Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • हजारौंको बास खोसिएपछि डोजर नचलाउन आदेश !
हजारौंको बास खोसिएपछि डोजर नचलाउन आदेश !
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २७, २०८३

काठमाडौंका नदी किनार र सार्वजनिक जग्गामा दशकौंदेखि बसोबास गर्दै आएका सुकुमबासी एवं अव्यवस्थित बसोबासीका घर-टहरामाथि डोजर चलाउने सरकारी कदमलाई सर्वोच्च अदालतले रोक्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उचित प्रक्रिया र वैकल्पिक व्यवस्थाविना कसैलाई पनि बासस्थानबाट नहटाउन दिएको अन्तरिम आदेशले कानुनी राज्यको मर्मलाई केही हदसम्म जीवित राखेको छ । तर, यो आदेश त्यतिबेला आएको छ, जब थापाथलीदेखि मनोहरासम्मका हजारौं परिवारका छत खोसिएर उनीहरू खुला आकाशमुनि पुगिसकेका छन् ।

भनिन्छ, ‘न्यायमा ढिलाइ हुनु न्याय नदिनुसरह हो’ । सर्वोच्चको यो आदेश सुकुमबासीका हकमा ढिलो गरी आएको औषधिजस्तो भएको छ । सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको डोजर अभियानले हजारौंको बिचल्ली बनाइसकेपछि अदालतको ढोका खुल्नुले पीडितहरू न्यायबाट वञ्चित भएको महसुस गरेका छन् । यदि यो आदेश भत्काउने प्रक्रिया सुरु हुनुअघि नै आएको भए, नागरिकको आवासको हक र राज्यको सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्वबीच एउटा सन्तुलित निकास निस्कन सक्थ्यो ।

सरकारको मुख्य कमजोरी नै ‘विनातयारीको बल प्रयोग’ हो । सार्वजनिक जग्गा खाली गर्ने नाममा नागरिकलाई कुनै विकल्प नदिई सडकमा पछार्नु लोकतान्त्रिक सरकारको चरित्र हुन सक्दैन । विस्थापितहरूलाई अहिले विभिन्न ‘होल्डिङ सेण्टर’मा राखिएको छ, तर उनीहरूको स्थायी व्यवस्थापन कसरी र कहाँ हुन्छ भन्नेमा सरकार अझै मौन र अन्योलमा छ। आवासमात्र होइन, ती बस्तीमा आश्रित बालबालिकाको शिक्षा र बिरामीको स्वास्थ्यमा परेको अपूरणीय क्षतिले ठूलो मानवीय संकट निम्त्याएको छ ।

Hardik health

दुईतिहाइको शक्तिशाली जनमतसहित बनेको सरकारले आफ्नो शक्ति र ‘हुर्मत’ भूमिहीन गरिबमाथि देखाउनु विडम्बनापूर्ण छ । राज्यको शक्ति पहुँचवाला र भू-माफियाहरूले कब्जा गरेका जग्गा फिर्ता ल्याउन केन्द्रित हुनुपर्नेमा उल्टै समाजको सबैभन्दा तल्लो तहका मानिसहरूमाथि जाइलाग्नु सरकारकै लागि प्रत्युत्पादक बन्न सक्छ । गरिबका झुपडी भत्काएर ‘सुशासन’ को नारा लगाउनु सामाजिक न्यायको उपहास हो ।

अब सरकारले अदालतको आदेशलाई शिरोधार्य गर्दै विस्थापितहरूको तत्काल पुनःस्थापना गर्नुपर्छ । वास्तविक सुकुमबासीको पहिचान गर्ने र उनीहरूलाई मर्यादित बसोबासको ग्यारेण्टी गर्ने कार्यमा ढिला गर्नु हुँदैन । विकास र मानवीयता एक-अर्काका विरोधी होइनन्, बरु पूरक हुनुपर्छ । डोजरको आतंकले होइन, कानुनको उचित पालना र मानवीय व्यवस्थापनलेमात्र यो जटिल समस्याको दीर्घकालीन समाधान सम्भव छ । अन्यथा, सडकमा पु¥याइएका नागरिकको आक्रोशले सरकारलाई महँगो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।
 


प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ
फुटबललाई मृत्युशय्याबाट ब्युँझाऊ मंगलबार, साउन २६, २०८३
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती
रुग्ण उद्योगको पुनरुत्थानः नतिजा सकारात्मक, स्थायित्वमा चुनौती सोमबार, साउन २५, २०८३
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं
आन्दोलन होइन, संवाद र नीतिगत सुधारबाटै निकास खोजौं आइतबार, साउन २४, २०८३
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP