Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १, २०८३

सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका प्रधानमन्त्री वालेन्द्र शाह जवाफ दिन भने पुगेनन् । बुधबार र बिहीबार प्रतिपक्षी दलले देशको प्रधानमन्त्रीबाट आफ्नो प्रश्नको उत्तर खोजे । तर दुई तिहाई निकट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री शाहलाई सदनमा उपस्थित गराएनन् ।

शाहको साटोमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन लगाएर रास्वपाले झारा टार्ने काम गरे । प्रधानमन्त्रीले नभ्याएको अवस्थामा उनले तोकेको मन्त्रीले जवाफ दिन सक्ने प्रावधान रहे पनि प्रधानमन्त्री के मा व्यस्त छन् भन्ने विषय रास्वपाले उल्लेख गरेको छैन । नीति तथा कार्यक्रमकै समयमा प्रधानमन्त्री शाहले सदन बंक गरेका थिए । यसरी जननिर्वाचत संस्थालाई प्रधानमन्त्री शाहले अपमान गर्दै संसदीय व्यवस्थाप्रति वितृष्णा सिर्जना गर्ने काम अघि बढाएको देखिन्छ । यता सदनलाई नमान्ने, अर्कोतिर आफ्नो सचिवालयमार्फत व्यवसायीमाथि धरपकड शुरु गरेर सरकार तानाशाही शैलीमा अघि बढेको छ ।

एक प्रकारले भनौ अहिले देशको आर्थिक संकट गहिरिँदो छ । वैदेशिक रोजगारीमा पुगेकाहरुलाई इरान–इजरायल युद्धको असरले प्रभावित बनाएको छ । उनीहरु अहिले कामबाट निकालिएका छन् । यस्तो अवस्थामा लगानीको वातावरण बनाउनुपर्नेमा व्यवसायीमाथि धरपकड शुरु गरेको छ ।

Hardik health

मुल्य समायोजनमा सरकारले पटक्कै ध्यान दिएको छैन । विश्व बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्दा यहाँ स्वचालित मुल्यअनुसार मुल्य घटेको छैन । यही मौका छोपी सार्वजनिक यातायातको भाडादर बढाएको सरकारले घटाउने सुरसार गरेको छैन । निर्माण सामग्रीको मुल्य आकासिँदा अहिले निर्माण क्षेत्र आन्दोलित छ । घरजग्गा कारोबार ठप्प छ । सहकारी क्षेत्रमा ऋण लिएकाहरुको नाम धमाधम सार्वजनिक गरी सरकारले ऋण लिनेलाई अपराधी करार गर्ने काम गरिरहेको छ ।

देश जर्जर अवस्थामा पुग्नै लाग्दा प्रधानमन्त्री शाहले केही गर्न सकेका छैनन् । यस्तो अवस्थामा संसदमार्फत भएपछि आश्वासन दिनुपर्ने हो । तर शाहले पुरानै दलका नेताको शैलीमा संसदलाई वेवास्ता गरेका छन् । कुनैबेला नेपाली कांग्रेसबाट प्रधानमन्त्री भएका शेरबहादुर देउवा कयौपटक संवैधानिक परिषद् नगएर राज्यको विभिन्न आयोगमा हुनुपर्ने नियुक्ती रोकेर राज्य सञ्चालनमै असर पु¥याउँथे । सदनमा जान अटेर गर्थे । एमाले अध्यक्ष बनेर पटकपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली सांसदहरुलाई गन्दैनथे । राज्य सञ्चालनमा अप्ठेरो भएको भन्दै पटकपटक संसद नै विघटनसमेत गरेका थिए ओलीले ।

ओली र देउवा अहिले जनताबाट लखेटिएका छन् । संसदप्रति अनुत्तरदायी बन्दाको परिणामा देउवा ओलीले भोगिरहेका छन् । वालेन्द्र शाह ओली देउवाकै पछिल्लो भेरियन्टजस्तै देखिन थालेको छ । जनताको आवाज बोल्ने थलो संसदप्रति उत्तरदायी नबने नयाँ प्रधानमन्त्रीको पनि ओली देउवाकै हालत हुन बेर लाग्दैन । त्यसैले बेलैमा सचेत बनौं । 


प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP