Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
अपांग महासंघका अध्यक्ष आचार्यको अर्को कर्तुत महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, मंसिर ९, २०८२

काठमाडौं– राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा केही वर्षदेखि संस्थागत सुशासन र आर्थिक पारदर्शीताको माग पटकपटक उठ्यो । महासंघका एक पदाधिकारीका अनुसार अध्यक्ष देवीदत्त आचार्यले मागलाई बेवास्ता गरिरहे । अनि, मागकर्ताहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौं, हेल्लो सरकारलगायत निकायमा पटकपटक उजुरी दिए । यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन ग¥यो । 

छानबिनपछि समितिले आचार्य नेतृत्वको कार्यसमितिलाई निर्देशनात्मक सुझाव दिँदै भन्यो, ‘संस्थागत सुशासन÷पारदर्शीता सम्बन्धमा उठेका गुनासाहरू सिरानी लगाई मस्त निदाउने होइन कि यथोचित सम्बोधन गर्न कार्यसमिति क्रियाशील हुनुपर्ने ।’जिल्ला प्रशासन कार्यालयले यो सुझाव दिएको गत वर्षको २८ माघमा हो । यसबाहेक अन्य १४ वटा सुझाव पनि दिएको थियो । तर, यी सुझावहरूको अक्षरशः कार्यान्वयन गर्नु त कहाँ को कहाँ अध्यक्ष आचार्य सुझावलाई सिरानीमा राखेर मस्त निदाए । अर्थात्, सुझावहरूको अक्षरशः कार्यान्वयनमा उनी अनिच्छुक देखिए । उनीमाथि जिल्ला प्रशासन कार्यालयले दिएको सुझाव कार्यान्वयनका लागि महासंघभित्रैबाट दबाव बढ्दो छ । तर, सुझाव कार्यान्वयनमा अझै तयार नदेखिएको आरोप लागेको छ । 

जाँचबुझ समिति बनाइदिने गरी फाइल उठ्दै छ । समिति जान्छ, केलाउँछ, त्यसका लागि वर्कआउट गर्नू भनेको छु । उहाँ (अध्यक्ष आचार्य) मात्रै होइन, समस्या आएका संस्थाहरू कति छन् ? ती सबैलाई हेर्नेगरी समिति बन्छ 
ईश्वरराज पौडेल
प्रमुख जिल्ला अधिकारी, काठमाडौं

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले अब जाँचबुझ समिति गठन गर्ने प्रभावलाई बताए । ‘जाँचबुझ समिति बनाइदिने गरी फाइल उठ्दै छ । समिति जान्छ, केलाउँछ, त्यसका लागि वर्कआउट गर्नू भनेको छु,’ पौडेलले भने, ‘उहाँ (अध्यक्ष आचार्य) मात्रै होइन, समस्या आएका संस्थाहरू कति छन् ? ती सबैलाई हेर्नेगरी समिति बन्छ ।’आचार्यलाई श्रम अदालतले निक्र्योल गरेको विषय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले सुझाव दिएको थियो ।

Hardik health

यो सुझावअनुसार उनले हटाएका कर्मचारी सीता अर्याललाई पुनर्वहाली गर्नुपथ्र्यो । २२ लाख रुपैयाँ तलबसहितको सेवा सुविधा दिन पनि आदेश दियो । तर, उनको सीताले सेवा सुविधा पाइन् न पुनर्वहाली भयो । उल्टै अध्यक्ष आचार्य श्रम अदालतको आदेशविरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत गएका छन् । सर्वोच्चले अन्तरिम आदेश दिएन । तर, श्रमको आदेश कार्यान्वयन गर्न उनले आनाकानी गरिरहेको अर्याल बताउँछिन् । 

उनले गर्भवती हुँदा जागिरबाट हटाएका अर्का कर्मचारी सुमित्रा कटुवाललाई पनि श्रम अदालतको फैसलाअनुसारको रकम भुक्तानी गरेका छैनन् । करिब ११ लाखमध्ये आठ लाखमात्रै भुक्तानी दिएका छन् । अध्यक्ष आचार्यलाई राष्ट्रिय मानव अधिकार आयोगले कर्मचारी कटुवालको मानव अधिकार हनन् गरेको ठहर गर्दै एक लाख रुपैयाँ जरिवानासमेत सुनाएको थियो । कटुवाललाई भने अदालतको आदेशअनुसार उनले पुनर्वहाली गरे तर केही महिनापछि परियोजना सकिएको भन्दै बिदा गरिदिए । 

उनलाई राष्ट्रिय साधारण सभा र साधारण सभाबीच कार्य जिम्मेवारीमा अस्पष्टता/ द्विविधा रहेकोमा विधान संशोधनद्वारा अनुकूलित बनाउन प्रशासनले सुझाव दिएको थियो । विशेष साधारण सभा बोलाउन सभाका सदस्यहरूमध्ये एक तिहाइ सदस्यहरूले हस्ताक्षरसहित अनुरोध गरे अध्यक्षले ३५ दिनभित्र विशेष साधारण सभा बोलाउनैपर्ने व्यवस्था हुनुपर्ने पनि सुझावमा भनिएको छ । 


विधान संशोधनका लागि सर्वसम्मति जुटाउनुपर्छ । जेन–जी आन्दोलनपछि कार्यसमिति सदस्यहरू बैठकमै आएका छैनन् । अधिवेशन वर्षातमा गर्न सकिएन । मंसिरको २६ र २७ गते तोकिएको थियो । अब फागुन ६ र ७ गते गर्ने निर्णय भएको छ, पाँच बुँदे सहमतिमा यिनै विषयहरू त छन् 
देवीदत्त आचार्य
अध्यक्ष, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल


संस्थागत सुशासन र पारदर्शिताका सम्बन्धमा उठेका गुनासाहरू सिरानी लगाई मस्त निदाउने होइन कि यथोचित सम्बोधन गर्न कार्यसमिति क्रियाशिल हुनुपर्ने अर्को सुझाव छ । पारदर्शिताको विधि अवलम्बन र सो सम्बन्धी मापदण्ड बनाई लागू गर्ने र अधिकतम बहसको सर्वमान्य सिद्वान्त अविलम्वन पालना गर्नुपर्ने पनि सुझाव छ ।महासंघ कार्यसमितिका एक पदाधिकारीका अनुसार उनले यी कुनै सुझाव कार्यान्वयन गरेका छैनन् । ‘सुझाव कार्यान्वयन गर्नु भनेर जिल्ला प्रशासन कार्यालयले भनेको एक वर्ष हुन लाग्यो तर उहाँ चुपचाप हुनुहुन्छ,’ ती पदाधिकारी भन्छन् । 

यसबाहेक अध्यक्ष आचार्यले महासंघको केन्द्रीय कार्यालयको दैनिक कार्य सञ्चालन तथा सम्पादनका लागि एक निर्देशकको नियुक्ति सम्भाव्य र संस्थामा उपलब्ध जनशक्तिबीच कार्ययोजना प्रस्तुत गर्न लगाई उपयुक्त उम्मेदवारलाई केन्द्रीय कार्यसमितिले छनौट गर्ने र सो को अनुमोदन साधारणसभाबाट गर्ने प्रबन्ध गर्ने सुझावलाई पनि कार्यान्वयन गरेका छैनन् । सेवा सुविधाका सम्बन्धमा प्रचलित कानुन तथा विधिअनुसार पर्फर्मेन्सको आधारमा सेवा सुविधा निर्धारण गर्ने र सोको जानकारी सभामा गराउने प्रशासनको अर्को सुझाव कार्यान्वयनमा पनि अध्यक्ष आचार्यले बेवास्ता गरेको आरोप लागेको छ । 

वरिष्ठ उपाध्यक्षसहित सदस्यहरूले बारम्बार उठाएका विषय  अनदेखा गरिएको पाइएकोले संवाद र सहकार्यको विधि अनिवार्य रूपमा पालना गर्ने, राष्ट्रिय साधारण सभाबाट निर्वाचित र विधानमा जिम्मेवारी किटिएका कुरा तत् तत् पदका पदाधिकारीहरूले निर्वाधरूपमा कार्यान्वयन गर्न दिनुपर्ने र असहमति राखेकै आधारमा वैरभाव नराखी तत् तत् पदमा रही काम गर्नेगरी जिम्मेवारीमा बहाल गराउने र असहमतिका विषयमा साझा समझदारी बनाई कार्य गर्ने सुझाव पनि अध्यक्ष आचार्य कार्यान्वयन गर्न तयार नदेखिएको आरोप छ । 

आचार्यको कार्यशैलीप्रति असहमति राखेकै कारण नरेन्द्र जैशीलाई उनले प्रदेश कार्यसमितिबाट निष्कासन गरिदिएका छन् । उनको पुनर्बहाली भएको छैन । यसबाहेक जिल्ला प्रशासन कार्यालय काठमाडौंको रोहबरमा यसअघि भएको पाँच बुँदे सहमतिको पनि अक्षरशः पालना नगरेको अध्यक्ष आचार्यमाथि आरोप लागेको छ । सहमतिमा विधान संशोधन, महासंघको महाधिवेशनलगायत विषय समेटिएका छन् ।

तर, उनले ती सहमतिहरू कार्यान्वयनोन्मुख रहेको दाबी गरे । उनले भने, ‘विधान संशोधनका लागि सर्वसम्मति जुटाउनुपर्छ । जेन–जी आन्दोलनपछि कार्यसमिति सदस्यहरू बैठकमै आएका छैनन् । अधिवेशन वर्षातमा गर्न सकिएन । मंसिरको २६ र २७ गते तोकिएको थियो । अब फागुन ६ र ७ गते गर्ने निर्णय भएको छ ।’महासंघको आर्थिक सवालमा साझा सहमति कायम गर्न छानबिन समिति गठन गराएको र कार्यदेश बनाएर अध्ययन गर्न लगाएको बताए । 


प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १०:४४
#अपांग_महासंघ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह शुक्रबार, मंसिर २६, २०८२
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ
मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ शुक्रबार, मंसिर २६, २०८२
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध शुक्रबार, मंसिर २६, २०८२
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा  ६७ लाखको क्षति
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा  ६७ लाखको क्षति शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै
मन्त्रिपरिषद् विस्तार हुँदै शुक्रबार, मंसिर २६, २०८२
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड शुक्रबार, मंसिर २६, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP