Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कांग्रेस कुहिरोका काग नबन
कांग्रेस कुहिरोका काग नबन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ५, २०८२

मुलुकको निर्णायक शक्ति नेपाली कांग्रेस अहिले आन्तरिक किचलोका कारण अनिर्णयको बन्दी बन्न पुगेको छ । गुटगत किचलोले महाधिवेशनको कार्यतालिका ल्याउने सकेको छैन । असोज २८ बाट शुरु भएको केन्द्रीय समिति निचोडमा पुग्न पटकपटक प्रयास गर्दा पनि टस न मसको स्थिति छ ।

निर्वाचन घोषणा भइसकेको अवस्थामा लोकतान्त्रिक दलहरुले कांग्रेसको निर्णय पर्खेर बसेको छ । माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । फागुन २१ गते प्रतिनिधि सभाको । निर्वाचन प्रयोजनका लागि निर्वाचन विरोधी दलको रुपमा हेरिएको एमाले राष्ट्रिय सभा निर्वाचनका लागि आयोगमा पुगिसकेको छ । उसले ११औं महाधिवेशनको माहोल पनि तयार गरिसकेको छ ।

तर कांग्रेस जो प्रजातन्त्रको अगुवाई गर्ने दलको रुपमा हेरिरहेको छ, अहिले कुहिरोको काग झैं बनिरहेको छ । अहिले कांग्रेस चारतिर बाँडिएको छ । कोही निर्वाचनअघि जसरी पनि महाधिवेशन हुनुपर्छ भनेर भेला गरिरहेका छन् भने कोही यस्तो हुनै सक्दैन भनेर समूह बनाएर हिँडेका छन् । कुनै पक्षले विशेष महाधिवेशनमा जोड दिँदै अब नियमितको कार्यतालिका स्वीकार नगर्ने अडान जारी राखेका छन् ।

Hardik health

मुलुकका हरेक परिवर्तनलाई संस्थागत गर्न कांग्रेसले अगुवाई लिँदै आएको इतिहास छ । यसपटक भदौ २३ र २४ गते जेन–जी पुस्ताले सुशासन माग्दै आन्दोलन गरे । सत्तामा कांग्रेसले नै अडाएको एमाले थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको अराजक शैलीमा कांग्रेसले अंकुश लगाउन नसक्दा धेरै थोक कांग्रेसले नै गुमायो । कांग्रेस यसपटक पहिलो दल बनेको थियो । तर पनि सत्ताको नेतृत्व गर्न सकेन ।

‘वेटिङ प्राइममिनिस्टर’का रुपमा हेरिएका सभापति शेरबहादुर देउवा आफ्नै निवासमा कुटिए । आफू कुटिएपछि देउवाले असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । खड्काकै नेतृत्वमा सानेपामा पछिल्लो परिस्थितिबारे महिना दिन बहस ग¥यो । त्यसपछि निर्णय सार्वजनिक गर्न बोलाइएको बैठक कात्तिक २८ देखि पटकपटक सर्दै आएको छ । बिहीबार बस्ने भनिएको बैठक पनि अन्तिम समयमा आएर भोलिका लागि सारिएको छ ।

अहिलेको अन्तरिम सरकार गैरदलीय सरकार हो । यो सरकार संक्रमणकालका लागि बनेको हो । त्यसैले प्रतिनिधि सभाको निर्वाचन नै संवैधानिक सर्वोच्चता स्थापना गर्ने आधिकारिक बाटो हो । यसमा सहभागी भएर अरु दललाई पनि यही मार्गमा ल्याउने काम कांग्रेसको हो । अब नअलमलिकन कांग्रेस चाँडो निर्णयमा पुगोस् । 
 


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म शुक्रबार, फागुन २२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP