Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन
नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २९, २०८२

मोरङ -नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को नयाँ नेतृत्व सर्वसम्मत चयन गरी दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो ऐतिहासिक अधिवेशन पथरी शनिश्चरे–७, लामाटोलस्थित तामाङ बौद्ध सांस्कृतिक भवनमा भव्य रूपमा सम्पन्न भएको हाे ।

प्रदेश अध्यक्ष रेखबहादुर घिसिङको अध्यक्षतामा संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा उक्त अधिवेशन  सम्पन्न भएको थियो। कार्यक्रममा संघीय सहअध्यक्ष कुमार घिसिङ, वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्बोन तामाङ, कोषाध्यक्ष रुप योन्जान,  प्रहरी सेना कर्मचारी समन्वय विभाग प्रमुख मित्रसेन तामाङ, संघीय सदस्य बिलाम मुक्तान, दिलबहादुर पख्रिन, शान्ता मोक्तान, धनबहादुर तामाङ युवा घेदुङ संघीय उपाध्यक्ष मनोज योन्जान, सशिकार लामा लगायतको विशेष उपस्थिति रहेको थियो। 

साथै प्रदेशका १४ जिल्लाबाट आएका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोहन गोले तामाङले तामाङ समुदाय नेपालको अत्यन्तै पुरानो समुदाय भए पनि राज्यको नीतिका कारण पछाडि परेको उल्लेख गरे। उनले तामाङ समुदायको शैक्षिक अवस्था अझै कमजोर रहेको र सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

Hardik health

संघीय सहअध्यक्ष कुमार घिसिङले नेपाल तामाङ घेदुङ २००८ सालदेखि सुरु भई २०१३ सालदेखि संस्थागत रूपमा अगाडि बढेको उल्लेख गर्दै देश तथा विदेशमा संगठन विस्तार हुँदै आएको बताए। उनले तामाङहरूको संस्कार, संस्कृति जोगाउन अग्रजहरूको योगदान महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे।

वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्बोन तामाङले समुदायलाई सचेत र एकताबद्ध हुन आग्रह गर्दै राजनीतिक पहुँच विस्तार गर्न आवश्यक रहेको बताए। “पहिले जाति र त्यसपछि पार्टी” भन्ने भावनाले मात्र एकता सम्भव हुने उनको भनाइ थियो।त्यसैगरी मित्रसेन तामाङले लामो समयदेखि प्रशिक्षण र अभियान सञ्चालन हुँदा पनि अपेक्षित एकता नआएको उल्लेख गर्दै अब एकताबद्ध भएर राजनीतिक रूपमा सशक्त बन्नुपर्नेमा जोड दिए।

संघीय कोषाध्यक्ष रुप बहादुर योन्जानले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।अधिवेशनको बन्दसत्रबाट निर्वाचन प्रक्रिया सम्पन्न गर्दै नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।

अधिवेशनबाट सर्वसम्मत चयनमा अध्यक्षमा जगत तामाङ,दुई उपाध्यक्षमा एकराज तामाङ र रुपनारायण तामाङ गोले, महिला उपाध्यक्षम बिनिता थिङ तामाङ,मुख्य सचिवमा फणीन्द्र तामाङ रहेका छन् ।सदस्यहरूमा  हस्ताबहादुर तामाङ, खड्का कुमार तामाङ, धनबहादुर तामाङ, टेकबहादुर तामाङ, इन्द्रकुमार योन्जान, जयबहादुर तामाङ, जितेन्द्र तामाङ निर्वाचित भएका छन् । 

अधिवेशनले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साथै तामाङ समुदायको पहिचान, अधिकार संरक्षण तथा समग्र विकासका लागि आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको जनाइएको छ।


प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP