Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सुरक्षाकर्मीको आत्मबल बढाउ
सुरक्षाकर्मीको आत्मबल बढाउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०८२

पछिल्लो दिनमा नेपाल प्रहरीको आत्मबल गिर्दो छ । दिनहुँका आन्दोलन र प्रदर्शनमा बर्दीमा खटिएका प्रहरीमाथि प्रदर्शनकारीले गर्ने निरन्तर दुव्र्यहारका कारण प्रहरीको मनोबल खस्किएको देखिन्छ । प्रदर्शन र आन्दोलनहरुमा ढुंगामुढा हुने, प्रदर्शनकारीबाट दुव्र्यवहार हुने, नेतृत्वकर्ताले कुटपिट गर्नुका साथै धम्क्याउने काम निरन्तर गरिरहेको पाइन्छ ।

डिजिटल प्रविधिको प्रवेशसँगै अहिले हरेकसँग मोबाइल क्यामराको पहुँच छ । प्रदर्शनकारीबाट हुने गरेका दुव्र्यहार सामाजिक सञ्जालमा पनि सार्वजनिक हुँदा प्रहरीको मनोबल झनै कमजोर हुने गरेको देखिन्छ । प्रहरीलाई कुनै अधिकार नदिने तर प्रदर्शनकारीले भने हप्कीदप्की गर्ने किसिमको कार्य बढ्दो छ ।

जेन–जी विद्रोहपछि विभिन्न स्वार्थ समूहले प्रहरीमाथि निशाना नै बनाउन थालेको देखिन्छ । उक्त विद्रोहको क्रममा पनि प्रहरीलाई कुटपिट गर्ने, उनीहरुको बर्दी लगाएर प्रहसन गर्ने, हतियार लुट्नेजस्ता कार्य प्रदर्शनकारीले गरेका थिए । राज्यको सुरक्षा संयन्त्रमा रहेर काम गर्दा सबैभन्दा ठुलो प्रश्न प्रहरीमाथि उठ्छ नै । सुरक्षा नहुँदा पनि प्रहरीमाथि प्रश्न उठ्न, प्रदर्शनकारीमाथि दमन हुँदा पनि प्रश्न उठ्छ । यो प्रहरीको दायित्व हो । खासमा प्रहरीलाई उक्त समय कर्तव्य पालना गराउने नेतृत्वलाई अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा हामीकहाँ जिउज्यानको माया मारेर दंगमा उत्रेका जवानहरुलाई नै कारबाहीमा तानिन्छ ।

Sonam Lhosar
Hardik health

अन्तरिम सरकारको मुख्य जिम्मेवारी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनु हो । यसका लागि देशभर प्रहरी तम्तयार अवस्थामा राख्नुपर्छ । हुन त सरकारले निर्वाचन प्रयोजनका लागि सेना परिचालन गर्ने तयारी गरेको छ । यद्यपि मतदानस्थल र मतपेटिका सुरक्षामा प्रहरी नै खटिनुपर्ने हुन्छ । सेनाले बाहिरी क्षेत्र कभर गर्ने गरी सुरक्षा दिँदा मतदानस्थल, मतपेटिका सुरक्षादेखि मतगणनाको लामो प्रक्रियामा प्रहरी संलग्न हुनुपर्छ ।

यस्तो अवस्थामा राजनीतिक दलका प्रतिनिधिबाट प्रहरीमाथि दुव्र्यवहार हुन सक्ने सम्भावनाहरु उत्तिकै रहन्छ । कुनै बुथमा अप्रिय घटना हुँदा निर्वाचन नै बिथोल्ने सम्भावना हुन्छ । त्यसैले पनि यस्तो विषयमा सरकार गम्भीर हुनुपर्छ । सरकारमा रहेका मन्त्रीदेखि नेताहरुको दुव्र्यहार सहेर प्रहरीले काम गर्न सक्दैन । प्रहरीमा दिनानुदिन आकर्षण पनि घट्दो छ । यसको मुख्य कारण सुविधाहरुको अपग्रेड नहुनु पनि हो । यस्तो अवस्थामा अबका दिनमा सरकारले र प्रहरी मुख्यालयले प्रहरीको मनोबल बढाउने गरी प्याकेज ल्याउनुपर्ने आवश्यक छ । 
 
 


प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP