Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रशासनिक सुधारको प्रस्थानबिन्दुः एकद्वार सेवा प्रणाली
प्रशासनिक सुधारको प्रस्थानबिन्दुः एकद्वार सेवा प्रणाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ७, २०८३

सार्वजनिक प्रशासनको मुख्य ध्येय नागरिकलाई झण्झटमुक्त र सुलभ सेवा प्रदान गर्नु हो । तर, नेपालका सरकारी कार्यालयहरूमा सामान्य कामका लागि पनि नागरिकले सास्ती खेप्नुपर्ने नियति पुरानो हो । यसै सन्दर्भमा गृह मन्त्रालयले देशभरका जिल्ला र इलाका प्रशासन कार्यालयहरूलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित जारी गरेको नौबुँदे निर्देशन अत्यन्तै सकारात्मक र समयसापेक्ष छ । यस कदमले नागरिक र राज्यबीचको दूरी घटाउने र सुशासनको प्रत्याभूति दिलाउने अपेक्षा गर्न सकिन्छ ।

विगतको अनुभव हेर्दा नागरिकता, राहदानी वा राष्ट्रिय परिचयपत्र बनाउन एउटै कार्यालयभित्रका विभिन्न कोठाहरू धाउनुपर्ने, प्रक्रिया स्पष्ट नहुँदा कर्मचारीबाटै उपेक्षित हुनुपर्ने र बिचौलियाको सहारा लिनुपर्ने बाध्यता व्याप्त थियो । गृह मन्त्रालयको नयाँ निर्देशनले यी बेथितिहरूलाई जरैदेखि उखेल्ने लक्ष्य राखेको देखिन्छ । सेवाग्राही छिर्नेबित्तिकै सहायता कक्ष (हेल्प डेस्क) को व्यवस्था हुनु, कागजात नपुगेको खण्डमा स्पष्ट टिपोट दिनु र टोकन प्रणालीमार्फत काम हुनुले कर्मचारीको तजबिजी अधिकारलाई सीमित गर्दै प्रणालीलाई पारदर्शी बनाउँछ ।

प्रशासनिक सेवामा देखिएको अर्को ठूलो समस्या कर्मचारीको व्यवहार र कार्यशैली हो । सेवाग्राहीलाई ‘भगवान्’ मान्नुको साटो बोझ सम्झिने प्रवृत्तिले सरकारी सेवाप्रति नैराश्यता बढाएको थियो । निर्देशनमा भनिएझैं सेवाग्राहीसँग मर्यादित भाषा प्रयोग गर्ने, अशक्त र अपांगता भएका व्यक्तिको गुनासो सुन्न प्रमुख जिल्ला अधिकारी आफैं उनीहरूसमक्ष पुग्ने र कर्मचारीको कार्यसम्पादनको वस्तुनिष्ठ मापन गर्ने पद्धतिले ‘जनताको सेवक’ भन्ने कर्मचारीको वास्तविक पहिचान स्थापित गर्न सक्छ । विशेषगरी बिचौलिया नियन्त्रणमा शून्य सहनशीलताको नीति लिनुले सर्वसाधारणलाई आर्थिक र मानसिक शोषणबाट बचाउने छ ।

Nada Auto Show 2026
Hardik health

यद्यपि, कागजमा गरिने निर्णय र जारी गरिने परिपत्र आफैंमा पर्याप्त हुँदैनन् । विगतमा पनि यस्ता थुप्रै सुधारका प्रयासहरू घोषणामा मात्र सीमित भएका उदाहरण प्रशस्त छन् । त्यसैले, यो नौबुँदे निर्देशनलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नु नै अहिलेको मुख्य चुनौती हो । प्रविधिको प्रयोगलाई बढावा दिने, कर्मचारीको क्षमता विकास गर्ने र नियमित अनुगमन प्रणालीलाई चुस्त राख्न सकेमात्र यो प्रणाली सफल हुने छ ।

एकद्वार सेवा प्रणाली केवल भौतिक सुधारमात्र नभएर प्रशासनिक मानसिकतामा आउनुपर्ने परिवर्तन पनि हो । यदि जिल्ला प्रशासन कार्यालयहरूले गृह मन्त्रालयको निर्देशनलाई अक्षरशः पालना गर्ने र सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्ने हो भने, यसले संघीय लोकतान्त्रिक गणतन्त्रको लाभांश जनतासम्म पु¥याउन ठूलो मद्दत गर्ने छ । अबको आवश्यकता ‘सुधार’ को घोषणामात्र होइन, ‘सुधार’ को अनुभूति हो ।
 


प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP