Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सभामुख अर्यालका चुनौती
सभामुख अर्यालका चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २३, २०८२

नेपाली राजनीतिको एउटा विशिष्ट मोडमा प्रतिनिधिसभाले डोलप्रसाद अर्याललाई नयाँ सभामुखका रूपमा निर्विरोध चयन गरेको छ । ‘जेन-जी’ आन्दोलन र त्यसपछिको निर्वाचनले निर्माण गरेको नयाँ राजनीतिक समीकरणकाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति अर्यालको काँधमा संसद्को नेतृत्व आइपुग्नु आफैंमा अर्थपूर्ण छ । पदभार ग्रहणका क्रममा उनले व्यक्त गरेको ‘युवाहरूले आन्दोलन गर्न नपर्नेगरी कानुन बनाउने’ प्रतिबद्धता सुन्दा उत्साहजनक लागे पनि व्यवहारमा यसको कार्यान्वयन र संसदीय सञ्चालनका चुनौतीहरू भने निकै पहाडसमान छन् ।

नवनियुक्त सभामुखका सामु पहिलो र प्रमुख चुनौती संसद्को निष्पक्षता कायम राख्नु हो । २७५ सदस्यीय प्रतिनिधिसभामा उनी आबद्ध दल रास्वपाको १८२ सिटसहितको भारी बहुमत छ । यस्तो अवस्थामा सभामुखले दलीय स्वार्थ र दबाबभन्दा माथि उठेर अल्पमतमा रहेका दलहरूको आवाजलाई पनि उत्तिकै स्थान दिनु र सदनलाई साझा थलोको रूपमा स्थापित गर्नु अनिवार्य छ । संसद्को गरिमा र मर्यादा तबमात्र जोगिन्छ, जब सदनको नेतृत्वले सत्ता पक्षको छाया र प्रतिपक्षको अवरोध दुवैलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्छ ।

दोस्रो महŒवपूर्ण जिम्मेवारी विधायिकी कार्यको प्रभावकारिता हो । पछिल्लो समय संसद् विधेयक निर्माणभन्दा पनि राजनीतिक दाउपेचको अखडा बन्ने गरेको जनगुनासो व्याप्त छ । देशको आर्थिक र सामाजिक रूपान्तरणका लागि आवश्यक दर्जनौं कानुनहरू निर्माणको पर्खाइमा छन् । अर्यालले भनेझैं आन्दोलनपछिको पुनर्निर्माण र नयाँ पुस्ताको भावना सम्बोधन गर्ने नीतिहरू बनाउनु चुनौतीपूर्ण छ । विधेयकहरूलाई समयमै अगाडि बढाउने, संसदीय समितिहरूलाई सक्रिय बनाउने र सांसदहरूको सहभागिता सुनिश्चित गर्ने कार्यमा उनले आफ्नो प्रशासनिक र राजनीतिक कुशलता देखाउनुपर्ने छ ।

Hardik health

तेस्रो, जनअपेक्षा र विश्वासको सन्तुलन मिलाउनु अर्को कठिन कार्य हो । जेन-जी युवाहरूको बलिदान र आक्रोशबाट सिर्जित नयाँ नेतृत्वप्रति जनताको आशा निकै उच्च छ । आन्दोलनमा ध्वस्त भएका संरचनाको पुनर्निर्माणका लागि कानुनी गाँठो फुकाउने र सरकारलाई जनताप्रति उत्तरदायी बनाउन खबरदारी गर्ने जिम्मेवारी सभामुखकै हो । सरकारका काम-कारबाहीको निगरानी गर्ने र सदनलाई ‘गफ गर्ने थलो’ बाट ‘नतिजा दिने संस्था’मा रूपान्तरण गर्नु नै उनको कार्यकालको सफलताको कसी हुने छ ।

अन्ततः सभामुख अर्यालले आफूलाई केवल एउटा दलको नेताका रूपमा नभई समग्र राष्ट्रको अभिभावकीय संस्थाको प्रमुखका रूपमा प्रमाणित गर्नुपर्ने छ । राजनीतिक ध्रुवीकरण र मतभेदको अन्त्य गर्दै संसद्लाई जनमुखी, पारदर्शी र परिणाममुखी बनाउन सकेमात्र उनीप्रतिको जनविश्वास सार्थक हुने छ । नयाँ सभामुखलाई यो ऐतिहासिक अवसर र चुनौतीलाई अवसरमा बदल्ने दृढ इच्छाशक्तिको खाँचो छ ।
 


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ मंगलबार, जेठ १२, २०८३
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP