Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नीति तथा कार्यक्रममा पर्याप्त छलफलको खाँचो
नीति तथा कार्यक्रममा पर्याप्त छलफलको खाँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २८, २०८३

नेपाली राजनीतिमा अहिले नयाँ उत्साह र केही नयाँ अभ्यासहरू भइरहेका छन् । झण्डै दुईतिहाइ बहुमतको जगमा उभिएको वर्तमान सरकारले आज आफ्नो नीति तथा कार्यक्रम संसद्मा पेस गर्दै छ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले यसपटक नागरिकबाट सीधै बजेटका लागि सुझाव मागेर एउटा सकारात्मक र आधुनिक मानक स्थापित गर्न खोजेको देखिन्छ । तर, यही उत्साहबीच संसद् सचिवालयले नीति तथा कार्यक्रमलाई केवल एक दिनमात्र छलफल गरेर पारित गर्ने जुन तयारी गरेको छ, त्यसले संसदीय लोकतन्त्रको आधारभूत मर्ममाथि नै प्रश्न उठाएको छ ।

नीति तथा कार्यक्रम केवल सरकारको वार्षिक कार्यतालिकामात्र होइन, यो मुलुकले लिने राजनीतिक, आर्थिक र सामाजिक दिशाको ऐना पनि हो । यस्तो महŒवपूर्ण दस्तावेजमाथि संसद्मा पर्याप्त बहस हुनुपर्छ । तर, यसलाई ‘फास्ट ट्र्याक’ बाट एकै दिनमा टुंग्याउन खोज्नुले संसद्लाई रबर स्ट्याम्प बनाउने जोखिम निम्त्याउँछ । २७४ जना सांसदहरू जनताका प्रतिनिधि हुन् । उनीहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या, राष्ट्रिय आवश्यकता र सरकारका नीतिमा रहेका कमजोरीमाथि बोल्न पाउनु उनीहरूको अधिकारमात्र होइन, कर्तव्य पनि हो । सबै सांसदले आफ्नो राय राख्न कम्तीमा एक हप्ताको समय छुट्ट्याइनुपर्छ, ता कि नीति निर्माणमा जननिर्वाचित प्रतिनिधिको प्रत्यक्ष स्वामित्व रहन सकोस् ।

प्रधानमन्त्री शाहले सीधै जनतासँग सुझाव मागेर जनप्रतिनिधिमाथि ‘क्रस चेक’ गर्ने जुन नीति लिएका छन्, त्यो सुन्दा लोकतान्त्रिक र प्रविधिमैत्री लाग्छ । विगतमा एउटा सानो योजनाका लागि पनि मन्त्रालयका चोटाकोठा धाउनुपर्ने र शक्ति केन्द्रको चाकडी गर्नुपर्ने प्रथालाई यसले चुनौती दिएको छ । यो सराहनीय पक्ष हो । तर, जनताको प्रत्यक्ष सुझाव लिने नाममा जननिर्वाचित संसद्को भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । यदि सरकारले संसद्मा छलफल गराउन आवश्यक ठान्दैन भने राष्ट्रपतिको सम्बोधनलाई केवल कर्मकाण्डी औपचारिकतामा मात्र सीमित गरिरहनुको के अर्थ ? बरु, सरकारको पोर्टलमा नीति सार्वजनिक गरी सर्वसाधारणको सुझावलाई पारदर्शीरूपमा वेबसाइटमै राख्ने र सोझै कार्यान्वयनमा लैजाने परिपाटी बसाल्दा हुन्छ ।

Hardik health

भनिन्छ, संसद् विपक्षीको हो । सरकारले आफ्ना कमीकमजोरी सुन्न र नीतिहरूलाई थप परिस्कृत बनाउन विपक्षी दलका सांसदहरूलाई पर्याप्त समय दिनुपर्छ । लोकतन्त्रमा बहुमतको सरकार भए पनि अल्पमतको आवाजको कदर हुनुपर्छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक र कानुनी बाध्यतालाई ढाल बनाएर छलफलको समय कटौती गर्नु उचित देखिँदैन । सरकारको अहिलेको कार्यसम्पादनको रफ्तार हेर्दा, एक हप्ता गहन छलफल गरेर प्राप्त भएका सुझावहरूलाई बजेटमा समेट्न प्राविधिकरूपमा कुनै कठिन छैन ।

अतः सरकारले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन संसद्मा पर्याप्त बहसको वातावरण सिर्जना गर्नुपर्छ । नीति तथा कार्यक्रममाथिको छलफल सांसदहरूको कार्यक्षमता प्रदर्शन गर्ने ‘कसी’ पनि हो । यसले उनीहरूलाई जिम्मेवार बनाउँछ र जनताले पनि आफ्ना प्रतिनिधिले देशको नीतिमा कस्तो योगदान दिइरहेका छन् भन्ने प्रत्यक्ष देख्न पाउँछन् । प्रक्रियालाई छोट्याएर उपलब्धि हासिल गर्ने हतारोमा लोकतन्त्रका मूल्यमान्यताहरू नमिचिऊन् भन्नेतर्फ सरकार र संसद् दुवै सचेत हुन जरुरी छ ।
 


प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP