Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संसद्मा प्रधानमन्त्रीको अशोभनीय व्यवहार
संसद्मा प्रधानमन्त्रीको अशोभनीय व्यवहार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २९, २०८३
Hardik health

सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै थिए । राष्ट्रपति रहुञ्जेल सदनमा प्रधानमन्त्रीदेखि सबै सांसदले शिष्टाचार पालना गर्नुपर्छ । मर्यादा र शिष्टाचार पालना गर्ने स्थानको रुपमा संसद्लाई लिइन्छ । अझ सत्तापक्षका सांसदले यो विषयमा विशेष ख्याल राख्नैपर्छ । तर राष्ट्रपतिले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा प्रधानमन्त्री वालेन्द्र शाह भने बीचैमा उठेर बेपत्ता भए । नेपालको संसदीय इतिहासमा प्रधानमन्त्रीले यस खालको अशोभनीय कार्य गरेको पहिलोपटक हो ।

के यो सरकारका प्रधानमन्त्री जनता, संसद् र राष्ट्रपतिभन्दा माथिको हो ? प्रधानमन्त्रीको यस्तो अशोभनीय र अभद्र व्यवहारले सरकारको शिष्टतामाथि प्रश्न उठेको छ । चौतर्फी प्रश्न उठेपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकार असिम शाहले बचाउ गर्ने कोसिस गरे । असिमले प्रधानमन्त्री अस्वस्थ भएकोले विश्राम गर्न पुगेको र पछि सदनको बैठकमा फर्केको दाबी गरे । जबकि प्रधानमन्त्री शाह निस्केपछि बैठकमा फर्केका थिएनन् । आफूले फेसबुकमा राखेको बचाऊ सन्देश असिमले केहीबेरमै डिलिट गरे । 
‘मलाई बोल्न दे सरकार !’ गीतबाटै चर्चामा छाएका र्‍यापर बालेन उर्फ वालेन्द्र शाह विसंगतिमाथि प्रश्न गरेकै कारण अहिले जनताको रोजी प्रधानमन्त्री बनेका छन् । वालेन्द्रलाई प्रधानमन्त्री बनाउनु समयको माग पनि हो । तर उनै वालेन्द्रलाई अहिले प्रश्न गर्न जोकोही डराउँछन् । अरु त अरु दुईतिहाइ नजिक मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने वालेन्द्रसँग प्रश्न गर्न सक्दैनन् । संसद्मा कसरी प्रस्तुत हुने भन्ने पार्टीको सहजीकरण कार्यक्रममा वालेन्द्र जाँदैनन् । सरकार पूर्णतया वालेन्द्रको सचिवालयको नियन्त्रणमा छ । रास्वपाका १८० सांसद वालेन्द्रका अगाडि ‘ज्यू हजुर’ गरी टाढैबाट नमस्कार गर्नेबाहेक अरु बोल्न सक्दैनन् ।

एकप्रकारले रास्वपामा राणाशासनको झल्को सुरु भएको छ । यसबारे बोल्न नसक्दा रास्वपामा पनि उकुसमुकुस सुरु भएको छ । यस्तो उकुसमुकुस धेरै थुनेर राख्न सकिँदैन । यस्तो सम्बन्ध धेरै टिक्दा पनि टिक्दैन र यस्तो अशोभनीय व्यवहार गर्ने लामो समय टिक्दा पनि टिक्दैन । रास्वपामा एकप्रकारको प्रशंसक पनि छन् जो वालेन्द्रलाई ‘राजाको नयाँ कपडा’ कथा शैलीमै उच्च प्रशंसा गरिरहेका छन् । शक्तिको उन्मादमा विगतका दुईतिहाइ निकट सरकार सत्ताबाट सडकमा पुगेको उदाहरण वालेन्द्र र तिनका प्रशंसकले सम्झनुपर्छ । बेलैमा यस्ता अशोभनीय व्यवहारको प्रयाश्चित गरेकै राम्रो ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP