Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • स्वास्थ्य सेवामाथि खेलबाड नगर 
स्वास्थ्य सेवामाथि खेलबाड नगर 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २९, २०८२

सरकारले इन्धन खपत कम गर्ने र खर्च कटौती गर्ने तर्क अघि सार्दै सातामा दुई दिन सार्वजनिक बिदा दिने जुन निर्णय गरेको छ, त्यसले सार्वजनिक सेवा, विशेषगरी स्वास्थ्य क्षेत्रमा ठूलो अन्योल सिर्जना गरेको छ । कुनै ठोस गृहकार्य र व्यावहारिक पक्षको विश्लेषण नगरी ल्याइएको यो व्यवस्था विगतमा दुईपटक अभ्यास भएर असफल भइसकेको इतिहास छ । यस्तो असफल सावित भइसकेको प्रणालीलाई पुनः थोपर्न खोज्नु सरकारको अदूरदर्शितामात्र होइन, नागरिकको मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवामाथि खेलबाडसमेत हो ।

सातामा दुई दिन बिदा दिँदा सरकारी कार्यालयहरू त बन्द होलान्, तर अस्पतालजस्तो संवेदनशील क्षेत्र जहाँ बिरामीको चाप र आकस्मिकता सधैं रहन्छ, त्यहाँ यो नियम प्रत्युत्पादक देखिएको छ । आइतबार अस्पतालका बहिरंग (ओपिडी) सेवाहरू बन्द हुँदा दूरदराजबाट उपचारका लागि आएका र लामो समयदेखि पालो कुरेर बसेका सर्वसाधारण बिरामीहरू प्रत्यक्ष मारमा पर्ने छन् । स्वास्थ्य सेवाजस्तो अत्यावश्यक क्षेत्रलाई अन्य प्रशासनिक कार्यालयसरहकै सूचीमा राखेर बिदाको निर्णय गर्नु नै अव्यवहारिक कदम हो ।

यही अन्योलकाबीच स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । तर, नेपाल चिकित्सक संघले पर्याप्त जनशक्ति र स्रोतसाधनको अभाव देखाउँदै उक्त निर्देशनलाई ठाडै अस्वीकार गरेको छ । चिकित्सकहरूले २४सै घण्टा सेवा दिइरहेको अवस्थामा थप कार्यभार थोपर्नु न्यायपूर्ण नहुने संघको तर्कलाई पूर्णतः इन्कार गर्न सकिन्न । यद्यपि, विभिन्न अस्पतालहरूले सेवा सञ्चालन गर्ने र नगर्ने विषयमा फरक-फरक सूचना जारी गर्दा बिरामीहरू कुन अस्पताल जाने र कुन नजाने भन्ने ठूलो अन्योलमा पर्ने देखिएको छ ।

Nada Auto Show 2026
Hardik health

यो अवस्थाले राज्यका निकाय र जिम्मेवार पेसागत संघबीचको समन्वयको अभावलाई उदांगो पारेको छ । स्वास्थ्य मन्त्रालय र चिकित्सक संघ एकअर्काविरुद्ध विज्ञप्ति र चेतावनीमा उत्रिनुभन्दा पनि संवादको माध्यमबाट समाधान खोज्न जुट्नु आवश्यक छ । मन्त्रालयले निर्देशनमात्र जारी गर्ने तर आवश्यक जनशक्ति र सुविधा थप नगर्ने, अनि संघले पनि बिरामीको संवेदनशीलतालाई बिर्सेर सेवा नै ठप्प पार्ने अडान लिनु दुवै पक्षको गैरजिम्मेवारीपन हो ।

सरकार र चिकित्सक संघको स्वार्थ र प्रतिष्ठाको लडाइँमा सर्वसाधारण नागरिकले सास्ती बेहोर्नु हुँदैन । बिरामीको उपचार पाउनुपर्ने अधिकारलाई कुण्ठित गर्ने कुनै पनि निर्णय वा हडताल स्वीकार्य हुन सक्दैन । तसर्थ, सरकारले अव्यवहारिक बिदाको निर्णयमा पुनर्विचार गर्नुपर्छ र चिकित्सक संघले पनि बिरामीको हितलाई केन्द्रमा राखेर व्यावहारिक विकल्पमा छलफल गर्नुपर्छ । 
 


प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP