Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शीतलहर र हिमपातबाट क्षति रोक्न पूर्वतयारी गर
शीतलहर र हिमपातबाट क्षति रोक्न पूर्वतयारी गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ९, २०८२

मंसिर लागेसँगै जाडो बढ्दो छ । यो बेला मधेशमा शीतलहर र हिमालमा हिमपात हुने गर्छ । जसका कारण जनस्वास्थ्यमा ठुलो असर पर्ने गर्छ । यो वर्ष २१ जिल्ला शीतलहर र २८ जिल्ला हिमपातबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ ।  शीतलहरबाट बढीजसो तराई मधेशका झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन प्रभावित हुने देखिन्छ  । त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पनि प्रभावित हुने देखिन्छ ।

तराई मधेशका जिल्लाहरुमा मंसिरदेखि फागुनसम्म शीतलहरका प्रभाव पर्ने गरेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी बढी प्रभावित हुने गरेका छन् । यसैगरी हिमपातबाट कोशी प्रदेशका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, पाँचथर, ओखलढुङ्गा, भोजपुरको माथिल्लो क्षेत्र प्रभावित हुने देखिन्छ  । बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, धादिङ त्यसैगरी गण्डकी प्रदेशका गोरखा, मनाङ, मुस्ताङ, बागलुङ, कास्की हिमपातबाट प्रभावित बन्ने देखिन्छ । 

लुम्बिनी प्रदेशको रुकुम पूर्व, कर्णाली प्रदेशको डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट र सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा हिमपातबाट प्रभावित हुने देखिन्छ । हिमपातबाट प्रभावित हुने हिमाली जिल्लाहरुमा अत्यधिक चिसोका कारण हाइपोथर्मिया, खोकी, निमोनिया हुन सक्ने र दीर्घरोगको असर बढ्न सक्छ । प्रभावित जिल्लामा भारी हिमपातका कारण सडक तथा हवाई यातायात आंशिक तथा पूर्ण रुपमा बन्द हुन सक्ने, विद्युत प्रवाहमा अवरोध, संचार सम्पर्क अवरोध हुन सक्ने र पदयात्रा तथा पर्वतरोहण लगायतका पर्यटकीय गतिविधि प्रभावित हुन सक्ने विगतको घटनाबाट देखिन्छ ।
 
शीतलहर र हिमपातबाट प्रभावित हुने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरी सरकारले तथ्यांक अद्यावधिक एवं लाभग्राहीको प्राथमिकता निर्धारण गर्नुपर्छ । विपद् तथा प्रतिकार्यका लागि पूर्वतयारी तथा पूर्वानुमान अनुसार पूर्वकार्य गरी क्षति न्यूनीकरण गर्ने लगायत रणनीति कार्ययोजनासमेत अगाडि बढाउनु आवश्यक छ ।

Sonam Lhosar
Hardik health

शीतलहर प्रभावितका लागि राहत, स्वास्थ्य साम्रगीको पूर्वतयारी, एम्बुलेन्सको व्यवस्था गर्ने विषयमा सरकारले बेलैमा तयारी गर्नुपर्छ । शीतलहर र हिमपात एक किसिमको महामारी नै सम्झेर सरकार, प्रदेश सरकार, स्थानीय सरकारले एकताबद्ध भएर प्रतिकार्य गर्नु आजको आवश्यकता हो । यसका लागि गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि विभिन्न कार्यक्रम अघि सारेको छ । यसलाई कार्यलाई सघाउँदै तीनै तहको सरकारले साथ दिएर पूर्वतयारी गरे पक्कै पनि विपद्बाट जोगिन्छौं । 


प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP