Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महँगी बढाउने सरकारी कदम
महँगी बढाउने सरकारी कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २६, २०८२

सरकारले व्यवसायीको दबाबमा परेर सार्वजनिक यातायात र मालबाहक सवारीको भाडा बढाएको छ । इन्धनको मूल्य बढेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यातायात व्यवस्था विभागले बुधबार भाडा समायोजन गरेको हो । जसअनुसार यात्रुवाहक सवारीको १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनका लागि २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीसाधनको १५.७५ प्रतिशत भाडा बढाइएको छ । 

अमेरिका–इजरायल र इरानको जारी द्वन्द्वका कारण विश्वभर तेल आपूर्ति संकटमा परेको छ । विश्वभर तेलको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले यही अनुपातमा तेलको मूल्य बढाइसकेको छैन । यस्तो अवस्थामा तत्काल सवारी भाडा बढाउन नहुने हो । दुई वर्षअघि सरकारले सवारी भाडा ३.३० प्रतिशतसम्म बढाएको थियो । त्यसपछि पेट्रोलियम पदार्थको मूल्य घट्दा भने भाडा घटाउने कुनै चासो नै देखाएन । सार्वजनिक यातायातको भाडा एकपटक बढेपछि घट्दैन । तर तेलको मूल्य भने स्वचालित हुन्छ । घटबढ भइरहन्छ । अझ अन्तर्राष्ट्रिय बजारमा बढेजसरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छैन । झण्डै प्रतिलिटर ६५ रुपैयाँ रकम सरकारले सहुलियत नै दिइरहेको छ । तीन सातामा सरकारले पेट्रोलको मूल्य ४५ रुपैयाँ बढाएको छ । अधिकांश सवारी डिजेलबाट चल्ने छन् । सरकारले डिजेलको मूल्य पेट्रोलको अनुपातमा बढाएको पनि छैन ।

अहिले देशको अर्थतन्त्र निकै ओरालो लागेको अवस्था छ । चारैतर्फ महँगी चर्किएको छ । खाडी क्षेत्रको संकटले देशमा आउने रेमिट्यान्स घट्नेतर्फ संकेत गरिरहेको छ । देशमा लगानी गर्न धेरै डराएका छन् । घरजग्गा कारोबार निकै खस्किएको छ । बैंकको ऋण लिन मानिसहरु डराइरहेका छन् । यस्तो अवस्थामा देश पुगेको बेला सरकारले व्यवसायीसँग मिलेर यातायातको भाडा बढाउनु भनेको समाजलाई अप्ठेरो परेको बेला लुटतन्त्रलाई प्रश्रय दिनु हो ।

Hardik health

मौकामा चौका हान्ने व्यवसायीको पुरानै नीति हो । सरकारले यस्तो बेला विवेकले काम गर्नुपर्छ । व्यवसायी र बिचौलियालाई हदैसम्म कडाइ गर्ने दाबी गरेको सरकार सुरुमै झुकेको देखिएको छ । भाडादर बढाउने अर्को आधार भनेको सवारीसाधनमा काम गर्ने कर्मचारीको तलब, मर्मतसम्भार खर्च, ब्याजदर, टायर, लुब्रिकेन्टजस्ता खर्च पनि हो । अहिले बैंकको ब्याजदर खस्किएको छ भने बसका कर्मचारीको तलब बढेको छैन । 

सार्वजनिक सवारीको भाडा बढ्नु भनेको देशभर महँगी बढ्नु हो । यो सूचकलाई ध्यानमा राखेर सरकारले सर्वसाधारणको पनि कुरा सुन्नपथ्र्यो । पहिले सरकारले विद्यार्थी संगठनदेखि उपभोक्ताहरुको पनि कुरा सुन्थ्यो । तर यो सरकारले विद्यार्थी संगठन खारेज गर्नेदेखि उपभोक्ताहरुको आवाज दबाउने नीति पहिले नै लिइसकेको छ । अब व्यवसायीसँग मिलेमतो गरेर महँगी बढाउने मेलो अपनाए जनता सडकमा आउने छन् । यसैले अधिकतम् भाडा बढाउने निर्णय पुनर्विचार गरियोस् ।
 


प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP