Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २३, २०८२
उम्मेदवार जेबी दिपक अधिकारी, उज्यालो नेपाल पार्टी,काठमाडाैं  क्षेत्र नं ४

देशमा चुनावको माहोल बढ्दै गर्दा विश्लेषक र जनताको विभिन्न तर्कवितर्क भइरहेको छ ।  आगामी फागुन २१ को  निर्वाचनले देशलाई कतातिर धकेल्ने सो हेर्न बाँकी नै छ । राजनीतिक दल,नेता र जनताको मुहार देखिने दिन आउँदै छ । निवार्चन आयोग ,देशको शिक्षा ,स्वास्थ,कृषिदेखि व्यापार पर्यटन ,सुरक्षा जस्ता विभिन्न क्षेत्रमा तयारी भइर हेको छ । कसलाई भोट दिने र देशको मुहार कसरी विकास उन्मुख र शान्तिमा राख्ने भन्ने ध्यान सबैलाई छ ।  यही क्रममा जेबी दिपक अधिकारी , उज्यालो नेपाल पार्टीका काठमाडाैं  क्षेत्र नं ४ का उम्मेदवारसँग प्रभाव संवाददातासँग भएको कुराकानीको आधारमा तयार पारिएको अर्न्तरवार्ता :  

देशमा के चुनाव आवश्यक छ त ? 
देश अहिले अत्यन्तै जटिल राजनीतिक, सामाजिक र आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । सामान्य अवस्थामा निर्वाचन आवश्यक थिएन, तर पछिल्ला वर्षहरूमा बनेको राजनीतिक अस्थिरता, जनजीवनमा देखिएको कठिनाइ र भ्रष्टाचारको चरम अवस्थाले चुनाव अपरिहार्य बनायो । त्यसैले अहिलेको चुनाव समयले होइन, परिस्थितिले मागेको चुनाव हो । देशमा यस्तो अवस्था बन्यो कि ठूला दलहरू आपसमा मिलेर सत्ता जोगाउन लागे, तर जनताको दैनिकी पछाडि पर्‍यो । महँगी बढ्यो, भ्रष्टाचार चरममा पुग्यो, जवाफदेहिता हराउँदै गयो । त्यसैले अब जनताले यसरी ‘हुँदैन भनेर’ हस्तक्षेप गर्नुपर्ने अवस्था आयो । जनताको दैनिकीसँग जोडिएका विषयहरूमा सरकार प्रभावकारी हुन नसक्दा निकास खोज्नुपर्ने अवस्था आयो ।

अब आउने चुनावी प्रणालीले देशलाई निकास देला त ?
जुन भदौ २३ र २४ गत्तेका परिस्थितिले गर्दा पनि अहिले जनतार्मा  भन्ने पाठ सिकाएको छ । जेनजी आन्दोलनपछि जति पनि अगाडी शासन गर्ने व्यक्तिलगायतका घरहरु जलेको परिवेशले उत्तरदायित्व हुनुपर्ने कुरा देखाएको छ ।  त्यसैले ,यस निर्वाचनमार्फत अहिलेको चुनावी प्रणालीकै माध्यमबाट सक्षम संसद् निर्माण हुने अपेक्षा छ । संसद्ले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सकेमा देशले निकास पाउन सक्छ । तर संसद् नै कमजोर भयो भने यो प्रणाली पनि कामचलाउ मात्रै हुने खतरा रहन्छ । यद्यपि विगतका जनआन्दोलनहरूले सत्तामा रहेका सबैलाई गहिरो पाठ सिकाएको छ भन्ने मेरो विश्वास छ । 

काउन्टर दिन आएका नयाँ दलहरु त एक हुन किन सकेनन् होला ?
पुराना दलहरूलाई काउन्टर दिन आएका नयाँ शक्तिहरू आपसमा एक हुन नसक्दा परिस्थिति जटिल बन्छ । तर विषयवस्तु नमिल्दा छुट्टाछुट्टै जानु पनि कहिलेकाहीँ जनताको हितमै हुन सक्छ । सहकार्य आवश्यक छ, तर सिद्धान्त त्यागेर गरिएको तालमेलले पार्टीको अस्तित्वमै प्रश्न उठाउँछ । जनता सधैँ केन्द्रमा हुनुपर्छ । परिस्थितिले कहिलेकाँही केहि विषयवस्तु नमिलेका कारणले गर्दा छुट्टाछुट्टै जाँदा जनताको लागि उपयोगी हुने र जनता केन्द्रित धेरै कार्य गर्न सकिने भएकाले एउटै पार्टी नभएता पनि विभिन्न सहकार्य जस्तो चुनावी सहकार्यका साथ अगााडि बढ्न सकिन्छ । 

Hardik health

सिद्धान्त छाडेर सहकार्य गर्दा पुरानै दलहरुजस्तै मिलिजुली खाने मेलो भएन र ?
त्यो अभ्यास प्राटिक्स हो,कुनै पनि मुलुकमा जनतानै सर्वस्व रहन्छन् । त्यो प्राटिक्स हामीले नेपालमा पनि गर्दैछौँ । त्यो अभ्यासलाई टेकेर जाँदा जनताको आश्यकताको मुद्दालाई सम्बोधन गर्नुपर्दा चुनावी तालमेल गरेर अगाडि बढ्न सकिन्छ ।  यदि नयाँ शक्ति लोभ, अहंकार र स्वार्थमा फुट्छ भने, तपाईँको भनाइ ठिक हो । तर फरक–फरक विचार भएका मान्छेहरू पनि जनताको मुद्दामा सहकार्य गर्न सक्छन् भने त्यो फुट होइन ।सहकार्य भनेको सिद्धान्त छोड्नु होइन, जनताको समस्या समाधानका लागि साझा बाटो खोज्नु हो ।

पुरानालाई भत्काउछौं भनेर  नयाँ व्यक्ति र पार्टी बनाइयो, पुरानालाई फाइदा पुगेन र ?
अहिले पुरानाको विषयलाई हेर्दा जनताको मानसिकता परिर्वतन भएको पाइन्छ । पहिलाको जस्तो एउटै ढिक्का नभई चेतना नै परिर्वतन भएको छ । आजको जनता पहिलेभन्दा धेरै सचेत र परिपक्व छन् । सामाजिक सञ्जालको प्रयोगले जनताले आफैं मूल्याकंन गर्न थालेका छन् । पहिले अत्यन्तै मजबुत देखिएका दलहरूको आधार कमजोर हुँदै गएको छ । जनताले अब आफ्नो निर्णय पुनरावलोकन गर्न थालेका छन्, र उनीहरूको तर्क र प्रश्नहरू निकै गहिरा भएका छन् ।

तपाईहरु उज्यालो नेपाल , रास्वपा, श्रम संस्कृति जस्ता पार्टी विभक्त भएर एकजुट हुन नसक्दा जनतालाई एकताको सन्देश कसरी दिन सक्नुहुन्छ ?
देशका लागि कसले राम्रो काम गरेको छ भन्ने कुरा जनताले दैनिक जीवनमै महसुस गर्छन् । पाँच मिनेट बत्ती जाँदा नै त्यसको असर देखिन्छ । अठार घण्टाको लोडसेडिङ अन्त्य हुनु, ग्यास अभावमा इन्डक्सन प्रयोग हुनु, यी सबै जनजीवनसँग प्रत्यक्ष जोडिएका परिवर्तन हुन् ।  त्यसैगरी देशलाई समृद्ध र शक्तिशाली बनाउन र देशमै रहने वातावरण कसले बनायो भन्ने महत्वपूर्ण हुन्छ । नयाँ दल त आउँछन, जान्छन् कसले काम गर्छ भन्ने जनताले चिन्नु पर्छ । 

छ महिनाको लागि सत्तामा पुगेका कुलमान घिसिङले राजिनामा दिएर चुनावमा होमिए, कसरी उनी निस्वार्थ भए  ?
कुलमान जी π एउटा विषम परिस्थितिमा जेनजी र सरकारले विश्वास गरेको व्यक्ति हो । उहाँले तीन मन्त्रालय सम्हाले ।कार्य गर्दा पनि केहि समयमै मन्त्री होस् त कुलमान जस्तो होस् भन्ने भएकाले पाचँ वर्षको लागि भएत देशलाई अझ देशले फड्को मार्न सक्ने भएकाले उहाँ चुनावमा आउनु भएको हो ।  प्राविधिक रूपमा सफल व्यक्तिले राजनीतिक रूपमा पनि योगदान दिन सक्छ भन्ने उदाहरण उनले दिएका छन् ।

कुलमानले जसरी अन्तिम समयमा रास्वपामा जानुभयो त्यसले गर्दा उहाँको मन्त्रीपद पनि गयो,फेरी छोडेर आफ्नै पार्टीमा आउनु पर्याे, समानुपातीक गुमाउनु पर्याे यसलाई कसरी लिनु हुन्छ ?
जनताको विश्वास कुलमान देशको हिरो हो, जसले आफ्नो जीवनमा उहाँले जनताको लागि अफिसमा बस्दा पनि घडी नहेरी म कति बजे छिरेँ, कति बजे निस्कनुपर्छ भनेर घडी नहेरी १८ घण्टा काम गर्नुभयो र अहिले पनि त्यहि जोडिएको छ । म दिनको १८ घण्टा खटेर भएपनि जनतामा समृद्धि ल्याउनुपर्छ भनेर अगाडी बढ्नु भएको छ  । उज्यालो नेपाल पार्टीले राम्रो सिट ल्याएर जनताले विश्वास गर्दा यो देशको प्रधानमन्त्री बन्न सक्ने र देशको लागि काम गर्न सक्ने योग्य हुनुहुन्छ । हामीले सोचेभन्दा पनि गज्जबको नतिजा दिन सक्ने व्यक्तित्व हुनुहुन्छ । उहाँले पार्टीको विषयमा पनि एउटा स्पष्ट रुपमा उज्यालो नेपाल पार्टी अघि बढ्ने र पछि गएर चुनावी तालमेल गर्ने, सहकार्य गर्ने तर पार्टी गुमाउने गरी कार्य नगर्ने भन्नुभएको छ । 

तपाई काठमाडौंबाट पहिला कांग्रेसका गगन थापाको क्षेत्र न.४ मा उठदै हुनुहुन्छ ,उनले किन छोडे ?
मलाई त कता कता लागि रहेको छ, यहि माटोमा जन्मेको,हुर्केको र काम गरेको,यहिका जनतासँग सहकार्य गरेको सबै कुरा बुझेका भएकोले हुन सक्छ । साथै शिक्षा स्वास्थ्य तथा खेलकुद विषयमा लामो समय काम गरेका र विभिन्न संघसंस्थामा जोडिएको ,विश्वभरी ग्लोबल वार्मिंङको समस्या हुँदा देशमा एक घर एक बिरुवाको अभियान लिएर आएको यो दशलाई हरियाली, सुन्दर शहर बनाउनको लागि आएको व्यक्ति भएकाले हो । भोलि मैले छोड्दै गर्दा पनि त्यहाँको जनतालाई अझ राम्रो काम गरी सबैको साझा व्यक्तिका रुपमा एउटा सफल व्यक्तित्व भएको विश्वास गरे जानु भएको हो भन्ने मलाई लाग्छ ।

काठमाडौं क्षेत्र नं ४ मा दिगो विकासमा लागि प्रमुख योजनाहरु के के बनाउनु भएको छ  ?
यो क्षेत्रमा बर्खा लागेसँगै खोला र बाढीले त्यहाँका जनतामा डर,त्रास र चिन्तित हुने अवस्था छ । त्यसको लागि त्यो खोलामा समस्या समाधान नै प्रमुख चुनैती हो । त्यसको समाधानका लागि अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययन र दीर्घकालीन योजना आवश्यक छ । त्यो नेपालका इन्जिनियरको अध्ययनले नपुगे अन्तर्राष्ट्रिय इन्जिनियर ल्याई खोलाको गहन अध्ययन गरेर सबैको चिन्ता हटाउने छौँ ।  प्रदूषणका कारण मास्क लगाएर हिँड्नुपर्ने अवस्था हटाउन वातावरणीय सुधार अपरिहार्य छ । सुरक्षित र प्रविधियुक्त सार्वजनिक यातायात व्यवस्था गर्ने, खेलकुदका लागि प्रत्येक वडामा एक÷एक फुट्सल हुनु पर्ने छ । विभिन्न ट्र्याकिङजस्ता प्रणाली आजको आवश्यकता हुन् ।

तपाई त्यहाँबाट जितेर सिधै काम गर्न त आउनु हुन्न । तपाई नीति निर्माण गर्ने ठाउँमा बस्नु हुन्छ, यसरी त जनतालाई झुक्याको होइन र ?
म त्यस स्थानमा काम भए नभएको फलो गर्छु, प्रत्येक महिना जेबी दिपक अधिकारी सुनुवाई कार्यक्रमसहितको हरेक महिनाको अन्तिम शनिबार जनतासँगको अन्तरक्रिया कार्यक्रमको सेडुल बन्छ, प्रत्येक वडा, नगरपालिका वा महानगरपालिकाको कार्यालयमा भिजिट हुन्छ । त्यहाँ आएको बजेट कार्यन्वयन भए नभएको भिजिट गरेर अनुगमन गरेर जनतालाई महिनाको अन्तिम शनिबार स्पष्ट बनाइन्छ । आफ्नो लागि १३ घण्टा खट्ने म जनताको लागि १८ घण्टा खट्छु । 

राजनीतिक नेतृत्वमा निरन्तरता किन महत्वपूर्ण छ ?
कुनै पनि व्यक्तिले बीचमै जिम्मेवारी छाड्नु जनविश्वासका दृष्टिले गम्भीर विषय हो । पाँच वर्षसम्म निरन्तर काम गर्न पाउने हो भने मात्रै दीर्घकालीन योजना सफल हुन्छ । जिम्मेवारी पूरा नगर्ने व्यक्तिले भविष्यमा अझ ठूलो जिम्मेवारी कसरी पूरा गर्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

अहिलेको राजनीतिमा सबैभन्दा ठूलो कमजोरी के देख्नुहुन्छ ?
हाम्रा धेरै नेताहरू भाषणमा बलिया छन् तर व्यवहारमा कमजोर छन् । ठोस योजना, बुँदागत कार्यक्रम र कामको निरन्तरताको अभाव छ । जमिनमा पुग्दा काम नदेखिनु नै हाम्रो राजनीतिक संस्कृतिको ठूलो कमजोरी हो ।
स्थानीय पृष्ठभूमि भएको उम्मेदवार किन महत्वपूर्ण हुन्छ ? 
काठमाडौं क्षेत्र नं. ४ मै जन्मिएको, हुर्किएको र स्थानीय जनतासँग निरन्तर जोडिएको व्यक्ति उम्मेदवार हुनु स्वाभाविक हो । शिक्षा, स्वास्थ्य, खेलकुद र वातावरणमा लामो समयदेखि सक्रिय व्यक्ति, एक घर–एक बिरुवा अभियान र हरियाली सहरको अवधारणाले क्षेत्रलाई नमुना बनाउन सक्छ ।

जनताका लागि राजनीति केका लागि हुनुपर्छ ?
दल धेरै हुनु ठूलो कुरा होइन । जनताको जीवनमा उज्यालोपन, खुशी र समृद्धि ल्याउन सक्ने नेतृत्व नै महत्वपूर्ण हो । जनताको दैनिकीसँग जोडिएका विषय र आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता हो ।

नयाँ दलले गर्न नसकेको के गर्नुहुन्छ ?
जेनजीले बनाएको सरकारले भ्रष्टचारको मुद्दा महत्त्वका साथ उठेर अगाडी बढेको छ । जेनजीले उठाएको मुद्दालाई स्थापित गर्नका लागि  यो भ्रष्टचारमा जिरो सहनशीलता र भ्रष्टचार गर्नेलाई कडाभन्दा कडा कानून ल्याएर कुनै पनि हालतमा भ्रष्टचार गरेको पाइएमा जनतालाई नै कस्तो खालको ल्याउने भनेर सल्लाह गरि कानून ल्यााई निर्मूल पार्न सक्दा हामीले सोचेको सुन्दर नेपालको परिकल्पना टाढा छैन ।

अन्ततः  फाल्गुन २१ गते चुनाव हुन्छ, यदि भएन भने देशले के गर्छ ?   
चुनाव हुन्छ भन्ने लागेको छ । हुनुपर्छ । किनभने अन्तर्राष्ट्रिय जगतबाट हेर्दा हाम्रो देशका एउटा महत्वपूर्ण सिचोएसन क्रस भएकोे छ । हामी सँधै शान्त देश, सुन्दर देश र समृद्धिको देश बन्न चाहाने भएकाले चुनाव हुनु पर्छ । चुनाव भएन भने हामीले सोचेको भन्दा फरक परिवेश बन्न सक्छ । त्यो हामीले नसोचेको परिवेश बन्दा सबैलाई गाह्रो हुन्छ  । 

    


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की आइतबार, चैत १, २०८२
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो: गृहमन्त्री अर्याल मंगलबार, फागुन १२, २०८२
‘आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ’
‘आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ’ आइतबार, फागुन १०, २०८२
‘सम्पूर्ण नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्छ’
‘सम्पूर्ण नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्छ’ सोमबार, फागुन ४, २०८२
‘महानगरको कामलाई संस्थागत बनाउनुपर्ने थियो, व्यक्तिगतजस्तै बनाएको देखियो’
‘महानगरको कामलाई संस्थागत बनाउनुपर्ने थियो, व्यक्तिगतजस्तै बनाएको देखियो’ शुक्रबार, माघ २३, २०८२
‘कुष्ठरोगलाई अबको ३० वर्षभित्र शून्यमा झार्न सकिन्छ’
‘कुष्ठरोगलाई अबको ३० वर्षभित्र शून्यमा झार्न सकिन्छ’ आइतबार, माघ ११, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP