Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कूटनीतिमा लिपुलेकः विज्ञप्तिभन्दा माथिको पहल आवश्यक
कूटनीतिमा लिपुलेकः विज्ञप्तिभन्दा माथिको पहल आवश्यक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २१, २०८३

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने निर्णयले फेरि एकपटक नेपालको सार्वभौमिकता, कूटनीति र भू-राजनीतिक संवेदनशीलताको प्रश्नलाई सतहमा ल्याएको छ । धार्मिक आस्थासँग जोडिएको यो विषय तीर्थाटनको सीमाभित्रमात्रै सीमित छैन, छिमेकी राज्यबीचको विश्वास, सिमाना र सम्मानको मुद्दालाई फेरि बहसमा ल्याएको छ ।

हुन त नेपाल सरकारले औपचारिकरूपमा आपत्ति जनाउँदै स्पष्ट पारेको छ कि सुगौली सन्धि १८१६ अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग हुन् । यो दाबी भावनात्मक वा राजनीतिक वक्तव्यमात्र होइन, ऐतिहासिक सन्धि, नक्सा र प्रमाणमा आधारित छ । त्यसैले नेपालको भूमिमाथि तेस्रो पक्षबीच सहमति गरेर गतिविधि सञ्चालन गर्नु कूटनीतिक दृष्टिले अस्वीकार्यमात्र होइन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताविरुद्ध पनि हो ।

उसो त भारत र चीनबीच लिपुलेक नाका प्रयोग गरेर मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने सहमति असामान्य विषय होइन । दुई ठूला छिमेकी राष्ट्रबीच धार्मिक पर्यटन विस्तार गर्नु स्वाभाविक पनि देखिन सक्छ । तर, समस्या त्यहाँ उत्पन्न भयो, जहाँ विवादित क्षेत्रलाई बेवास्ता गर्दै सम्बन्धित तेस्रो देश नेपाललाई औपचारिक जानकारीसमेत नदिइकन निर्णय कार्यान्वयनतर्फ अघि बढाइयो । जबकि, कुनै पनि सार्वभौम राष्ट्रका लागि यस्तो कार्य स्वीकार्य हुन सक्दैन ।

Hardik health

यो घटना नेपालका लागि कूटनीतिक कमजोरीको उपज पनि हो । वर्षौंदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको विवाद समाधान हुन सकेको छैन । विभिन्न समयमा नेपालले आपत्ति जनाए पनि व्यवहारतः कूटनीतिक माध्यमबाट भारतसँग संवाद गरेर समाधान गर्न अक्षमता प्रकट गरिरहेको छ । 

अहिले चीनसमेत अप्रत्यक्ष रूपमा भारतसँग स्वीकार्दै कैलाश मानसरोवार यात्राका लागि सहमति प्रक्रियामा सहभागी हुनु नेपालका लागि थप जटिलता निम्त्याउने पक्ष हो । यस प्रसंगमा नेपालको कूटनीतिक रणनीति कस्तो हुनुपर्छ भन्ने प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छ । पहिलो त नेपालले आफ्नो दाबीलाई केवल प्रेस विज्ञप्ति र वक्तव्यमा सीमित राख्नु हुँदैन । ठोस कूटनीतिक पहल गर्नुपर्छ । द्विपक्षीय तथा त्रिपक्षीय संवादको संरचना र अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास आवश्यक छ । दोस्रो, ऐतिहासिक प्रमाण, नक्सा र कानुनी आधारलाई व्यवस्थित रूपमा प्रस्तुत गर्दै विश्व समुदायलाई विश्वस्त पार्नुपर्ने हुन्छ ।

नेपाल–भारत सम्बन्ध परम्परागत रूपमा घनिष्ठ, सांस्कृतिक रूपमा नजिक र आर्थिक रूपमा परस्पर निर्भर छन् । त्यस्तै, नेपाल–चीन सम्बन्ध पनि पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको छ । तर, यस्ता संवेदनशील विषयमा दुबै छिमेकीबाट नेपालको चासोलाई बेवास्ता गरिनु चिन्ताजनक संकेत हो । यसले नेपाललाई आफ्नो परराष्ट्र नीतिमा सन्तुलन र दृढता दुवै कायम गर्नुपर्ने चुनौती थपेको छ ।

अर्कोतर्फ, मानसरोवर यात्रा धार्मिकरूपमा अत्यन्त महत्‍वपूर्ण गन्तव्य हो । हिन्दू, बौद्ध, जैन र बोन धर्मावलम्बीहरूका लागि यो आस्थाको केन्द्र हो । यसलाई रोक्ने वा अवरोध गर्ने नेपालका लागि व्यावहारिक विकल्प पनि होइन । तर, यसको व्यवस्थापनमा आफ्नो भूभाग प्रयोग हुँदा नेपाललाई पूर्णरूपमा बेवास्ता गरिनु स्वीकार्य हुन सक्दैन । 
 


प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP