Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आर्थिक स्थितिपत्रः रोगको पहिचान, उपचारको पर्खाइ
आर्थिक स्थितिपत्रः रोगको पहिचान, उपचारको पर्खाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १७, २०८३

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ ले मुलुकको अर्थतन्त्रको वास्तविक तस्बिर प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत यस प्रतिवेदनले अर्थतन्त्र पुनर्संरचनाको चरणमा रहेको दाबी गरिरहँदा हाम्रा आन्तरिक संरचनामा रहेका गम्भीर विरोधाभासहरूलाई पनि सतहमा ल्याइदिएको छ । स्थितिपत्रले औंल्याएको सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको नेपालको आकासिँदो सार्वजनिक ऋण र उत्पादनहीन अर्थतन्त्र हो ।

आर्थिक वर्ष २०७१/७२ मा मात्र पाँच खर्ब ४४ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण एक दशकको अवधिमा २९ खर्ब २९ अर्ब नाघ्नुले हाम्रो वित्तीय स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको संकेत गर्छ । ऋण लिनु आफैंमा नराम्रो होइन, तर लिइएको ऋणले उत्पादनमूलक क्षेत्रमा योगदान दिन नसक्नु र पुँजी निर्माणमा अपेक्षित भूमिका खेल्न नसक्नु चिन्ताको विषय हो । कूल गार्हस्थ उत्पादन (जिडिपी) को ३६ प्रतिशत बचत हुँदा पनि लगानी २८ प्रतिशतमा खुम्चनु र उपभोग ९३ प्रतिशत पुग्नुले हामी अझै पनि ‘कमाउने र बचाउने’ भन्दा ‘सापटी लिने र खर्च गर्ने’ उल्टो बाटोमा हिँडिरहेका छौं भन्ने पुष्टि गर्छ ।

अर्कोतर्फ, जिडिपीको संरचनामा सेवा क्षेत्रको हिस्सा ६२ प्रतिशत पुग्नु र उत्पादनमूलक क्षेत्र पाँच प्रतिशतमा सीमित हुनुले हाम्रो अर्थतन्त्र ‘रेन्ट–सिकिङ’ (बिचौलिया र आयातमा आधारित लाभ) प्रवृत्तिमा जकडिएको प्रस्ट पार्छ । जबसम्म उद्योग र कृषिको आधुनिकीकरणमार्फत वास्तविक उत्पादन बढ्दैन, तबसम्म रोजगारी सिर्जना र दिगो आर्थिक वृद्धिको लक्ष्य केवल कागजमा सीमित रहने छ । प्रतिवेदनले ठिकै ठहर गरेको छ कि- हामीलाई अब ‘निरपेक्ष उदारीकरण’मात्र होइन, बरु उद्यमशीलतालाई प्रोत्साहन गर्ने र नयाँ उद्यमीलाई बजारमा स्वागत गर्ने बृहत् संरचनात्मक सुधार चाहिएको छ 

Hardik health

सकारात्मक पक्षतर्फ हेर्दा, ऊर्जा क्षेत्रमा हासिल भएको चार हजार १०५ मेगावाटको उपलब्धि र डिजिटल अर्थतन्त्रतर्फको झुकाव आशालाग्दा किरण हुन् । १५ हजार मेगावाटको लक्ष्य र सूचना प्रविधिको उपयोगले नेपाललाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी बनाउन सक्छ । तर, शिक्षा क्षेत्रको तथ्यांकले भने झस्काउँछ । माध्यमिक तहको भर्ना दर ६० प्रतिशतभन्दा तल हुनुको अर्थ हाम्रो आधाभन्दा बढी भविष्यको जनशक्ति अदक्ष श्रमबजारमा होमिँदै छ ।

अन्ततः स्थितिपत्रले समस्याको पहिचान त गरेको छ, तर यसको सफलता ‘कार्यान्वयन’ मा निर्भर गर्छ । विगतमा पनि अवधारणागत अस्पष्टता र संस्थागत कमजोरीका कारण राम्रा योजनाहरू अलपत्र परेका उदाहरण धेरै छन् । अर्थमन्त्रीले भनेजस्तै उद्यमशीलतालाई दण्डित गर्ने नीतिगत झण्झटहरू हटाउँदै, सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा मोड्दै र विप्रेषणलाई पुँजी निर्माणमा प्रयोग गर्न सकेमात्र यो सुधारका योजनाले सार्थकता पाउने छ ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP