रूपन्देही– क्यालिफोर्नियाको हर्कुलस सिटीका काउन्सिल मेम्बर तथा वेटिङ मेयर डिल्लि भट्टराईले नेपाली अर्गानिक कृषि उत्पादन अमेरिकी बजारमा पुर्याउने पहल गर्ने भएका छन् । उनले अमेरिकी बजारमा सम्भावना रहेको बताउँदै अर्गानिक उत्पादन निर्यात प्रवर्द्धनमा आफूले पहल गर्ने बताएका हुन् ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिकाकाे मणिग्राममा रहेकाे लुम्बिनी कृषि उपज थाेक बजार अवलाेकनका क्रममा हर्कुलस सिटि काउन्सिल मेम्बर , वेटिङ मेयर डिल्ली भट्टराई ले उक्त कुरा बताएका हुन । ईलेक्टेड डेलिगेगेट अफ क्यालिफोर्निया डेमोक्रेटिक पार्टी एसेम्वली डिस्ट्रिक प्रतिनिधि समेत रहेका उनले याे आर्थिक मन्दिका बेला पनि निजि क्षेत्रका ब्यवसायि मिलेर यस्ताे आधुनिक कृषि बजार स्थापना गर्नु ले अर्थतन्त्र चलायमान गराउन निकै महत्व राख्ने बताए । आधुनिक सुबिधा सम्पन्न रूपमा बनाईएकाे यस्ता बजारले नेपाली अर्गानिक बस्तु ग्रेडिङ प्रशाेधन, बजारीकरण गरि विदेसि बजारमा निर्यात गर्न सकिने सम्भावना रहेकाे पनि जानकारी दिए । उनले क्यालिफोर्नियामा नेपाली जरीबुटिकाे पनि राम्राे माग रहेकाे बताए ।
वेटिङ मेयर भट्टराईले रूपन्देहीको तिलाेत्तमा नगरपालिका र हर्कुलस सिटि वीच भगेनी सम्बन्ध राख्न र सहयाेग लिन दिन सकिने विषयमा पनि पहल भईरहेकाे प्रतिबद्वता जनाउदै भने " तिलाेत्तमा नगरपालिका संग निकट भविश्यमै पत्राचार आदान प्रदान हुने छ । यसले दुईदेशवी काे सम्बन्ध प्रगाढ हुनुका साथै यस क्षेत्रकाे बिकासमा थप बल पुग्ने छ " ।
बजार अवलाेकनका क्रममा लुम्बिनी कृषि उपज थाेक बजार मणिग्रामका अध्यक्ष भिमकान्त पन्थिले लुम्बिनी कर्णाली, गण्डकी प्रदेशका किसानका उत्पादन बजारीकरणका लागि कृषि उत्पादन खरीद बिक्रिकाे स्थलका लागि निजि क्षेत्रकाे पहलमा याे थाेक बजार स्थापना गरेकाे जानकारी दिए । भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण भएर सुचारू भईसकेकाले नेपाली उत्पादन विदेसि बजारमा पठाउन सहज हुने र यस्ता बजारकाे महत्त्वपूर्ण भुमिका रहने र अर्थतन्त्र चलायमान गराउन मद्दत मिल्ने बताए ।
आधुनिक सुबिधा सम्पन्न याे थाेक बजार तीन बिगाहा क्षेत्रफलमा फैलिएकाे छ भनि जहा १ सय ७८ वटा आधुनिक व्यावसायिक सटर निर्माण गरिएकाे छ । कार्यक्रममा नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रिता केसी, च्याउ किसान रिसव पाेखरेल , सिईओ राम बहादुर खत्री, लुम्बिनी कृषिउपज थाेक बजारका संचालक टंक बस्याल, बाबुराम भुषाल , कृष्ण पाेखरेल, डाेलराज भण्डारि, नमनका दामाेदर खनाल, दिपेश बस्याल लगायत उद्योगी व्यवसायीकाे सहभागिता रहेकाे थियाे ।