Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संसदीय मर्यादाको पुनर्जागरण र रास्वपाको सुझबुझ
संसदीय मर्यादाको पुनर्जागरण र रास्वपाको सुझबुझ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ६, २०८३

नेपाली संसदीय राजनीतिमा एउटा पुरानो र घातक रोग थियो- शक्ति व्यवस्थापनका नाममा भागबण्डा र पदको मोह । विशेषगरी सार्वजनिक लेखा समिति, जसलाई सरकारको खर्चमाथि लगाम लगाउने र पारदर्शिताको पहरेदारी गर्ने ‘वाचडग’ मानिन्छ, त्यसको नेतृत्व विगतमा सत्तापक्षकै कब्जामा रहने गरेका थुप्रै कुरुप उदाहरणहरू छन् । तर, हालै विकसित राजनीतिक घटनाक्रम र १८२ सिटसहित संसद्को पहिलो शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापति चयनमा जुन सुझबुझ देखाएको छ, त्यसले नेपाली राजनीतिमा एउटा नयाँ र सकारात्मक मानक स्थापित गर्ने संकेत गरेको छ ।

सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई नै दिनुपर्छ भन्ने कुनै संवैधानिक बाध्यता नभए पनि यो संसदीय पद्धतिको एउटा सुन्दर ‘अघोषित’ मर्म हो । विगतमा नेकपा एमाले र नेपाली कांग्रेसले सत्ताको बागडोर सम्हाल्दा यस मर्मलाई पटक-पटक कुल्चिएका थिए । कहिले ऋषिकेश पोखरेल त कहिले भरतकुमार शाहका सन्दर्भमा देखिएका विवादहरूले यो पुष्टि गर्दथ्यो कि सत्तापक्ष आफ्ना कमजोरी लुकाउन लेखा समितिलाई खल्तीमा राख्न चाहन्छ । तर, यसपटक कांग्रेसका सांसद भरतबहादुर खड्कालाई सर्वसम्मत सभापति चयन गर्नुले ‘सुधारको राजनीति’ को झल्को दिएको छ ।

रास्वपा सभापति रवि लामिछानेले भनेझैं, ‘कहिलेकाहीँ संविधानको मर्मलाई हेर्नुपर्छ ।’ लोकतन्त्रमा बहुमतको सरकार चल्छ, तर अल्पमतको (प्रतिपक्षको) आवाज सुनिनुपर्छ । १८२ सिटको प्रचण्ड बहुमत हुँदाहुँदै पनि सरकारलाई जवाफदेही बनाउने प्रमुख समितिको साँचो प्रतिपक्षलाई सुम्पनुले रास्वपाले आफूलाई ‘पुराना दलभन्दा फरक’ प्रमाणित गर्ने कोसिस गरेको छ । 

Nada Auto Show 2026
Hardik health

विगतमा कांग्रेस र एमाले दुवैले सत्तामा रहँदा लेखा समिति नछोडेर संसदीय सदाचारको जुन धज्जी उडाएका थिए, त्यसबाट पाठ सिकेर अघि बढ्नु आजको आवश्यकता हो । निर्वाचनमा जनताले पुराना दलहरूलाई खुम्च्याएर प्रतिपक्षमा पु¥याउनुको अर्थ उनीहरूलाई सुधारिने मौका दिनु पनि हो । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षलाई ‘गल्ती सच्याउने’ अवसर दिनुले संसद्को गरिमा बढाउँछ ।

यहाँ पद पाउनुमात्र ठूलो कुरा होइन, त्यसको गरिमा जोगाउनु असल संसदीय अभ्यास हो । नवनिर्वाचित सभापति खड्का र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो जिम्मेवारीलाई केवल राजनीतिक ‘बार्गेनिङ’ को थलो बनाउनु हुँदैन । सरकारलाई रचनात्मक दबाब दिने र बेथितिमाथि प्रश्न उठाउने थलोको रूपमा लेखा समितिलाई क्रियाशील बनाउन सकेमात्र रास्वपाले गरेको यो ‘करेक्सन’को सान्दर्भिकता पुष्टि हुने छ ।
 


प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP