Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ११, २०८२

पश्चिम एसियामा बढ्दो राजनीतिक तथा सैन्य तनावका कारण विश्वव्यापी पेट्रोलियम आपूर्ति शृंखला खलबलिने संकेतहरू देखिएका छन् । यसको प्रत्यक्ष असर नेपालजस्तो पूर्णतः आयातीत इन्धनमा निर्भर मुलुकमा पर्नु स्वाभाविक हो । यही जोखिमलाई मध्यनजर गर्दै सरकारले इन्धन खपत घटाउने विकल्पहरूमा छलफल थाल्नुलाई सकारात्मक कदम मान्नुपर्छ । तर, केवल छलफल र औपचारिकतामामात्र सीमित नभई सरकारले व्यावहारिक र दीर्घकालीन समाधानतर्फ पाइला चाल्नुपर्ने बेला आएको छ ।

सरकारले अहिले अघि सारेका सवारीसाधनमा जोर–बिजोर प्रणाली, साप्ताहिक दुईदिने बिदा र ‘वर्क फ्रम होम’ जस्ता विकल्पहरू नयाँ भने होइनन् । २०७२ सालको नाकाबन्दी र कोभिड–१९ को समयमा यी उपायहरू परीक्षण भइसकेका छन् । जोर–बिजोर प्रणालीले सडकमा गाडीको संख्या घटाएर तत्काल इन्धन खपत त न्यून गर्छ, तर यसले सार्वजनिक यातायातमा यात्रुको चाप बढ्दा सर्वसाधारणले भोग्नुपर्ने सास्तीको विषयलाई नजरअन्दाज गर्न मिल्दैन । यसअघि पनि दुईदिने सार्वजनिक बिदाको प्रयोग सफल हुन सकेको थिएन, जसले सरकारी सेवा प्रवाहमा सुस्तता ल्याएको गुनासो आएको थियो ।

वास्तवमा, इन्धन संकटको समाधान केवल ‘खपत कटौती’मा मात्र खोजिनु हुँदैन । हामीसँग प्रचुर मात्रामा रहेको जलविद्युत्को उपभोगलाई प्रवद्र्धन गर्नु नै यो संकटको स्थायी ओखती हो । सरकारले सर्वसाधारणलाई विद्युतीय चुल्हो (इन्डक्सन) प्रयोग गर्न आग्रह गरे पनि भरपर्दो बिजुली आपूर्ति र सहुलियतपूर्ण महसुलको सुनिश्चितता नभएसम्म ग्यासप्रतिको निर्भरता घट्ने छैन । त्यसैगरी, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति र पूर्वाधार (चार्जिङ स्टेसन)को विस्तारमा ढिलाइ गर्नु हुँदैन ।

Nada Auto Show 2026
Hardik health

संकटका बेला बजारमा मौलाउने अर्को विकृति कालाबजारी र कृत्रिम अभाव हो । आपूर्ति व्यवस्थापनमा हुने सानो कमजोरीले पनि उपभोक्तालाई मारमा पार्ने हुनाले नियमनकारी निकायले आफ्नो उपस्थिति प्रभावकारी बनाउनुपर्छ । निष्कर्षमा, संकट टार्नका लागि गरिने पूर्वतयारी कागजमामात्र सीमित नभई कार्यान्वयनमा सहज र सर्वसाधारणमैत्री हुनुपर्छ । परनिर्भरता घटाउने र स्वदेशी ऊर्जालाई आधार बनाउने ठोस नीति नै आजको आवश्यकता हो ।
 


प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP