Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रात्रिकालीन बसः सुरुआत सुखद, निरन्तरताको चुनौती
रात्रिकालीन बसः सुरुआत सुखद, निरन्तरताको चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ३, २०८३

काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालनमा आउनु आफैंमा एक सुखद र स्वागतयोग्य कदम हो । काठमाडौं महानगरपालिका र साझा यातायातको सहकार्यमा सुरु भएको यो सेवाले रातिको समयमा यात्रा गर्न बाध्य सर्वसाधारण, विशेषगरी श्रमिक, विद्यार्थी, र अस्पताल आउने-जाने बिरामीका आफन्तहरूलाई ठूलो राहत दिने निश्चित छ । तर, विगतको अनुभवलाई हेर्दा यो सेवाको निरन्तरतामा भने आशंका गरिएको छ ।

राजधानीजस्तो व्यस्त सहरमा राति ८ बजेपछि सार्वजनिक यातायात ठप्प हुनु र सर्वसाधारणले महँगो ट्याक्सी वा निजी सवारीको भर पर्नुपर्ने अवस्था थियो । यस्तो अवस्थामा महानगरले विद्युतीय बसमार्फत हरेक २० मिनेटको अन्तरालमा सेवा दिने जुन योजना ल्याएको छ, त्यसले ‘सहर सुते पनि सेवा सुत्दैन’ भन्ने सन्देश दिन खोजेको छ । यसअघि पनि पटक-पटक रात्रिकालीन बस सेवा सुरु नगरिएका होइनन्, तर ती केही हप्ता वा महिनामै बन्द भए । विगतमा पर्याप्त सुरक्षाको अभाव, न्यून यात्रु संख्या र कमजोर व्यवस्थापनका कारण ती प्रयासहरू असफल भएका थिए ।

यसपटकको सेवालाई विगतको नियतिबाट जोगाउन महानगर र साझा यातायातले विशेष ध्यान दिनु जरुरी छ । पहिलो सर्त ‘सुरक्षा’ हो । बसमा सिसिटिभी क्यामरा र नगर प्रहरीको उपस्थिति हुनु सकारात्मक छ, तर बस स्टपसम्म पुग्ने र ओर्लिएर घरसम्म पुग्ने सडकमा सुरक्षा सुनिश्चितता नभएसम्म यात्रुहरू ढुक्क भएर निस्कन सक्दैनन् । दोस्रो पक्ष ‘नियमितता’ हो । यात्रुले २० मिनेटमा बस आउँछ भन्ने विश्वास नपाएसम्म उनीहरूले यस सेवालाई विकल्पका रूपमा रोज्ने छैनन् ।

Nada Auto Show 2026
Hardik health

यस सेवालाई प्रभावकारी बनाउन केवल दुईवटा रुटमात्र पर्याप्त छैनन् । चक्रपथ र अन्य भित्री सडकहरूमा पनि विस्तारै यसको सञ्जाल फैलाउनु आवश्यक छ । साथै, यो सेवालाई एक व्यावसायिक र व्यवस्थित मोडेलमा लैजानुपर्छ । रात्रिकालीन समयमा न्यून यात्रु हुने समस्यालाई सम्बोधन गर्न रुट र समयको सही तालमेल मिलाउनुपर्छ ।

रात्रिकालीन बस सेवा सुरु हुनुमात्र ठूलो कुरा होइन, यसलाई निरन्तरता दिनु ठूलो चुनौती हो । विगतका गल्तीबाट पाठ सिक्दै, यसलाई औपचारिकताका लागिमात्र सीमित नराखी सहरको रात्रिकालीन अर्थतन्त्रलाई चलायमान बनाउने मेरुदण्डका रूपमा विकास गरिनुपर्छ । रात्रिकालीन बससेवालाई निरन्तरता दिन र यसलाई थप प्रभावकारी बनाउन काठमाडौं सहरलाई साँच्चिकै जीवन्त बनाउनुपर्छ । हुन त दरबारमार्ग, ठमेल जस्ता मुख्य पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा खुला गर्ने प्रयास नभएका होइनन्, ती प्रयास सफल भएनन् । असफल हुनुको कारण पहिचान गरी यी ठाउँहरुलाई रातिको समय पनि चलायमान बनाउन सके रात्रिकालीन बससेवाको औचित्य थप बढ्ने छ ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP