Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अध्यादेशबाटै शासन संसदको अवमुल्यन
अध्यादेशबाटै शासन संसदको अवमुल्यन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २०, २०८३

सरकारले सिफारिस गरेको ७ अध्यादेशमध्ये पछिल्लो ३ दिनमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेका छन् । यी अध्यादेश सरकारले आफू निकट मानिसहरुलाई सरकारका विभिन्न निकायमा नियुक्ती दिने योजनाका साथ अघि जारी गरेको देखिन्छ । संसद बोलाइसकेको अवस्थामा हठात् बन्द गरेर सरकारले यस्ता अध्यादेशहरु अघि सारेको हो । सामान्यतय कानुनहरु संसदमा बहस चलेपछि त्यहाँ उठेका विषयहरुलाई समेटेर बनाइन्छ । तर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले संसद बन्द गरेर अध्यादेशको शासन शुरु गरेको छ ।

रास्वपालाई सदनबाट विधेयक पारित हुन्न भन्ने डर थिएन । किनकि प्रतिनिधि सभामा रास्वपा झन्डै दुईतिहाई बहुमत नजिक छ । कुनै पनि विधेयक दुबै सदनबाट पारित भएपछि राष्ट्रपतिले सदर गरिदिएसँगै कानुन बन्छ । रह्यो कुरा राष्ट्रिय सभाको । राम्रो विषयमा प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा रोकेको घटना विरलै छ ।

तर, सरकारले संसदहरुको कुरा सुन्न चाहेन । सिधै वालेन्द्र शाह नेतृत्वको सचिवालयको कुरा राखेर इमर्जेन्सी बाटो समात्यो । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ शनिबार राष्ट्रपतिले जारी गरिसकेको छ । यो अध्यादेशमा ११० भन्दा बढी कानुन संशोधन गरी विगतका सरकारले राजनीतिक नियुक्तीलाई खारेज गर्ने व्यवस्था राखिएको छ ।

Hardik health

राज्य सञ्चालनका लागि संविधानले विभिन्न आयोग र निकायहरुको व्यवस्था गरिएको छ । ती आयोग र निकायहरुका पदाधिकारी क्षमताका आधारमा नियुक्त हुन्छन् । यस्ता पदाधिकारी विगतका सरकारले आफू अनुकूल नियुक्त गर्थे । नयाँ सरकार आउँदा हटाउन खोजे अदालतले ती पदाधिकारीलाई थमौती दिइन्थ्यो ।

अब रह्यो रास्वपाको सरकारले ल्याएको अध्यादेशको विषय । यो अध्यादेश जारी भएसँगै राजनीतिक नियुक्ती खारेज गरेपछि अबको नियुक्ती कसरी हुन्छ त ? के रास्वपाले सरकारले गर्ने नियुक्ती चाहिँ राजनीतिक हुँदैन त ? पक्कै पनि यो राजनीतिक भन्दा बाहिर जाँदैन । राजनीतिभन्दा बाहिर जाने हो भने अब आयोग र यस्ता निकायको नियुक्ती लोकसेवा आयोगबाट परीक्षा गराएर गर्नुपर्छ । नभए प्रतिस्पर्धाका नाममा सरकारले छनोट समिति बनाएर गरिने हरेक नियुक्ती राजनीतिक हुन्छ । 

सबैभन्दा रमाइलो विषय त यस्तो अध्यादेश ६० दिनभित्र दुबै सदनबाट पारित भइसक्नुपर्छ । पारित नभए पनि राजनीतिक नियुक्ती त खारेज भइसकेको हुन्छ । तत्कालीन केपी शर्मा ओली सरकारले पनि यसरी नै नियुक्ती अघि बढाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न आयोगमा नियुक्ती दिएका थिए । त्यसरी नियुक्त गर्नु कानुनी अस्पष्टता हो । यसको फाइदा रास्वपा सरकारले पनि लिन लागेको छ । भोलि यही निर्णय रास्वपालाई भारी पर्न सक्छ ।  
 


प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP