Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचनका प्रतिवद्धतामाथि दौडिएको सरकारी डोजर
निर्वाचनका प्रतिवद्धतामाथि दौडिएको सरकारी डोजर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ८, २०८३

विकास आफैंमा एउटा सुन्दर प्रक्रिया हो, तर जब विकासको मेसिन (डोजर) ले नागरिकको थातथलो र संवेदनालाई किल्चिन थाल्छ, तब त्यो ‘आतंक’ मा रूपान्तरण हुन्छ । हालै पर्साको वीरगञ्ज क्षेत्रमा सडक फराकिलो बनाउने बहानामा जसरी १३ वटा डोजर प्रयोग गरी बस्तीमा डोजर चलाइयो, त्यसले राज्यको क्रूर र अमानवीय अनुहार उदांगो पारेको छ । विकास हुनुपर्छ भन्नेमा दुईमत छैन, तर नागरिकलाई घरभित्रै थुनेर वा विकल्पहीन बनाएर उठिबास लगाउनु लोकतान्त्रिक सरकारको चरित्र होइन ।

यो घटनाले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसको नेतृत्वको दोहोरो चरित्रलाई छताछुल्ल पारेको छ । निर्वाचनका बेला ‘जनताको आवासको अधिकार सुरक्षित गर्ने’ र ‘डोजर आतंक मच्चाए छातीमा गोली थाप्न तयार हुने’ जस्ता उत्तेजक र भावनात्मक अभिव्यक्ति दिएका रास्वपा सभापति रवि लामिछाने आज आफ्नै पार्टीको सरकारले डोजर चलाउँदा मौन रहनु विडम्बनापूर्ण छ । चुनावी अभियानमा सस्तो लोकप्रियताका लागि गरिएका प्रतिबद्धताहरू सत्ताको कुर्सीमा पुगेपछि कसरी विस्मृतिमा जान्छन् भन्ने यो ज्वलन्त उदाहरण हो । प्रधानमन्त्रीका रूपमा वालेन्द्र शाहको कार्यशैली र भौतिक पूर्वाधारमन्त्रीको अदूरदर्शी निर्देशनले विधिको शासनभन्दा पनि ‘शक्ति प्रदर्शन’लाई प्रश्रय दिएको देखिन्छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले सर्वोच्च अदालतको फैसलालाई आधार देखाउँदै संरचना भत्काउनुलाई कानुनी दाउपेच मान्न सकिएला, तर मानवीय न्यायको कसीमा यो पूर्णतः असफल छ । कुनै पनि नागरिकलाई उसको बसोबासबाट हटाउनुअघि उचित सूचना, क्षतिपूर्ति र वैकल्पिक आवासको व्यवस्था गर्नु राज्यको संवैधानिक दायित्व हो । वीरगञ्जका स्थानीयले बिनासूचना घर भत्काइएको भन्दै गरेको आक्रोश जायज छ । सुरक्षाकर्मीको ठूलो घेरा हालेर जनतालाई आतंकित पार्दै विकास थोपर्नुले नागरिक र सरकारबीचको खाडलमात्र बढाउँछ ।

Hardik health

प्रतिपक्षी दलहरू र सामाजिक अभियन्ताहरुले उठाएका प्रश्नहरूलाई सरकारले हल्का रूपमा लिनु हुँदैन । सुकुम्बासी र न्यून आय भएका वर्गलाई संरक्षण गर्नुको साटो उनीहरूप्रति असहिष्णु बन्नुले सरकार केवल धनी र पहुँचवालाको मात्र हो भन्ने भान गराउँदछ । विकास मान्छेका लागि हो, मान्छेलाई घरबारविहीन बनाएर बनाइएका फराकिला सडकले समृद्धिको वास्तविक परिचय दिँदैनन् ।
अतः सरकारले तत्काल वीरगञ्जलगायत देशका विभिन्न क्षेत्रमा भइरहेको बलमिच्याइँ रोकी विस्थापित परिवारको पुनर्वास र उचित क्षतिपूर्तिको सुनिश्चितता गर्नुपर्छ । सत्तामा बस्नेहरूले निर्वाचनका बेला गरेका वाचा सम्झिनुपर्छ । विकासको नाममा मानवीय संवेदनालाई डोजरले नभत्काइयोस् । सरकारको काम जनतालाई सुरक्षा दिनु हो, त्रासमा राख्नु होइन ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP