रमाणीकरणका लागि उनले १४ हजार ७०० रुपैयाँ तिरेको बताए । आफ्नो समय र पैसा खर्च भएकाले यो प्रणाली हटाउनपर्ने उनले बताए । ‘पुलिस रिपोर्ट लिन नौ दिन र छायाँ सेन्टरबाट प्रमाणीकरण गराउन ११ दिनजति लाग्यो । यो त तत्कालै रोक्नुपर्छ,’ रायले भने, ‘हामीजस्तोले धेरैले दुःख पाइसक्यौं । एकातिर पैसा पनि हुँदैन, अर्कोतिर विदेश जाने काम पनि १५-२० दिन ढिला हुने भयो ।’

Nada Auto Show 2026
Hardik health

गत भदौ २२ र २३ को जेन-जी आन्दोलनपछि युएईको रोजगारी खुलेयता त्यहाँ जाने श्रमिकहरुलाई पुलिस रिपोर्ट प्रमाणीकरण अनिवार्य गरिएको छ । यसका लागि नेपाल प्रहरीले जारी गरेको क्युआर कोडसहितको रिपोर्टलाई परराष्ट्र मन्त्रालयले प्रमाणित गरिसकेपछि पनि पुनः नेपालमै रहेको युएईको दूतावासले प्रमाणीकरण गर्छ । भिसा फेसिलेटेसन सर्भिस (भिएफएस) ग्लोबलमार्फत गरिने यस्तो प्रमाणीकरणका लागि श्रमिकहरुले १४ हजार २०० रुपैयाँ तिर्नपर्छ । उक्त रिपोर्टको अवधि तीन महिनामात्र हुन्छ । जसले गर्दा तीन महिनाभित्र काम नभए फेरि १४ हजार २०० रुपैयाँ तिरेर रिपोर्ट दिनुपर्ने अवस्था छ ।

श्रमिकहरु यति ठूलो समस्यामा पर्दा पनि सरकार मूकदर्शक बनेर बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले बताए । ‘आफ्नै देशको सरकारी निकायले प्रमाणित गरेको कागजातलाई मान्यता दिन कूटनीतिक पहलसमेत गर्न नसक्नु एउटा सार्वभौम राष्ट्रका लागि चिन्ताजनक अवस्था हो । कूटनीतिक नियोग के गरेर बसेको छ ?,’ उनले भने, ‘यो सरकार यदि आफ्ना नागरिकको पक्षमा दृढतापूर्वक उभिन सक्दैन भने त्यो इतिहासकै कमजोर भूमिकाका रूपमा दर्ज हुने छ ।’

आफूहरुले सम्बन्धित निकायमा पटक-पटक जानकारी गराइसकेकाले अब समाधान चाहिएको महासचिव बस्नेतको भनाइ छ । श्रमिकको हितविपरीतको कार्य नरोकिए युएई रोजगारी बन्द गर्नेसम्मको स्थिति आउनसक्ने उनले चेतावनी दिए । ‘श्रमिकमाथि थोपरिएको यो अनावश्यक आर्थिक भार, अपमानजनक र अव्यावहारिक व्यवस्था तुरुन्त हटाउन नेपाल सरकारले गम्भीर कूटनीतिक पहल गर्नुपर्छ,’ उनले भने, ‘अन्यथा, श्रमिकको हित र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न युएई रोजगारी बन्द गर्नेतर्फ नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अघि बढ्नुपर्ने हुन सक्छ ।’

संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, पररष्ट्र मन्त्रालयलगायतका निकायमा ध्यानाकर्षण गराइसकेको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले युएईलाई पत्राचार गरिसके पनि उताबाट केही जवाफ नआएको बताए । ‘नेपालबाट युएईलाई पत्राचार गरेको एक हप्ता जति भयो । उताबाट केही जवाफ आएको छैन,’ उनले भने, ‘नेपालस्थित युएई दूतावासका राजदूत पनि अहिले उतै हुनुहुन्छ । उहाँ आएपछि मन्त्रीज्यूले भेटेर कुरा राख्ने तयारी छ । त्यसपछि केही आउला ।’

नेपालीहरुको प्रमुख रोजगार गन्तव्य युएई जाने कामदारको संख्या यही झण्झटिलो नियमका कारण घटेको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा सबैभन्दा धेरै दुई लाख ७४ हजार ५९० जना रोजगारीका लागि युएई गएका थिए । जसअनुसार त्यस वर्ष प्रत्येक महिना औसतमा २० हजारभन्दा बढी कामदार युएई गएको पाइन्छ । तर जेन-जी आन्दोलनयताको तथ्यांक हेर्दा गएको मंसिरमा नौ हजार ३८२ र पुसमा १० हजार ५०८ जनामात्र युएई गएका छन् । यो संख्या संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर जानेहरुको हो ।
 


प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP