काठमाडौं- काठमाडौं न्यू क्यासल स्कुल गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावक र विद्यार्थीहरूको पहिलो रोजाइ बनेकाे छ । विद्यालयले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी, विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित गर्दै आएको हाे ।
स्कुल आधुनिक शिक्षण प्रणाली, नवीनतम प्रविधि, र विद्यार्थीमैत्री वातावरणमा आधारित उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ। स्थापना कालदेखि नै ‘आधुनिक शिक्षाको नयाँ युग’ प्रारम्भ गर्ने लक्ष्यसहित अघि बढेको विद्यालय केन्द्रित हुँदै आएको छ।
विद्यालयले शिक्षामा नवीनतम प्रविधिको प्रयोग, अनुसन्धानमुखी शिक्षण पद्धति, नेतृत्वदायी सीपको विकास, र विश्वस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य तय गरेको छ। यिनै लक्ष्य र उत्कृष्ट व्यवस्थापनका कारण विद्यालय अभिभावक तथा विद्यार्थीहरूबीच विश्वासिलो नाम बनेको छ।
विद्यालयका स्मार्ट कक्षाकोठाहरू, अत्याधुनिक विज्ञान प्रयोगशाला, डिजिटल लाइब्रेरी, कम्प्युटर तथा रोबोटिक्स ल्याब, कला-संगीत–खेलकुदका छुट्टाछुट्टै पूर्वाधारहरूले विद्यार्थीलाई व्यावहारिक र अनुभूति-आधारित सिकाइमा जोड दिन मद्दत पुर्याइरहेका छन्। विशेषगरी रोबोटिक्स, अटोमेसन, कोडिङ, पाइथन प्रोग्रामिङ जस्ता भविष्यमुखी विषयहरू समावेश गरिएको हुँदा विद्यार्थीहरू टेक्नोलोजी-मुखी विश्वमा प्रतिस्पर्धी बन्न सक्षम हुने विश्वास विद्यालयले व्यक्त गरेको छ।
विद्यालयमा कार्यरत अनुभवी र दक्ष शिक्षकहरू शिक्षण-सिकाइलाई रोचक, सरल र प्रभावकारी बनाउनेतर्फ निरन्तर सक्रिय छन्। उनीहरूले पाठ्यक्रमलाई कक्षाकोठाभित्र सीमित नराखी व्यवहारिक गतिविधि, परियोजनामूलक कार्य, समाजसेवा र नेतृत्व तालिममार्फत विद्यार्थीको बौद्धिक, सामाजिक र नैतिक सीप विकासमा जोड दिएका छन्। परोपकार, समाजसेवा, नेतृत्व विकास तथा चरित्र निर्माणमा विद्यालयको सक्रियता अभिभावकले उल्लेखनीय मानिरहेको पाइन्छ।
काठमाडौं न्यू क्यासल स्कुलका अनुसार शिक्षाको गुणस्तर केवल परीक्षाको ग्रेड वा अंकमा आधारित हुँदैन, बरु विद्यार्थीको समग्र विकास, सोच्ने क्षमता, समस्या समाधान सीप, सहभागिता, र कक्षाको गतिविधिमा देखिने वास्तविक उपलब्धिकै आधारमा तय हुन्छ। यसैले विद्यालयले वर्कशप-आधारित सिकाइ, अनुसन्धान परियोजना, र व्यवहारिक सीप विकासलाई विशेष महत्व दिएको छ। खेलकुद क्षेत्रमा समेत विद्यालय अग्रसर छ। आफ्नै फुटसल ग्राउन्ड, क्रिकेट, ब्याडमिन्टन र टेबलटेनिसको सुविधाले विद्यार्थीको शारीरिक सशक्तीकरणमा ठूलो योगदान पुर्याइरहेको छ।
उत्कृष्ट नेतृत्व, प्रविधिमैत्री वातावरण, अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, र अनुभवी शिक्षकहरूले सम्पन्न काठमाडौं न्यू क्यासल स्कुलले आधुनिक शिक्षाको नयाँ सम्भावना सिर्जना गर्दै गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडलका रूपमा स्थापित हुँदै गएको छ। अभिभावक र विद्यार्थीहरूबीच यसको आकर्षण दिनानुदिन बढिरहेको विद्यालयले जनाएको छ।