Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ५, २०८२

नेपालको सार्वजनिक ऋणको ग्राफ पछिल्ला वर्षहरूमा तीव्र गतिमा उकालो लागिरहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामामात्रै दुई खर्ब चार अर्ब २४ करोड रुपैयाँ थप ऋण थपिनुले मुलुकको अर्थतन्त्रमा गम्भीर प्रश्न खडा गरेको छ । फागुन मसान्तसम्म आइपुग्दा कूल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुग्नु र यो कूल गार्हस्थ उत्पादन (जिडिपी)को ४७.१३ प्रतिशत हुनुले मुलुक बिस्तारै ऋणको चापमा च्यापिँदै गएको संकेत गर्दछ ।

तथ्यांकलाई मसिनो गरी केलाउँदा, सरकारले आन्तरिक ऋण उठाउने लक्ष्यको ६७.३१ प्रतिशत प्रगति हासिल गरिसकेको छ भने बाह्य ऋण परिचालनमा निकै सुस्तता (२४.३१ प्रतिशत) देखिएको छ । यसले के देखाउँछ भने सरकारले सस्तो ब्याजदरको वैदेशिक ऋण परिचालन गर्न नसकेर महँगो आन्तरिक ऋणमा भर पर्नु परिरहेको छ । अझ चिन्ताको विषय त के छ भने, सरकारले यो वर्ष ऋणको साँवा-ब्याज तिर्नका लागिमात्र चार खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ, जसमध्ये फागुन मसान्तसम्म दुई खर्ब ४२ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ । विकास निर्माणका लागि विनियोजन गरिने पुँजीगत खर्चभन्दा ऋण सेवा खर्च बढ्दै जानु अर्थतन्त्रका लागि सुखद पक्ष होइन । 

ऋण लिनु आफैंमा नराम्रो होइन, तर लिएको ऋण कहाँ र कसरी उपयोग गरिन्छ भन्ने कुराले मुलुकको भविष्य निर्धारण गर्छ । हाल नेपालले लिइरहेको ऋणको ठूलो हिस्सा चालु खर्च धान्न, कर्मचारीको तलब भत्ता खुवाउन र पुरानै ऋणको साँवा-ब्याज तिर्न खर्च भइरहेको छ । यदि ऋणलाई केवल उपभोग र प्रशासनिक कार्यमा सिध्याउने हो भने आगामी पुस्ताले ठूलो आर्थिक संकट व्यहोर्नुपर्ने निश्चित छ । 

Nada Auto Show 2026
Hardik health

तसर्थ, अब सरकारले ऋण लिने प्रवृत्तिमा व्यापक सुधार गर्न आवश्यक छ । सार्वजनिक ऋणलाई केवल ‘खाडल पुर्ने’ माध्यम बनाउनुको साटो ऊर्जा, पर्यटन, आधुनिक कृषि र पूर्वाधारजस्ता उत्पादनमूलक क्षेत्रमामात्र परिचालन गर्नुपर्छ । यस्ता क्षेत्रमा गरिएको लगानीले एकातिर रोजगारी सिर्जना गर्छ भने अर्कोतिर उत्पादन बढाएर ऋण तिर्ने क्षमतामा वृद्धि गर्छ । जबसम्म ऋणले पुँजी निर्माण र आयआर्जनमा योगदान दिँदैन, तबसम्म मुलुक ‘ऋणको पासो’ बाट मुक्त हुन सक्दैन । सार्वजनिक ऋणको सही व्यवस्थापन र यसको उत्पादनमूलक उपयोग नै आजको मुख्य आवश्यकता हो ।
 


प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP