काठमाडौं - नेपाल आदिवासी महिला जनजाति महासंघ(निफ)का महासचिव शाेभा सुनुवारले महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्ने माग गरेकी छन् । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा नेपाल आदिवासी जनजाति महासंघ(नेफिन)को ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बाेदन गर्दै उनले साे बताएकी हुन् ।
‘प्राकृतिक स्रोत जल, जंगल र जमिन माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर । प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरुको पुनः नामांकन गर ’ नारासहित नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । कार्यक्रमकाे सभापतिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा र प्रमुख आतिथिमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको रहेकाे थिए ।
२०४७ सालमा स्वअस्तित्वमा रहेकोमा महिला आदिवासीलाई राज्यले उपेक्षित गरेकाे इतिहास स्मरण गराइन् । 'राज्यको कुनै पनि क्षेत्रमा महिला आदिवासीकाे अस्तित्व छैन । अहिले पनि सडकमै उठ्ने क्रम जारी छ । देशकाे १८ % महिला आदिवासी महिलाले प्रतिनिधित्व गर्दै गर्दा पनि आदिवासी महिला पछाडि नै छ । ' अस्तित्वको नाममा विखडन भइराखेको छ, आवाज उठाएर मात्र हैन कार्यन्यनमा पुग्नुपर्ने उनले जाेड दिइन् । याे महाधिवेशनले महिला पात्र अघि सर्नका लागि आह्यान गरिन् ।
भृकुटीमण्डपबाट विहान ११ बजेबाट सुरु भई ५६ जातिय झाँकी र्यालीसहित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीकाे सभाकक्षमा भेला भएकाे नेफिनका महासचिव दिवस राईले बताए । उद्घाटन समारोहमा शेर्पा समूदायकाे टुग्ना गीत र नृत्य,मगरकाे काैरा नाच प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा विभिन्न संघसंस्था,जातिय संस्था,माननियहरुकाे उपस्थिति रहेकाे थियाे ।