Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शीतलनिवासको सन्देश र सिंहदरबारको जिद्दी
शीतलनिवासको सन्देश र सिंहदरबारको जिद्दी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २२, २०८३

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेशलाई लिएर कार्यपालिका र राष्ट्रपति कार्यालयबीच देखिएको खिचातानीले मुलुकको संवैधानिक अभ्यासमा गम्भीर प्रश्न खडा गरेको छ । मन्त्रिपरिषद्ले आइतबारमात्र फिर्ता आएको अध्यादेशलाई कुनै परिमार्जन नगरी पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्नुले सरकार र राष्ट्रप्रमुखबीचको दूरीमात्र बढाएको छैन, बरु लोकतान्त्रिक संस्थाहरूलाई आफ्नो अनुकूल प्रयोग गर्ने अधिनायकवादी मानसिकतालाई पनि प्रश्रय दिएको छ ।

संवैधानिक परिषद् राज्यका महŒवपूर्ण अंगहरूमा नियुक्ति सिफारिस गर्ने उच्चस्तरीय र सन्तुलित निकाय हो । यसमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहने व्यवस्था हुनुको मूल मर्म नै नियुक्तिका निर्णयहरू सर्वसम्मति वा व्यापक सहमतिमा हुनुपर्छ भन्ने हो । तर, वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले तीन सदस्यको उपस्थितिमा पनि निर्णय गर्न सकिनेगरी गणपूरक संख्या घटाएर अध्यादेश ल्याउनुले परिषद्को शक्ति सन्तुलनको मर्ममाथि प्रहार गरेको छ ।

विगतमा केपी शर्मा ओली र सुशीला कार्की नेतृत्वका सरकारले पनि यस्तै प्रयास नगरेका होइनन् । तर, राष्ट्रपति रामचन्द्र पौडेलले पटक–पटक यसलाई ‘होल्ड’ गर्नु वा सन्देशसहित फिर्ता पठाउनुको पछाडि संवैधानिक मूल्यमान्यताको रक्षा गर्ने मनसाय देखिन्छ । राष्ट्रपतिले ‘कूल सदस्य संख्याको बहुमत’ लाई निर्णयको आधार मान्नुपर्ने जुन अडान लिएका छन्, त्यो विधिको शासनका दृष्टिले जायज छ । छ सदस्यीय परिषद्मा तीन जना (जसमा एक जना प्रधानमन्त्री स्वयं हुन्छन्) ले मात्रै राज्यका प्रमुख अंगहरूमा नियुक्ति गर्ने अधिकार पाउनु भनेको दलीय भागबण्डा र स्वेच्छाचारितालाई संस्थागत गर्नु हो ।

Hardik health

सरकारले ‘कुनै परिमार्जन नगरी’ पुनः अध्यादेश पठाउनुले कार्यपालिकाको जिद्दी र संवैधानिक प्रक्रियाप्रतिको उपेक्षा झल्काउँछ । संविधानको धारा ११४ बमोजिम सरकारलाई अध्यादेश ल्याउने अधिकार भए पनि त्यसको प्रयोग असामान्य अवस्थामामात्र हुनुपर्छ । संसद् छलेर र राष्ट्रपतिको सुझावलाई बेवास्ता गर्दै ल्याइने यस्ता अध्यादेशले लोकतन्त्रलाई बलियो बनाउँदैनन् ।

अब बल फेरि राष्ट्रपतिको कोर्टमा पुगेको छ । संवैधानिक व्यवस्थाअनुसार दोस्रोपटक सिफारिस भएर आएको विषयलाई राष्ट्रपतिले रोक्ने ठाउँ निकै साँघुरो छ । यद्यपि, संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले पुनः कानुनी परामर्श गरी मुलुकलाई थप संवैधानिक संकटबाट जोगाउन विवेकपूर्ण निर्णय लिनु आवश्यक छ । सरकारले पनि बहुमतको दम्भ देखाउनुभन्दा संवैधानिक निकायहरूको गरिमा जोगाउन राजनीतिक सहमतिको बाटो रोज्नु नै श्रेयस्कर हुने छ । राज्यका अंगहरूबीचको यस्तो द्वन्द्वले अन्ततः लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउने निश्चित छ ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP