Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सडक कि मृत्युमार्गः कहिलेसम्म दराजमा थन्किने प्रतिवेदन ?
सडक कि मृत्युमार्गः कहिलेसम्म दराजमा थन्किने प्रतिवेदन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १३, २०८२

सोमबार त्रिशूलीमा भएको बस दुर्घटनामा १९ जनाले ज्यान गुमाएको घटनाले मुलुकलाई स्तब्ध बनाएको छ । पछिल्लो १८ दिनमामात्रै तीनवटा ठूला दुर्घटनामा ४४ जनाको मृत्यु हुनुले हाम्रो यातायात प्रणाली कति असुरक्षित छ भन्ने डरलाग्दो चित्र प्रस्तुत गर्दछ । हरेक ठूला दुर्घटनापछि सरकारले ‘छानबिन समिति’ गठन गर्ने र ‘सत्यतथ्य पत्ता लगाउने’ पुरानै शैली दोहो¥याएको छ । तर, बितेका घटनाहरूको अनुभवले भन्छ- यी समितिहरू दुर्घटनाको कारण खोज्नभन्दा पनि तत्कालको जनआक्रोश साम्य पार्ने ‘सुरक्षित अवतरण’का माध्यममात्र बनिरहेका छन् ।

विगतमा गठित थुप्रै समितिले बुझाएका प्रतिवेदनहरू अहिले मन्त्रालयका दराजमा धूलो जमेर बसेका छन् । २०८१ असारको सिमलताल दुर्घटनापछि गठित छवि रिजाल नेतृत्वको समितिको प्रतिवेदन एउटा ताजा उदाहरण हो । उक्त प्रतिवेदनले सडक सुरक्षा परिषद् गठन, अटोमेटेड भेहिकल मनिटरिङ सिस्टम र टाइम कार्डजस्ता महत्‍वपूर्ण सुझाव दिएको थियो । यदि ती सुझावहरू कार्यान्वयन भएको भए सायद त्रिशूली, बैतडी र रामेछापका पछिल्ला दुर्घटनाहरू रोक्न सकिन्थ्यो होला । सुझाव कार्यान्वयनमा देखाउने सरकारी उदासीनताले के पुष्टि गर्छ भने, सरकार नागरिकको ज्यान बचाउनभन्दा प्रक्रिया पु¥याउन बढी केन्द्रित छ ।

नेपालमा दैनिक औसत सात जनाले सडक दुर्घटनामा ज्यान गुमाउनु सामान्यजस्तै भइसकेको छ । सडकको दयनीय अवस्था, सवारीसाधनको अवस्था परीक्षणमा लापरवाही र तीव्र गति नै दुर्घटनाका मुख्य कारक हुन् । यातायात पूर्वाधारविज्ञहरूले बारम्बार औंल्याएका ‘रिफ्रेसमेन्ट सेन्टर‘ र ‘सर्भिलेन्स सिस्टम‘ कागजमै सीमित छन् । वर्तमान ‘नागरिक सरकार’ले निर्वाचन गराउने म्याण्डेट पाएको बहानामा यस्ता संवेदनशील सुरक्षाका विषयलाई थाती राख्नु हुँदैन । कानुनी पूर्वाधार निर्माण र भएका नियमको कडा कार्यान्वयनका लागि सरकारको इच्छाशक्ति नै निर्णायक हुन्छ ।

Hardik health

दुर्घटना भएपछि रुवाबासी गर्ने र समिति बनाउने ‘तदर्थवादी’ सोचले अब पुग्दैन । छानबिन समितिका प्रतिवेदनहरू कार्यान्वयनको कार्ययोजनासहित सार्वजनिक गरिनुपर्छ । सडक सुरक्षा कुनै राजनीतिक एजेण्डा होइन, यो नागरिकको बाँच्न पाउने मौलिक हकसँग जोडिएको विषय हो । अब पनि पुराना प्रतिवेदनहरू दराजमै थन्क्याएर नयाँ समितिको नाटकमात्रै गर्ने हो भने सडकमा भइरहेका यी मृत्युहरूलाई ‘दुर्घटना’ होइन, ’राज्यको लाचारीले गराएको हत्या’ मान्नुपर्ने हुन्छ । सरकार, समितिको फाइल होइन, सडकमा सुरक्षाको अनुभूति गराऊ !
 


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP