Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बिदा होइन, विकल्प खोज
बिदा होइन, विकल्प खोज
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २४, २०८२

सरकारले पछिल्ला दिनहरूमा ‘पपुलिस्ट’ छवि बनाउने होडमा केही यस्ता निर्णयहरू गरिरहेको छ, जसको दीर्घकालीन असर निकै गम्भीर देखिन्छ । यसैक्रममा, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावलाई नियन्त्रण गर्ने तर्क अघि सार्दै हप्तामा दुई दिन बिदा दिने निर्णय पुनः ब्युँताइएको छ । अन्तर्राष्ट्रिय जगतमा इजरायल-अमेरिका र इरान युद्धका कारण इन्धनको भाउ बढेको सत्य हो, तर के एक दिन थप बिदा दिएर यसको समाधान सम्भव छ ? तथ्य र विगतका अनुभवले भन्छन्- पक्कै छैन ।

हप्ताको दुई दिन बिदा दिने निर्णयले राज्यको अर्थतन्त्रमा एउटा खतरनाक ‘चक्रीय असर’ निम्त्याउने निश्चित छ । नेपालजस्तो मुलुक, जहाँ सार्वजनिक सेवा प्रवाहको गति पहिले नै सुस्त छ, त्यहाँ थप एक दिनको शून्यताले प्रशासनिक काममा निकै ठूलो ढिलासुस्ती सिर्जना गर्ने छ । ‘सरकारी काम, कहिले जाला घाम’ भन्ने उखानलाई चरितार्थ गरिरहेको हाम्रो कर्मचारीतन्त्रलाई यो बिदा ‘कामबाट उम्कने’ थप बहानामात्र बन्ने देखिन्छ ।

यस निर्णयले सामाजिक र शैक्षिक क्षेत्रमा पनि तालमेल बिगार्ने छ । सरकारी विद्यालयमा दुई दिन बिदा हुँदा र निजी क्षेत्रमा कार्यरत अभिभावकहरूको कार्यतालिका फरक पर्दा पारिवारिक व्यवस्थापनमासमेत असर पर्ने छ । यसले शैक्षिक क्यालेण्डरलाई मात्र खलबल्याउँदैन, सेवाग्राही र सेवा प्रदायकबीचको खाडललाई अझ फराकिलो बनाउने छ ।

Hardik health

वास्तवमा, इन्धन खपत घटाउन बिदा नै दिनुपर्छ भन्ने छैन । सरकारसँग अन्य वैज्ञानिक विकल्पहरू छन्ः
डिजिटल गभर्नेन्सः धेरैभन्दा धेरै सरकारी सेवालाई ‘अनलाइन’ बनाएर कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने ।
फ्लेक्सिबल कार्यतालिकाः आवश्यक परेको ठाउँमा ‘वर्क फ्रम होम’ को अवधारणा लागू गर्ने ।
रोटेसन प्रणालीः कार्यालय बन्द नगरी कर्मचारीहरूलाई आलोपालो (रोटेसन) मा बिदा दिने, ताकि हप्ताको सातै दिन सेवाग्राहीले सुविधा पाउन सकून् ।

हामीसँग बिदाका प्रयोगहरू असफल भएका स्पष्ट इतिहास छन् ।  २०५६ सालमा कृष्णप्रसाद भट्टराईको पालामा होस् वा २०७९ सालमा शेरबहादुर देउवाको पालामा, दुवै पटक यो व्यवस्था प्रशासनिक जटिलता र जनआक्रोशका कारण महिना दिनमै खारेज गर्नुपरेको थियो । इतिहासबाट पाठ सिक्नुको साटो त्यही गल्ती दोहो¥याउनु नीतिगत अपरिपक्वता हो ।

तसर्थ, सरकारले यस्ता अव्यावहारिक र टालटुले निर्णयहरू तत्काल फिर्ता लिनुपर्छ । झण्डै दुईतिहाइको जनमत पाएको सरकारको लक्ष्य देशलाई सुताउने होइन, बरु २४सै घण्टा चलायमान बनाएर अर्थतन्त्रलाई बलियो बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । इन्धन जोगाउने नाममा राज्यको उत्पादकत्व नै बन्धकी राख्ने छुट सरकारलाई छैन ।
 


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP