Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
समाचार
  • Home
  • समाचार
  • बागमतीमा सञ्चालित सीपमूलक तालिमको सेवा खरिद प्रक्रियामै झेल !
बागमतीमा सञ्चालित सीपमूलक तालिमको सेवा खरिद प्रक्रियामै झेल !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २७, २०८२

काठमाडौं- बागमती प्रदेशअन्तर्गत प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्वारा सञ्चालन गरिएको सीपमूलक तालिम कार्यक्रमको सेवा खरिद प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ । सरोकारवाला तालिम प्रदायक संस्थाहरूले प्रेस विज्ञप्ति जारी गर्दै हाल आह्वान गरिएको प्रस्ताव प्रक्रिया पारदर्शिता, निष्पक्षता र प्रतिस्पर्धात्मक सिद्धान्तअनुसार नभएको आरोप लगाएका छन् । 

आर्थिक वर्ष २०८२/०८३ का लागि करिब सात सय जना लाभग्राहीलाई लक्षित गरी इलेक्ट्रोनिक सरकारी खरिद प्रणालीमार्फत इच्छापत्र आह्वान तथा प्रस्ताव आह्वान गरिएको थियो । तर, प्रस्ताव मूल्यांकन र निर्णय प्रक्रियामा अपनाइएको विधि पारदर्शी नभएको, प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्यांकनमा असामान्य अंक वितरण भएको र न्यून लागत प्रस्ताव गर्ने संस्थाहरूलाई बेवास्ता गरिएको आरोप छ । 

सरोकारवालाहरूले प्रस्ताव आह्वान दस्तावेजमा उल्लेख भएअनुसार पूर्व–प्रस्ताव बैठकसमेत आयोजना नगरिएको, मूल्यांकन प्रक्रिया अत्यन्त छोटो समयमा सम्पन्न गरिएको र सीमित संस्थाहरूलाई मात्र अनुकूल हुने गरी कार्यसम्पादन शर्त तथा मूल्यांकनका आधार तयार गरिएको दाबी गरेका छन् । यसले समग्र खरिद प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ । 

Hardik health

त्यस्तै, आर्थिक प्रस्ताव खोल्ने प्रक्रियासमेत पारदर्शी रूपमा सम्पन्न नभएको र मूल्यांकनमा संलग्न व्यक्तिहरूबीच सम्भावित स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था रहेको आरोप पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । परिषद् स्थापनाकालदेखि नै नीतिगत निर्णय तथा खरिद प्रक्रियामा नेतृत्व तहबाट हस्तक्षेप भएको आशंका व्यक्त गर्दै यसले वर्तमान प्रक्रिया समेत प्रभावित भएको सरोकारवालाहरूको भनाइ छ ।

अर्कोतर्फ, सार्वजनिक सूचना प्रवाहमा समेत कमजोरी देखिएको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि प्रकाशित इच्छापत्र आह्वान सम्बन्धी सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित नभएको र परिषद्को आधिकारिक वेबसाइटमा समेत नदेखिएको दाबी गरिएको छ, जसले खुला प्रतिस्पर्धाको आधारभूत सिद्धान्त प्रभावित भएको जनाइएको छ । 

यसैबीच, ‘सीपमूलक तालिम कार्यक्रम सञ्चालन कार्यविधि, २०८०’ मा रहेको कम्तीमा ७ वर्षको अनुभव र चार हजार जनालाई तालिम दिएको प्रावधानले साना तथा मध्यम तालिम प्रदायक संस्थालाई प्रतिस्पर्धाबाट बाहिर राख्ने जोखिम रहेको भन्दै उक्त प्रावधान पुनरावलोकन गर्नुपर्ने माग पनि उठाइएको छ । सरोकारवाला संस्थाहरूले बागमती प्रदेश सरकारसँग छानबिन समिति गठन गरी सम्पूर्ण खरिद तथा मूल्यांकन प्रक्रियाको अनुसन्धान गर्न, विवादित प्रस्ताव आह्वान प्रक्रिया अस्थायी रूपमा रोक्न, र आवश्यक परे पुनः मूल्यांकन गर्न माग गरेका छन् । साथै, भविष्यमा यस्ता समस्या दोहोरिन नदिन खरिद प्रक्रिया र तालिम व्यवस्थापन प्रणालीमा नीतिगत तथा संरचनागत सुधार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्थिक अनुशासन कायम गराउने मुख्य लक्ष्यमा लेखा समितिले काम गर्छ: सभापति खड्का
आर्थिक अनुशासन कायम गराउने मुख्य लक्ष्यमा लेखा समितिले काम गर्छ: सभापति खड्का सोमबार, जेठ ११, २०८३
पालिकाद्वारा विद्यालय बन्द
पालिकाद्वारा विद्यालय बन्द सोमबार, जेठ ११, २०८३
प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने सोमबार, जेठ ११, २०८३
सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार
सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार सोमबार, जेठ ११, २०८३
लुम्बिनीको नीति तथा कार्यक्रमः सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकता
लुम्बिनीको नीति तथा कार्यक्रमः सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकता सोमबार, जेठ ११, २०८३
सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर
सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर सोमबार, जेठ ११, २०८३
‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार
‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP